जनताको ढाड सेक्ने पेट्रोलियम कर
२२ फागुन २०७८
•
५ मिनेट पाठ
जनताको ढाड सेक्ने पेट्रोलियम कर
पेट्रोलियम पदार्थको कारोबार गर्ने सरकारी कम्पनी नेपाल आयल निगमले पछिल्लो २ महिनामा यसको मूल्य चार पटक बढाएको छ। माघ र फागुनमा दुई–दुई पटक गरी चार पटक मूल्य बढाइएको हो। निगमको यो निर्णयसँगै नेपाली नागरिक यतिबेला सबैभन्दा महँगो तेल उपभोग गर्न बाध्य भएका छन्। निगमले बिहीबार रातिदेखि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर पाँच–पाँच रुपियाँ मूल्य बढाएको छ।




सर्वसाधारणले अब एक लिटर पेट्रोल किन्न १ सय ५०, डिजेल र मट्टितेल दुवैका लागि १ सय ३३ रुपियाँ खर्च गर्नुपर्छ। निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग तेल खरिद गर्दै आएको छ। आइओसीले १५–१५ दिनमा पठाउने तेलको नयाँ मूल्य सूचीअनुसार निगमले नेपालमा मूल्य समायोजन गर्दै आएको छ। निगमका अनुसार आइओसीले अहिले पेट्रोल ९३ रुपियाँ ७६ पैसा, डिजेल ९४ रुपियाँ १२ पैसा र मट्टितेल ८८ रुपियाँ ८३ पैसा प्रतिलिटर मूल्य तोकेर पठाएको छ। यसमा कर र अन्य खर्च जोडेर निगमले नयाँ मूल्य निर्धारण गर्ने प्रचलन छ। निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि बनाएर त्यसैअनुसार मूल्य समायोजन गर्दै आएको छ।

अहिले रुस र युक्रेनबीच युद्ध सुरु भएकाले तत्कालै विदेशी बजारमा कच्चा तेलको मूल्य घट्ने संभावना छैन। यो युद्ध बढ्दै जाने र अन्य मुुलुक पनि जोडिँदै गए आगामी दिनमा तेलको भाउ झनै बढ्नेछ। यही मार्च १ मा अन्तर्राष्ट्रिय बजारमा इन्धनको कच्चा पदार्थको मूल्य प्रतिब्यारल ९५ देखि ९८ अमेरिकी डलर रहेकामा थप दुई दिनमा १ सय ५ देखि १ सय १७ डलरसम्म पुगिसकेको छ। यस्तोमा आगामी दिन झनै कष्टकर हुने निश्चितप्रायः छ। अर्कोतिर तेलको कच्चा पदार्थसँगै अमेरिकी डलर पनि मजबुत हुँदै गइरहेकाले मूल्यमा थप चाप पार्नेछ।

निगमले हालको नोक्सानीबाट बच्न कर्मचारीलाई दिँदै आएको पोसाक संरक्षण खर्च कटौती गरेको छ। यस्तै मूल्य संरचना मार्फत डिलर र बिक्रेताहरूलाई प्रतिशतमा दिइँदै आएको कमिसन अघिल्लो मूल्यअनुसार यथावत राखेको छ। खर्च कटौती सराहनीय विषय हो। तर, पेट्रोलियम कारोबारमा संलग्न व्यवसायीहरूले निगमले कमिसन नबढाएकामा विरोध सुरु गरेका छन्। अधिकांश व्यवसायीले शुक्रबार निगमबाट तेल उठाएका छैनन्।

यसले आइतबारदेखि बजारमा तेल अभाव देखिन सुरु हुन सक्छ। व्यवसायीले बजारमा तेलको अभाव सिर्जना गराएर निगमलाई पुरानै प्रणाली अनुसार कमिसन बढाउन बाध्य गराउने संभावना छ। यस्तोमा अहिलेको खर्च कटौतीको प्रयासले सार्थकता पाउने संभावना कमै छ। विषम परिस्थितिमा सबैको प्रयास भए मात्र उपभोक्ताले केही राहत पाउँछन्। सबैको ध्यान आफ्नै नाफामात्र भएपछि उपभोक्ता मारमा पर्ने नै भए।

निगमले  सधै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेका कारण मूल्य बढाउनुपरेको दाबी गर्दै आएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको सत्य हो। अहिले प्रतिब्यारल कच्चा तेलको मूल्य एक सय १७ अमेरिकी डलर पुगेको छ। तर, यति चर्को मूल्य कायम हुनुमा कच्चा तेलको भाउ बढ्नु मात्र होइन। सरकारले लिने चर्को कर प्रमुख कारण हो। सरकारले विभिन्न शीर्षकमा गरी पेट्रोलमा प्रतिलिटर ५९ रुपियाँ कर थोपरेको छ।

यस्तै डिजेलमा ४२ रुपियाँ, मट्टितेलमा १३ रुपियाँ र खाना पकाउने ग्यासमा २ सय ८० रुपियाँ कर लगाएको छ। पछिल्लो मूल्यअनुसार सरकारले पेट्रोलमा ६३ र डिजेलमा ४४ प्रतिशत कर थोपरेको छ। सर्वसाधारणले धान्नै नसक्ने गरी मूल्य बढ्दा पनि अर्थ मन्त्रालयले इन्धनको चर्को कर घटाउनेतर्फ कुनै चासो दिएको छैन। सरकारले एक आर्थिक वर्षमा १० खर्ब रुपियाँ हाराहारी राजस्व असुली गर्दा तेलबाट मात्र २ खर्ब हाराहारी संकलन गर्छ। इन्धनको मूल्य बढ्दा सर्वसाधारण चर्को मारमा पर्छन् तर सरकारको राजस्व भने उल्टै बढ्ने गरेको छ। सरकारले प्रतिशतका दरले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदै आएको छ।

इन्धनको मूल्य बढ्दा भ्याटमार्फत उठ्ने राजस्व थपिने गरेको हो। निगमले अहिले इन्धनको मूल्य ५ रुपियाँ बढाउँदा सरकारलाई दैनिक ५५ लाख रुपियाँ राजस्व थपिएको छ। सरकारले चर्को कर लगाउने तर, निगमले सधैँ आफू घाटामा गएको भन्नु आफैँमा लाज मर्दो र हाँस्यास्पद विषय बनेको छ। चर्को कर लगाउँदा निगम घाटामा होला तर सरकार नाफामा हुनु भनेको सरकारी संस्था निगम पनि नाफामै हुनु हो। अझ नेपाल विद्युत् प्राधिकरण नाफामै छ। ऊर्जासम्बन्धी सबै संस्थानलाई एकै निकाय मार्फत राख्ने हो भने नाफा भइरहेको हुन्छ। तर प्रत्येक निकायलाई अलग–अलग राखेर तिनको घाटाका आधारमा मूल्य बढाउने हो भने कसरी उपभोक्ता टिक्न सक्ने हुन्छन्?

इन्धनको मूल्य बढ्नु भनेको कुनै एउटा उपभोग्य वस्तुको भाउ बढेजस्तो मात्र होइन। यसको असर बहुआयामिक छ। इन्धनको भाउ बढेपछि उद्योगको उत्पादन लागत, ढुवानी भाडा, पूर्वाधार निर्माणको लागत, सार्वजनिक सवारी साधनको भाडा सबै बढ्छ। यसको असर सर्वसाधारणको भान्सादेखि मुलुकको अर्थतन्त्रसम्म पर्छ। यही कारण संसारभर इन्धनको मूल्य वृद्धि हुँदा बहस र विरोध हुने गरेको हो। हामीकहाँ पनि इन्धनको मूल्य बढेपछि विद्यार्थी संघ संगठनहरूले विरोध जनाउँदै आएका छन्। उनीहरूले आयल निगमलाई भाउ घटाउन दबाब दिँदै आएका छन्। तर अब विरोधको स्वरूपमा परिवर्तन गर्नुपर्ने बेला आएको छ। अब निगम होइन चर्को कर असुली गर्ने अर्थ मन्त्रालय र तिनका अधिकारीहरूलाई दबाब दिनुपर्छ।

सरकारलाई सर्वसाधारण नागरिकको अभिभावक मानिन्छ। तर जुनसुकै दलको सरकार आए पनि नेपाली जनताका लागि अभिभावक बनेको महसुस भएको छैन। २०७२ सालको महाभूकम्पका बेला लाखौँ सर्वसाधारण तीन तीन वर्षसम्म हिउँदको चिसोमा बस्न बाध्य भए। वर्षात्को झरी रोक्न सक्ने छानो बनाउन सरकारले यथेष्ठ सहयोग गरेन। कोभिड–१९ महामारीका बेला संसारका धनी गरिब प्रायः सबै मुलुकले आफ्ना नागरिकलाई सहयोग गरे। धनी मुलुकले खर्बौँ रुपियाँको राहत प्याकेज ल्याए तर हाम्रोमा सरकारले निःशुल्क खोपबाहेक सर्वसाधारणलाई सुको राहत दिएन।

केही अर्ब रुपियाँका सहुलियत कर्जाको प्याकेज ल्याएर उद्योगी व्यवसायीेलाई राहत दिन खोजे पनि आमनागरिकले आफ्नै बलबुतोमा जीवन गुजार्नुको विकल्प रहेन। सरकार अभिभावक हो भने आपत्को समयमा नागरिकले सहयोगको अपेक्षा गर्नु न्यायोचित हो। अहिले दैनिकजसो इन्धनको मूल्य आकासिएको छ। आगामी दिन झनै भयाबह हुने अवस्था देखिन्छ। चालु आर्थिक वर्षमा राजस्व असुली लक्ष्य अनुसार नै भएकाले सरकार असजिलोमा छैन। यस्तो अवस्थामा इन्धनमा लगाएको चर्को कर केही घटाएर सरकारले आफू अभिभावक भएको सन्देश सर्वसाधारणलाई दिन सक्नुपर्छ।
अर्को समाचार
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग
१३ कार्तिक २०७८
•
१ मिनेट पाठ
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग
विभिन्न छ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा शुक्रबार गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्। निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धिले आमनेपालीको जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन्।




दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

संयुक्त विज्ञप्तिमा निगमभित्रको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलिया पदार्थ उपलब्ध गराउन विभिन्न उपायको खोजी गर्नेतर्फ लाग्न अनुरोध गरिएको छ। अन्तरराष्ट्रिय बजारको मूल्य समायोजनको हवाला दिँदै गरिएको मूल्यवृद्धि फिर्ता लिन उनीहरुले माग गरेका छन्।

यसरी माग गर्नेमा अखिल(क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल(छैटौँ)का अध्यक्ष देवेन्द्र कुँवर, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही र अखिल(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल छन्।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस