विभाजनकारी बाटो
०१ चैत्र २०७७
•
५ मिनेट पाठ
विभाजनकारी बाटो
एमालेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षधर नेताहरूलाई निषेध गर्दै जिम्मेवारीविहीन बनाएपछि नेपाल समूहले पनि समानान्तर कमिटी निर्माणको अभ्यास थालेको छ । दुवै पक्षबीच भएको समानान्तर कमिटी सञ्चालनको अभ्यासले एमालेमा मतभेद मात्रै होइन, मुठभेडकै अवस्था निम्त्याएको छ । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक गरी नेपाल समूहका नेताहरूलाई जिम्मेवारीविहीन बनाउँदै विभिन्न विभागमा हेरफेर गरेका हुन् । ओलीको यो कदमको प्रतिवादमा नेपाल पक्षले सबै प्रदेशमा समानान्तर कमिटी बनाएको छ । त्यसो त ओली पक्षले आफूहरूलाई जिम्मेवारीविहीन बनाएलगत्तै नेपाल समूहका नेताहरूले निषेधविरुद्ध विचलित नभई दृढतापूर्वक संघर्ष गर्ने मात्र बताएका छैनन्, पार्टीभित्रको निषेधविरुद्ध प्रतिवाद गर्दै ओली अतिवादको अन्त्य गर्ने धारणा पनि सार्वजनिक गरेका छन् । र, उनीहरूले त्यसका लागि देशैभर समानान्तर कमिटी सञ्चालन गर्ने बताएका छन् भने त्यसैको अभ्यासस्वरूप यो समूहले शनिबार आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठक गर्दै सातवटै प्रदेश र जनवर्गीय संगठनहरूको इन्चार्ज तोकेको हो ।




चाहे पार्टी जिम्मेवारी हेरफेर होस् वा विधान संशोधनदेखि महाधिवेशनसम्मको घोषणा एकतर्फीरूपमा गर्नु भनेको एमालेलाई विभाजनतर्फ लैजानु नै हो । र, त्यसको थालनी ओली आफैँले गरेका छन् । र, आगामी दिनमा पनि पार्टी विभाजनको अपजस ओली स्वयंले बेहोर्नुपर्नेछ ।    
नेपाल समूहका नेताहरूलाई नबोलाइएको ओली पक्षको केन्द्रीय समितिको विशेष बैठकले संगठन विभाग प्रमुखको जिम्मेवारी उपमहासचिवसमेत रहेका विष्णु पौडेललाई दिएको छ भने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलाई विदेश विभाग प्रमुख बनाइएको हो । पार्टी वरिष्ठ नेता नेपाललाई विदेश विभाग प्रमुखबाट हटाइ उनको ठाउँमा भट्टराईलाई ल्याइएको हो । त्यस्तै निर्वाचन विभाग प्रमुखमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई ल्याइएको छ भने रिमालले नेतृत्व गरेको आर्थिक विभागमा छविलाल विश्वकर्मालाई ल्याइएको छ । त्यसैगरी माओवादी केन्द्रबाट आएका टोपबहादुर रायमाझीलाई जनवर्गीय संगठनहरूको इन्चार्ज तोकिएको छ भने स्कुल विभाग प्रमुखको जिम्मेवारी ओली आफँैले राखेका छन् । विभिन्न विभाग र जनवर्गीय संगठनको जिम्मेवारी मात्र होइन, सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारीसमेत फेरबदल गरिएको छ । प्रदेश १ इन्चार्जमा नेपाल पक्षका भीम आचार्यलाई हटाउँदै ओली पक्षले सो जिम्मेवारी सुवास नेम्बाङलाई दिएको छ । प्रदेश २ मा सत्यनारायण मण्डल र वाग्मती प्रदेशमा रामबहादुर थापा, गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णाली प्रदेशमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । वाग्मती प्रदेशबाट नेपाल पक्षका अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिमबाट भीम रावललाई जिम्मेवारीबाट हटाउँदै थापा र भट्टलाई सो जिम्मेवारी दिइएको हो । थापा र भट्ट दुवै माओवादी केन्द्रका नेता भएपनि नेकपा विभाजनसँगै ओली पक्षतिर लागेका हुन् ।  

यता नेपाल समूहले पनि यही चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गर्दै त्यसका लागि जनवर्गीय संगठनहरू र विभिन्न प्रदेशको इन्चार्ज तोकेको छ । प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवालीका साथै सुदूरपश्चिममा भीम रावललाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् भने युवा फाँटमा रघुजी पन्त, विद्यार्थीमा गोकर्ण बिष्ट र बुद्धिजीवी फाँटमा प्रमेश हमालले इन्चार्जको जिम्मेवारी पाएका छन् । एमालेमा अहिले दुवै पक्षले जे/जस्तो अभ्यास गरिरहेका छन्, त्यसले पार्टी एकीकृत रहने कुरामा शंका छ । नेता नेपाल समूह ओलीको मनपरीविरुद्ध संघर्ष गर्ने मनस्थितिमा छ भने ओली पक्षले समानान्तर गतिविधि गर्दै गए कारबाही गर्ने चेतावनी दिइसकेको छ । त्यसो त एउटै पार्टीभित्र समानान्तर कमिटीको अभ्यास गर्नु भनेको पार्टी एक हिसाबले विभाजनको बाटोमा अग्रसर हुनु हो । सर्वाेच्च अदालतको फैसलाले नेकपालाई पूर्ववत्रूपमा एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि नेपाल समूह नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको साथ छाड्दै एमालेमा फर्किएको हो । तर पार्टीमा ओली र नेपाल पक्षबीच सामान्य छलफलसमेत भएको छैन । बरु, दुवै समूह आ–आफ्नो पक्षको गुटगत बैठक सञ्चालनमै व्यस्त भएका हुन् । उनीहरूले गुटगत बैठक मात्रै गरेनन्, एक अर्काे पक्षलाई निषेध गर्ने जुन अभ्यास गरेका छन्, त्यसले पार्टीलाई विभाजनतर्फ लगेको छ । यो विभाजनलाई रोक्ने महत्वपूर्ण दायित्व पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको हुनुपर्ने हो । तर उनी आफैँ अर्काे समूहलाई निषेध गर्ने अभियानमा लागेपछि एमाले एकीकृत हुने संभावना टरेको हो 

त्यसो त ओली पक्षले अहिले एकतर्फीरूपमा जे/जस्तो अभ्यास गरेको छ, त्यो आफैंमा गलत र विधानविपरित छ । ओली पक्षले जिम्मेवारी तोक्ने सवालमा मात्र होइन, पार्टीको विधान संशोधन गर्नेदेखि आगामी महाधिवेशनको घोषणासमेत एकतर्फीरूपमा गरेको छ । यसो गरेर ओली पक्षले नेपाल पक्षलाई पार्टी विभाजन गरेर गए पनि हुन्छ भन्ने सन्देश दिएको हो । यसरी ओली पक्षले एकतर्फीरूपमा विधान संशोधन गर्ने र महाधिवेशनको घोषणा गर्ने कार्य कानुनसम्मत नभएको देखिन्छ । त्यसैले नेपाल पक्षले यसको विरुद्धमा कानुनी उपचार खोज्ने कार्यलाई समेत अघि बढाउने भएको छ । ओली पक्षले एमालेको विधान आफूखुसी परिमार्जन गरी ७० वर्षको उमेर हद हटाएको छ । ७० वर्षको उमेर हदले पार्टीको कार्यकारी जिम्मेवारीमा रहेका नेताहरू महाधिवेशनअघि नै बिदा हुनुपर्ने र त्यसले पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको ओली पक्षको जिकीर छ । त्यसो त उमेरहदको प्रावधान सच्याउन आवश्यक भए नेपाल पक्षकै उपस्थितिमा गर्न सकिन्थ्यो । चाहे पार्टीको जिम्मेवारी हेरफेर होस् वा विधान संशोधनदेखि महाधिवेशनसम्मको घोषणा एकतर्फीरूपमा गर्नु भनेको एमालेलाई विभाजनतर्फ लैजानु हो । त्यसको थालनी ओली आफैँले गरेका छन् । र, आगामी दिनमा पनि पार्टी विभाजनको अपजस ओली स्वयंले बेहोर्नुपर्नेछ । त्यसैले ओलीले आफ्ना एकतर्फी कदमहरू सच्याउँदै पार्टी एकताका लागि अपिल गर्न जरुरी छ । त्यो अवस्थामा नेपाल पक्षले पनि विगतका तिक्तता बिर्सिँदै पार्टी जिम्मेवारीमा फर्किनु उचित हुनेछ ।
अर्को समाचार
ह्यारी-मेघनले अमेरिका छोड्दा खुसी भएका ट्रम्पले भने : म उनीहरूको प्रशंसक थिइनँ
२० भदौ २०८३
•
१ मिनेट पाठ
ह्यारी-मेघनले अमेरिका छोड्दा खुसी भएका ट्रम्पले भने : म उनीहरूको प्रशंसक थिइनँ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारी र उनकी श्रीमती मेघन मार्कल क्यालिफोर्नियाबाट बेलायत फर्किएकोमा आफू खुसी रहेको बताएका छन्।




बुधबार ओभल अफिसमा पत्रकारले ह्यारी-मेघनको बेलायत फर्काइबारे सोध्दा ट्रम्पले भने, ‘म यसप्रति खुसी छु। म उनीहरूको प्रशंसक थिइनँ।’

ह्यारी र मेघनले सन् २०२० मा शाही परिवारका वरिष्ठ सदस्यको जिम्मेवारी छाडेर अमेरिका गएका थिए। करिब ६ वर्ष क्यालिफोर्नियामा बसेपछि उनीहरू आफ्ना दुई सन्तान राजकुमार आर्ची र राजकुमारी लिलिबेटसहित अगस्टको अन्त्यतिर बेलायत फर्किएका हुन्।

ट्रम्पले ह्यारी-मेघनले शाही परिवारप्रति अनादर गरेको आरोप पनि लगाए। मेघनको व्यवहार आफूलाई मन नपरेको भन्दै उनले भने, ‘मलाई उनको व्यवहार मन परेन। मलाई लाग्यो, उनले शाही परिवारप्रति निकै अनादर गरिन्।’

ट्रम्पले बेलायतका राजा चार्ल्स तृतीय र दिवंगत महारानी एलिजाबेथ द्वितीयसँग आफ्नो राम्रो सम्बन्ध रहेको पनि बताए। राजा चार्ल्सबारे उनले भने, ‘म उनलाई लामो समयदेखि चिन्छु। उनी महान व्यक्ति हुन्।’

ह्यारी-मेघन अमेरिकातर्फ लागेपछि सन् २०२२ मा ह्यारीले अमेरिकालाई आफ्नो घरका रूपमा लिएको बताएका थिए। ‘मेरो लागि अहिलेको घर संयुक्त राज्य अमेरिका हो,’ उनले त्यतिबेला भनेका थिए।

मेघनले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावका क्रममा ट्रम्पलाई ‘विभाजनकारी’ र ‘महिलाविरोधी’ भनेकी थिइन्। त्यसयता ट्रम्पले पनि मेघनको आलोचना गर्दै आएका छन्।

बेलायत फर्किए पनि ह्यारी-मेघनले शाही परिवारका कामकाजी सदस्यका रूपमा भूमिका निर्वाह गर्ने छैनन्। उनीहरू लन्डनबाहिर बस्ने र आफ्ना छोराछोरीलाई बेलायतमै पढाउने तयारीमा रहेको बताइएको छ।

ट्रम्पले आफू शाही परिवारको सदस्य भएको भए ह्यारी-मेघनलाई पुनः स्वागत नगर्ने समेत बताए। ‘म शाही परिवारमा भएको भए उनीहरूलाई फेरि स्वागत गर्ने थिइनँ,’ उनले भने।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस