भारतको चन्द्रमा चमत्कार
०८ भदौ २०८०
•
३ मिनेट पाठ
भारतको चन्द्रमा चमत्कार
हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा चर्चित कविता प्रसंग छ– ‘के हो ठूलो जगत्मा पसिना विवेक, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक।’ महाकविको कल्पनाभन्दा धेरै पछि मात्र अमेरिकी वैज्ञानिक निल आर्मस्ट्रङले अपोलो ११ मार्फत् चन्द्र सतहमा पाइला टेकेका थिए। त्यो समय थियो– सन् १९६९। जतिबेला उनले चन्द्रमामा पाइला टेके त्यो भन्दा एक दशकअघि नै महाकवि देवकोटाको निधन भइसकेको थियो। चन्द्र सतहमा पहिलो मानव पाइला टेक्ने आर्मस्ट्रङले त्यतिबेला दिएको भनाइ चर्चित भयो– त्यो मान्छेका निम्ति एउटा सानो पाइला थियो तर मानव जातिका निम्ति यो एउटा विशाल फड्को हो।




पहिलो मानव पाइलाले चन्द्रमा छोएको ५४ वर्षपछि छिमेकी भारतले समेत चन्द्र सतहमा आफ्नो अन्तरिक्ष यान पठाउन सफल भएको छ। यो मानव इतिहासले भविष्यसम्म सम्झिरहनुपर्ने एउटा महान् घटना हुन पुगेको छ। चन्द्र अभियान यसै पनि महँगो छ। सबै मुलुकले यस्तो अभियान सञ्चालन गर्न सक्दैनन्। अहिलेसम्म अमेरिका, रुस, चीन र भारत मात्र यस अभियानमा अग्रणी बन्न पाएका छन्। यसले स्वाभाविकरूपमा सम्बन्धित देशलाई गौरवान्वित तुल्याउँछ। सँगै मानव इतिहास र सभ्यताले गर्व गर्न पाउने केही सीमित अवसरमध्येमा यसलाई लिन सकिन्छ। यस अर्थमा भारत आफूलाई एउटा अग्रणी राष्ट्रका रूपमा स्थापित गर्न सफल भएको छ।  

वास्तवमा भारतीय चन्द्रयान चन्द्रमामा अवतरण गरेको घटना र चीनको प्रगतिले पनि हामीलाई प्रेरणा दिँदैन भने हामी जस्तो अबुझ कोही ठहर्दैन। 
अर्को छिमेकी चीनले २३ नोभेम्बर २०२० मै यान पठाइसकेको हो। चन्द्रयान–३ चन्द्रमामा अवतरण भएको दिन छिमेकी हुनुको नाता नेपालले गौरव गर्न सक्छ। नेपालभन्दा धेरै टाढाका दुई मित्रमुलुक अमेरिका र रसियाले धेरैअघि मानव इतिहास रचिसकेका हुन्। हाम्रै सीमा जोडिएका भारत र चीन पनि यो अभियानमा अग्रणी हुँदा निसन्देह हाम्रा निम्ति यसले प्रेरणा दिन्छ। यसले एसियाप्रति संसारको ध्यान तानेको छ। त्यति मात्र होइन, आगामी भविष्य एसियाको हो भन्ने धारणालाई यसले प्रष्टरूपमा मलजल गरेको छ।  

हाम्रो पुरानो उखान छ– देखासिकी गरिखानू आह्रिसेले मरिजानू। अरूले गरेको उन्नतिमा आह्रिस गर्नु भन्दा त्यसबाट अगाडि बढ्ने बाटो खोज्नु उचित हुन्छ। हाम्रो जस्तो संस्कृति र समाज भएको भारत समृद्धिको बाटोमा पनि अगाडि बढिरहेको छ। कुनैबेला हाम्रो भन्दा कमजोर अर्थतन्त्र रहेको चीन पनि उस्तै गरी अगाडि बढेको छ। एसियाकै दुई ठूला अर्थतन्त्र चीन र भारतको बीचमा बसेका हामीले प्रगति नगर्नु जस्तो विडम्वना के हुन सक्छ ? वास्तवमा भारतीय चन्द्रयान चन्द्रमामा अवतरण गरेको घटना र चीनको प्रगतिले पनि हामीलाई प्रेरणा दिँदैन भने हामी जस्तो अबुझ कोही ठहर्दैन।  

बितेका दशकहरू हामीले राजनीतिक परिवर्तनकै निम्ति खर्चियौँ। राजनीतिक परिवर्तनपछि मुलुकले नेता व्यवस्थापन गर्दै ठिक्क छ। भूतपूर्व प्रधानमन्त्रीहरूको क्लब जस्तो नेपालले पूर्वहरूको अहंकारबाट सबै भन्दा बढी प्रताडित हुनुपरेको छ। आज मुलुकमा जुन तहको छटपटी छ, यो त्यसैको परिणाम हो। रचनात्मक ढंगले मुलुक अगाडि बढ्न नसकेको अवस्थालाई छिमेकीको परिवर्तनले झनै धेरै प्रष्ट्याउँछ। छिमेकीको घरमा भोज चलिरहेको छ आफ्नो घरको छानो टाल्ने हैसियत पनि छैन भने स्वाभाविकरूपमा त्यसले आममानिसलाई चिन्तित तुल्याउँछ।  

विश्वकै थोरै पुराना मुलुकमध्येमा नेपाल पर्छ। न यसले विगतमा कसैको उपनिवेश हुनुपरेको छ। २००७ सालदेखि आधुनिकतातर्फ प्रवेश गरेको मुलुक प्रत्येक दशकमा अधोगतितिर छ। नेपालले अहिल्यै अन्तरिक्षमा जानुपर्दैन तर नागरिक जीवनको न्यूनतम अवस्थामा सुधार भने आवश्यक हुन्छ। जुन राजनीतिक परिवर्तनले आमनागरिकको जीवनलाई परिवर्तन गर्न सक्दैन, त्यो दिगो हुँदैन।  

भारतको अन्तरिक्ष यात्राले स्वाभाविकरूपमा छिमेकी नेपाललाई पनि तरंगित तुल्याएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका नेताहरूले यसका लागि भारतलाई बधाई दिएका छन्। नेताहरूका निम्ति यस घटनाक्रमले विज्ञान र प्रविधितर्फ मुलुकलाई लैजाने प्रेरणा प्राप्त हुनुपर्छ। उपलब्धि हासिल गर्न ज्ञान र पसिनाको संयोग आवश्यक हुन्छ। भारतले त्यो देखाएको छ। यो चमत्कारपूर्ण सुसमाचारका निम्ति हाम्रो पनि बधाई।
अर्को समाचार
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन
०४ कार्तिक २०७९
•
१ मिनेट पाठ
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्तीमा रचना वाचन
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइएको छ। शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानले एक औपचारिक कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो।




जन्मजयन्तीको अवसर पारेर प्रज्ञा–प्रतिष्ठानको महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयमा उनको व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रमसमेत गरेको छ। महाकवि देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक २७ गते भएको थियो। कार्यक्रममा कवि देवी नेपालले महाकवि देवकोटाको व्यक्तित्व बारे चर्चा गर्दै देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरु विभिन्न भएपनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको बताए।

उनले महाकवि देवकोटाले नेपाली भाषा प्रकाशिनी समिति, युगवाणी र इन्द्रेणी पत्रिकाको सम्पादक, नेपाली साहित्य परिषद्को सभापति, काव्य प्रतिष्ठानको अध्यक्ष लगायतको जिम्मेवारीमा रहेर उल्लेखनीय काम गरेकाे बताए। त्यस्तै त्रिचन्द्र क्याम्पस, पद्मकन्या क्याम्पस र कमर्स क्याम्पसमा प्राध्यापन गराउनुभएको पनि उल्लेख गरे। नेपाल प्रज्ञा–प्रतिष्ठानको परिकल्पनाकार नै महाकवि देवकोटा भएको उनको भनाई छ।

कवि नेपालले महाकवि देवकोटाले वि।सं। १९९१ साल मंसिर १५ गतेको गोरखापत्रमा कविता प्रकाशन गरेर नेपाली साहित्यमा औपचारिक रुपमा प्रवेश गर्नुभएको भन्दै उनले २४ वर्ष ९ महिना १४ दिनसम्म औपचारिक रुपमा कविता लेखनको कर्म गरेकाे बताए। नेपालले देवकोटाको सम्झनामा कविता वाचन पनि गरे। 

महाकवि देवकोटाको निधन वि.सं. २०१६ साल भदौ २९ गते भएको थियो। महाकवि देवकोटाको जन्म लक्ष्मीपूजाको दिन भएपनि प्रज्ञा प्रतिष्ठानले महाकविको जन्म दविसको पूर्वसन्ध्यामा कार्यक्रम गरी महाकविको योगदानको स्मरण गरेको हो। 
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस