मलको सहज आपूर्ति
१८ फागुन २०७८
•
५ मिनेट पाठ
मलको सहज आपूर्ति
देश कृषिप्रधान भनिँदै आए पनि यो क्षेत्र सबैभन्दा परित्यक्त छ। कृषि कर्मलाई प्राथमिकतामा नराखेको दुष्परिणाम मुलुकले भोग्न थालिसकेको छ। कृषिलाई मद्दत गर्न मल, बिउ र सिँचाइको व्यवस्थापन महत्त्वपूर्ण हुन्छ।




यसबाहेक कृषि क्षेत्रमा लाग्ने जनशक्तिलाई पनि उत्तिकै प्रोत्साहित गर्न सक्नुपर्छ। कृषिमा लाग्ने व्यक्तिहरू प्रोत्साहित हुन नसक्ने अवस्था भएकै कारण सकेसम्म वैदेशिक रोजगारीमा जाने चाहना उनीहरूमा देखिन्छ।

त्यसैले अहिले कृषिका निम्ति आवश्यक जनशक्ति समेत गाउँघरमा पाइन छाडेको छ। कृषि पेसालाई हेला गरेको दुष्परिणाम अनेक हिसाबले देखिन थालेको छ। कृषि उपज बढाउन यसमा संलग्न व्यक्तिलाई प्रोत्साहित गर्ने वातावरण समेत बनेको छैन। त्यसैले यस पेसाबाट विमुख भएर ठूलो जनसंख्या बाहिरिँदा देशभित्रै उत्पादन हुने वस्तु समेत आयात गर्नुपर्ने अवस्था छ।

खेती गर्न चाहिने मलको व्यवस्थाका लागि सधैँ हाहाकार हुन्छ। यो कैयन् वर्षदेखिको रोग हो। मुलुकका २०४७ सालमा प्रजातन्त्र स्थापना भएयता मल अभावका कथा निरन्तर सार्वजनिक भएका छन्। प्रायः मलमा हुने अनियमितताका कारण यसको अभाव सिर्जना भएको देखिन्छ। मल खरिदमा भ्रष्टाचार भएका विगतका कथा धेरैको विस्मृतिमा गइसकेका छन्।

आजको दिनमा पनि मलमा हुने यही अनियमितताका कारण समयमै यसको आपूर्ति हुन सकेको छैन। राजनीतिमा जतिसुकै सफल व्यक्ति कृषि मन्त्री बने भने पनि यसको व्यवस्थापनमा भने तिनको क्षमता देखिएको छैन।

मलको व्यवस्था गर्नेतर्फ प्रधानमन्त्री र मन्त्रीहरूले विगतमा पनि राम्ररी ध्यान दिन सकेनन्। तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका पालामा यसको आपूर्तिका निम्ति राम्रो पहल हुन सकेन। त्यो बेलामा निकै कोसिस गरेपछि बंगलादेशबाट मल ल्याउने सहमति भएको हो।

अहिले आएर बल्ल सरकारले भारतबाट सरकारी स्तरमै मल खरिद गर्ने गरी सोमबार सम्झौता गरेको छ। सम्झौताअनुसार भारतले पाँच वर्षका निम्ति करिब १० लाख मेट्रिक टन रासायनिक मल नेपाललाई बेच्नेछ। नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास सचिव गोविन्दप्रसाद शर्मा र र भारतको तर्फबाट रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदीले मल खरिद तथा बिक्रीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेपछि यसको सुनिश्चितता सम्भव भएको हो।

मल खरिदमा अनियमितता जोडिएका हुनाले पनि सरकारी स्तरमै खरिद–बिक्री सम्झौता हुनुपर्ने अवस्था आएको हो। मुलुकको मल खरिद तथा विक्रीको जिम्मेवारी लिएका संस्था र यसका व्यक्तिहरू भ्रष्टाचारमा जोडिएको तथ्य पनि सार्वजनिक भइसकेको छ। तिनीहरूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कारवाहीसमेत थालनी गरेको छ। तिनले मलको गुणस्तर घटाएरसमेत भ्रष्टाचार गरेका हुन्।

वास्तवमा मल खरिद गर्दा अनियमित नगर्ने गरी ती संस्थाको नेतृत्व चयन हुने गरेको भए यो अवस्था आउने थिएन। त्यसैगरी जिम्मेवार निकायले खेतीपातीको मौसमअनुसार आवश्यक रासायनिक मल ल्याउने नियमित प्रक्रिया चलाएका भए यो असम्भव थिएन। अनियमितता गर्न नपाइने भए मल ल्याउन नखोज्ने प्रवृत्ति भएका कारण यस्तो अवस्था आएको हो। अहिले सरकारी स्तरबाटै यो ल्याउने भएकाले सहज भएको छ। तर सधैँ सरकारी स्तरबाट मात्र यो काम गर्न सम्भव छैन।

अन्य संस्थाहरू पनि बिस्तारै अघि बढ्दै जानुपर्ने हो। तिनले आपूर्ति चक्रलाई सहज बनाउने हो भने किसानलाई सहज हुनेछ। यसले समग्रमा उत्पादन वृद्धि गर्नसमेत मद्दत पुग्नेछ। त्यसैले सकेसम्म मल खरिद व्यवस्थालाई सहज र भरपर्दो तुत्याउने गरी संस्थागत विकास गर्नतिर सरकार लाग्नुको विकल्प छैन। पाँच वर्षका निम्ति दुई सरकारबीच खरिद सम्झौता भएको हो। भविष्यमा पनि यसको नियमित आपूर्ति गर्नेतर्फ संस्थागत संरचना बनाउनतिर लाग्नु उचित हुन्छ।

हाम्रा संस्थाहरूको क्षमता बितेका तीन दशकमा झन्झन् कमजोर हुँदै गएको छ। त्यसले समग्रमा हाम्रो अर्थतन्त्रलाई असर पारेको छ। त्यति मात्र होइन, यसले सरकारको विश्वसनीयतालाई समेत कमजोर बनाउँदै गएको छ। त्यसैले सरकारप्रतिको विश्वास बढाउन पनि आपूर्ति व्यवस्था बलियो बनाउनु उचित हुन्छ। यसका साथै देशको माग धान्ने गरी रासायनिक मल कारखाना स्थापना गर्नेतर्फ ध्यान दिनुपर्छ। २०४१ सालदेखि देशमा रासायनिक मल कारखाना स्थापनाको चर्चा हुँदै आए पनि यसले मूर्त रूप लिन सकेको छैन।

यस्ता योजना बनाइसकेपछि कार्यान्वयनमा जानु उचित हुन्छ। त्यति मात्र होइन, केही वर्षयता मुलुकमा विद्युत् उत्पादन बढ्दै गएको छ। बढी उत्पादन भएको बिजुली निर्यात गर्नुपर्ने अवस्था छ। विद्युत् भनेको कच्चा पदार्थ हो। कच्चा पदार्थ निर्यात गरेर कुनै पनि मुलुक धनी हुँदैनन्। तिनले यसलाई उद्योगधन्दामा लगाउनु उचित हुन्छ। रासायनिक मल कारखानाले बिजुली खपत गर्दा देशको आपूर्ति व्यवस्था बलियो हुन्छ। साथै कृषि क्षेत्रको उत्थानमा समेत बल पुग्छ।

कृषि क्षेत्रका लागि रासायनिक मल कारखाना मात्र होइन, प्रांगारिक मलको प्रयोगमा समेत ध्यान दिए उत्पादन गुणस्तरको हुन्छ। यसै पनि अहिले अग्र्यानिक खानाप्रतिको रुचि बढिरहेको छ। हामीकहाँ उत्पादन हुने फोहरलाई मात्र उपयोग गर्ने हो भने पनि प्रांगारिक मल उत्पादन गर्न सकिन्छ। यसले एकातिर फोहर व्यवस्थापनमा मद्दत पुग्छ भने अर्कोतिर कृषि उत्पादन बढाउन सकिन्छ। अहिले देखिएका फोहर व्यवस्थापनदेखि मलको आपूर्तिसम्मका समस्या समाधानमा यो लाभदायक हुन्छ।

हामीले मुलुकका बहुआयामिक क्षेत्रलाई जोड्ने प्रयास गर्नु उचित हुन्छ। रासायनिक मलसँग जोडिएका क्षेत्र के हुन सक्छन्? कृषिलाई बढीभन्दा बढी लाभको क्षेत्र बनाउन के गर्ने? आदि प्रश्नमा सरकार घोत्लिनु आवश्यक छ।

कृषि क्षेत्रलाई बढावा नदिने हो भने एकातिर दैनिक अत्यावश्यक वस्तु खरिद गर्न विदेशी मुद्रा जोहो गर्नुपर्ने हुन्छ। घरैमा उत्पादन हुने वस्तुको उपभोग बढाउने हो भने हाम्रो अर्थतन्त्र सुधार्न र व्यापार घाटा कम गर्न सहज हुन्छ। त्यसकारण पनि कृषिलाई सहज बनाउने गरी सरकारले काम गर्नु उचित हुन्छ।
अर्को समाचार
सरकारलाई ध्यानाकर्षण गराउँदै कांग्रेसले भन्यो: ग्यास र मलको आपूर्ति सहज बनाउ
२५ साउन २०८३
•
३ मिनेट पाठ
सरकारलाई ध्यानाकर्षण गराउँदै कांग्रेसले भन्यो: ग्यास र मलको आपूर्ति सहज बनाउ
नेपाली कांग्रेसले ग्यास आपूर्ति, रासायनिक मलको अभाव, विद्युत् उपभोगमा लगाइएको भ्याट तथा बढ्दो महँगीका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।




कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा जनताले दैनिक जीवनमा भोगिरहेका समस्याबारे छलफल भएको र ती समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।  

उनका अनुसार ग्यासको आपूर्ति सहज हुन नसक्दा सर्वसाधारणले लामो समय लाइनमा बस्नुपर्ने अवस्था आएको छ। ग्यासको समस्या युद्धका कारण मात्र नभई पर्याप्त भण्डारणको अभाव तथा आपूर्ति र व्यवस्थापनमा देखिएको कमजोरीका कारणसमेत उत्पन्न भएको कांग्रेसको भनाइ छ।

‘नेपाली कांग्रेसको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा जनताले दैनिक रूपमा भोगिरहेका वर्तमान समस्याहरूलाई केन्द्रबिन्दुमा राखेर छलफल गरिएको छ र यी विषयहरूमा सरकारको ध्यानाकर्षण गराइएको छ,’ उनले भने, ‘दैनिक जीवनमा ग्यास आपूर्तिको कठिनाइ र लामो लाइनले जनताको जीवन अस्तव्यस्त बनाएको छ। यो समस्या युद्धका कारणले मात्र नभई सरकारका तत्कालीन निर्णय, पर्याप्त भण्डारणको अभाव र खलबलिएको आपूर्ति तथा व्यवस्थापकीय शैलीका कारण उब्जिएको हो। दूरदर्शी नीति अपनाउन, भण्डारणको पूर्व व्यवस्था गर्न र जनताको भान्सा व्यवस्थित गर्न सरकारको स्पष्ट उपस्थिति देखिनुपर्ने माग गरिएको छ।’

कांग्रेसले ग्यासको विकल्पका रूपमा इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत् उपभोगमा लगाइएको भ्याट तत्काल फिर्ता लिन माग गरेको छ।

विगतमा विद्युत् खपत बढाउन इन्डक्सन चुल्हो आयातमा छुट तथा विद्युत्मा सहुलियत दिने नीति लिइएको उल्लेख गर्दै कांग्रेसले वर्तमान सरकारले विद्युत्मा भ्याट लगाएको भन्दै आलोचना गरेको छ।

खेतीपातीको समयमा रासायनिक मलको चरम अभाव भएको भन्दै कांग्रेसले मल आपूर्ति प्रणाली व्यवस्थित गर्न सरकारसँग माग गरेको छ। मल अभावका कारण भविष्यमा खाद्य संकट निम्तिन सक्ने जोखिम रहेको कांग्रेसको भनाइ छ।

बजारमा उपलब्ध मलमा समेत कालोबजारी भइरहेको तथा सीमावर्ती क्षेत्रमा मल ल्याउन जाने किसान लुटिने, कुटिने र थुनिने समस्या देखिएको कांग्रेसले जनाएको छ।

‘खेतीपातीको समयमा मलको चरम अभावले किसानहरू आक्रान्त छन्, जसले भविष्यमा देशमा खाद्य संकट निम्त्याउन सक्ने जोखिम छ। भएका मलमा पनि कालोबजारी भइरहेको छ। सीमावर्ती क्षेत्रमा मल ल्याउन गएका किसानहरू लुटिने, कुटिने र थुनिने समस्या हुँदा पनि सरकार मौन छ। साना किसानको संरक्षण, उनीहरूको उत्पादन र बजारको ग्यारेन्टी तथा सिँचाइको दीर्घकालीन व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। मल आपूर्ति प्रणालीलाई व्यवस्थित गर्दै दीर्घकालीन रूपमा स्वदेशमै मल कारखाना खोल्ने नीति बनाउन सरकारसँग आग्रह गरिएको छ,’ उनले भने ।  

कांग्रेसले साना किसानको संरक्षण, कृषि उत्पादन तथा बजारको सुनिश्चितता र दीर्घकालीन सिँचाइ व्यवस्थाका लागि सरकारको ध्यान जानुपर्ने जनाएको छ। साथै, रासायनिक मलमा परनिर्भरता अन्त्य गर्न स्वदेशमै मल कारखाना स्थापना गर्ने नीति लिन आग्रह गरेको छ।

यसैगरी, बजारमा बढ्दो महँगीका कारण न्यून आय भएका नागरिकको दैनिक जीवनयापन कठिन बन्दै गएको कांग्रेसले जनाएको छ। बजार अनुगमन तथा मूल्य नियन्त्रण प्रभावकारी नभएको भन्दै सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरिएको छ।

प्रवक्ता चालिसेका अनुसार केन्द्रीय कार्यसमितिको सोमबारको बैठक मुख्यतः ग्यास, मल, बिजुली र महँगीलगायत जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयमा केन्द्रित थियो।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक निरन्तर जारी रहने र आगामी दिनमा समसामयिक राजनीति तथा पार्टीको अधिवेशनलगायत विषयमा छलफल गरिने उनले जानकारी दिए । 
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस