व्यापार घाटा १८ खर्ब
०८ साउन २०८३
•
५ मिनेट पाठ
व्यापार घाटा १८ खर्ब
स्वदेशमा उत्पादन हुने वस्तु पनि विदेशबाट आयात हुँदा मुलुकको व्यापार घाटा उच्च भएको छ। नेपालको वैदेशिक व्यापारमा आयातको उच्च निर्भरता हुँदा आर्थिक वर्ष २०८२÷८३ मा व्यापार घाटा करिब १८ खर्ब रुपैयाँ नजिक पुगेको छ।




स्वदेशमै उत्पादन गर्न सकिने कृषि, खाद्यान्न, औद्योगिक तथा उपभोग्य वस्तुसमेत ठुलो परिमाणमा विदेशबाट आयात भइरहँदा व्यापार घाटा फराकिलो बन्दै गएको हो। सरकारले आयात प्रतिस्थापन, उत्पादन वृद्धि र निर्यात प्रवद्र्धनका कार्यक्रम घोषणा गर्दै आए पनि त्यसको प्रभाव अपेक्षाअनुसार देखिन सकेको छैन।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को वैदेशिक व्यापार तथ्यांकअनुसार नेपालको व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा व्यापार घाटा १५ खर्ब २७ अर्ब रुपैयाँ थियो। एक वर्षको अवधिमा मात्रै व्यापार घाटा २ खर्ब ५४ अर्ब रुपैयाँ अर्थात् १५.८८ प्रतिशतले बढेको हो। यो तथ्यांकले मुलुकको आयातमुखी अर्थतन्त्र अझै गहिरिँदै गएको स्पष्ट संकेत गरेको छ।

गत आर्थिक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको २० खर्ब ८१ अर्ब रुपैयाँको तुलनामा करिब ३ खर्ब ३० अर्ब रुपैयाँ बढी हो। कुल व्यापार बढे पनि त्यसको अधिकांश हिस्सा आयातले ओगटेकाले व्यापार असन्तुलन झन् बढेको देखिन्छ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०८२÷८३ मा नेपालले २० खर्ब ९६ अर्ब ३७ करोड रुपैयाँबराबरका वस्तु आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को तुलनामा १६.२० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा १८ खर्ब ४ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको थियो। त्यही अवधिमा निर्यात भने १३.८१ प्रतिशतले बढेर ३ खर्ब १५ अर्ब रुपैयाँ पुगेको थियो। निर्यात वृद्धि सकारात्मक भए पनि आयातको तुलनामा निकै कम रहेकाले व्यापार घाटा नियन्त्रण हुन नसकेको हो।

सरकारले आयात प्रतिस्थापन गरेर निर्यात बढाउन पहल गरिरहेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका सूचना अधिकारी कृष्णराज बजगाईंले बताए। आयात प्रतिस्थापन र निर्यात विस्तारलाई एउटै रणनीतिअन्तर्गत अघि बढाउनुपर्ने आवश्यकता उनले औंल्याए। उनका अनुसार नेपालमा उत्पादन गर्न सकिने वस्तुसमेत विदेशबाट आयात भइरहेकाले कुनकुन वस्तुमा स्वदेशी उत्पादन बढाउन सकिन्छ भन्ने स्पष्ट योजना आवश्यक छ। ‘उत्पादन, प्रशोधन, बजार र निर्यातलाई एउटै मूल्य शृंखलामा जोड्न सके मात्रै व्यापार घाटा घटाउन सकिन्छ’, उनले भने।

गत आर्थिक वर्ष २०८२÷८३ मा सबैभन्दा धेरै आयात हुने वस्तुमा इन्धन र औद्योगिक कच्चा पदार्थ छन्। डिजेल मात्रै १ खर्ब ७२ करोड ४२ लाख रुपैयाँबराबरको आयात भएको छ। त्यसपछि ९८ अर्ब ८३ करोड रुपैयाँबराबरको कच्चा भट्टमासको तेल, ७७ अर्ब २६ करोड ५० लाख रुपैयाँबराबरको पेट्रोल र ६० अर्ब २८ करोड ६ लाख रुपैयाँबराबरको एलपी ग्यास आयात भएको छ। यसैगरी ५८ अर्ब ५२ करोड रुपैयाँबराबरको फलाम तथा फलामजन्य सामग्री र ३६ अर्ब ७९ करोड २७ लाख रुपैयाँबराबरका स्मार्टफोन आयात भएको छ।

डिजेल, पेट्रोल र एलपी ग्यास गरी तीनवटा इन्धनजन्य वस्तुको आयात मात्रै करिब ३ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ। जलविद्युत् उत्पादन उल्लेखनीय रूपमा बढ्दै गए पनि विद्युतीय सवारीसाधन, विद्युतीय चुलो तथा उद्योगमा विद्युत् प्रयोग अपेक्षित रूपमा विस्तार हुन नसक्दा पेट्रोलियम पदार्थको आयात उच्च भएको हो।

कृषि तथा पशुजन्य वस्तुको आयात पनि चिन्ताजनक अवस्थामा छ। पर्याप्त खेतीयोग्य भूमि, जलस्रोत र श्रमशक्ति हुँदाहुँदै दैनिक उपभोगका खाद्यान्न, तरकारी, फलफूल, मासुजन्य सामग्री तथा प्रशोधित खाद्य वस्तु विदेशबाट आयात भइरहेको छ। स्वदेशमै उत्पादन गर्न सकिने वस्तुको समेत आयात बढ्नु कृषि उत्पादन, प्रशोधन उद्योग र आपूर्ति प्रणाली कमजोर रहेको संकेत हो।

निर्याततर्फ भने प्रशोधित भट्टमासको तेल सबैभन्दा अगाडि छ। गत आर्थिक वर्षमा यसको निर्यात मूल्य १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ, जुन कुल निर्यातको झण्डै ४० प्रतिशत हो। त्यसपछि १२ अर्ब ६४ करोड ७८ लाख रुपैयाँबराबरको अलैंची, १० अर्ब ३८ करोड रुपैयाँबराबरको गलैंचा, ८ अर्ब ९४ करोड ३३ लाख रुपैयाँबराबरको सनफ्लावर तेल, ७ अर्ब १४ करोड रुपैयाँबराबरको जुटजन्य सामग्री र ६ अर्ब ६६ करोड रुपैयाँबराबरको पाम तेल निर्यात भएको छ।

निर्यात संरचनाको अध्ययन गर्दा निर्यात अझै दिगो र उत्पादनमुखी बन्न नसकेको देखिन्छ। प्रशोधित भट्टमासको तेल, सनफ्लावर तेल र पाम तेलजस्ता वस्तु मुख्यतः कच्चा पदार्थ आयात गरी प्रशोधनपछि पुनः निर्यात गरिन्छ। यस्तो निर्यातले निर्यातको तथ्यांक बढाए पनि त्यसबाट सिर्जना हुने वास्तविक मूल्य अभिवृद्धि सीमित हुन्छ। नेपालमा अलैंची, गलैंचा, जुटजन्य सामग्री, चिया, हस्तकला तथा अन्य कृषि उत्पादन वास्तविक प्रतिस्पर्धात्मक क्षमता भएका निर्यातयोग्य वस्तु भएकाले यिनको निर्यात बढाउन आवश्यक छ।

सरकारले निर्यात वृद्धि गर्न नगद अनुदान, सहुलियतपूर्ण कर्जा, औद्योगिक प्रोत्साहन र विभिन्न कर छुटका कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर ती कार्यक्रमबाट अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। उद्योगी व्यवसायीका अनुसार उत्पादन लागत उच्च हुनु, विद्युत्, ढुवानी र पूर्वाधारको समस्या, निर्यात प्रक्रिया जटिल हुनु र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुनु निर्यातका प्रमुख चुनौती हुन्।

व्यापार घाटा घटाउन आयात नियन्त्रणभन्दा पनि उत्पादन वृद्धि र निर्यात विस्तारमा जोड दिनुपर्ने विज्ञ मत छ। कृषि, जलविद्युत्, सूचना प्रविधि, पर्यटन, जडीबुटी, हस्तकला तथा प्रशोधन उद्योगमा लगानी विस्तार गर्नसके आयात प्रतिस्थापनसँगै निर्यात बढाउन सकिन्छ। त्यसका लागि दीर्घकालीन औद्योगिक नीति, उत्पादनमैत्री कर प्रणाली, सहज वित्तीय पहुँच, आधुनिक कृषि प्रणाली तथा निर्यात बजारको विविधीकरण आवश्यक छ।

नेपालले पछिल्ला वर्षमा विद्युत् निर्यातबाट उल्लेखनीय विदेशी मुद्रा आर्जन गर्न थालेको छ। ऊर्जा क्षेत्रसँगै कृषि, उद्योग र उत्पादनमूलक क्षेत्रमा पनि यस्तै सुधार गर्न सके व्यापार घाटा क्रमशः घटाउँदै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने आधार तयार हुन सक्छ।
अर्को समाचार
७ महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब पुग्यो
०९ फागुन २०८०
•
१ मिनेट पाठ
७ महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब पुग्यो
मुलुकको व्यापार घाटा आठ खर्ब रुपैयाँ बढी पुगेको छ। सरकारले व्यापार घाटा घटाउने बताउँदै आए पनि चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा ब्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ। 




पोहोरको सोही अवधिको तुलनामा १.७७ प्रतिशत घटे पनि मुलुकमा व्यापार घाटाको खाडल ठूलो रहेको छ।

समग्रमा मुलुकको वैदशिक व्यापारमा गिरावट आएको छ। सात महिनाको अवधिमा ९ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार भएको छ। यो अवधिमा आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घटेको छ। 

सात महिनामा ८ खर्ब ९७ अर्ब ९४ करोडको वस्तु आयात भएको छ भने ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा २.७५ प्रतिशतले गिरावट आएको छ। 

पोहोर यो अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँको वैदेशिक व्यापार भएकोमा चालु आवको सोही अवधिमा ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको व्यापार भएको हाे।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस