भाइ मसलाको मूल्य पोहोरभन्दा दोब्बर
०२ कार्तिक २०८२
•
६ मिनेट पाठ
भाइ मसलाको मूल्य पोहोरभन्दा दोब्बर
उज्यालो पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि विधिवत् रूपमा सुरु भइसकेको छ।




प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ। शनिबार दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेसँगै शनिबारदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको हो।

तिहार सुरु भएसँगै भाइ मसलाको खरिद–बिक्रीमा पनि चहलपहल बढेको छ। किनमेलको प्रमुख गन्तव्य मानिने काठमाडौंको असन र इन्द्रचोक बजारमा यतिबेला भाइ मसला किन्नेको ताँती लागेको छ। सुकुमेल, सुपारी, बदाम, काजु, किसमिस, मखानादेखि लिएर मरमरी, सुठो, चकलेट र मिष्ठान्नका वस्तुहरू मिसाएर बनाइएको भाइ मसलाले तिहारमा ठूलो महत्त्व राख्छ। यसरी महत्त्व ठूलो भए पनि वर्षैपिच्छे यसको मूल्य बढ्दै जाँदा उपभोक्ताहरूमा निराशा छाएको छ।

काठमाडौंको धापासीबाट असन बजारमा भाइ मसला तथा तिहारको सामान किनमेल गर्न आएकी राज्य लक्ष्मीले पोहोरकोभन्दा यस वर्ष सामानमा अचाक्ली मूल्य वृद्धि भएको महसुस गरिन्। सबै सामान एकै स्थानमा पाइने भएकाले आफू असन बजारमा किनमेल गर्न आएको उनले सुनाइन्।

‘तिहारको सामान किन्न आएको सामानमा डबल डबल मूल्य वृद्धि भएको छ,’ उनले गुनासो गर्छिन्, ‘पोहोर सालको तिहारको भन्दा यो तिहारमा आएका सामानहरू धेरै महँगिएका छन्।’

तिहारको मुख्य दिन भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइ मसला दिने प्रचलन रहेको छ। तिहारमा विशेष गरी भाइटीकाको दिन दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसला दिने चलन छ। दाजुभाइलाई टीका लगाइदिएर सगुनका रूपमा दिइने यी भाइ मसला महँगिँदा दिदीबहिनीहरू मर्कामा परेका छन्।

आफ्नो दाजुभाइको लागि तिहारको किनमेल गर्न भक्तपुर बालकोटबाट असन बजारमा आएकी सुनिता खत्रीको पनि चित्त बुझेको छैन। लक्ष्मी जस्तै सुनिता पनि भाइ मसलाको मूल्य दोब्बर भएको हुँदा आफूले चाहे अनुरूपको किनमेल गर्न नसकेको बताउँछिन्।

मूल्य वृद्धिले सामान्य परिवारमा असर परेको छ। भक्तपुरकी गृहिणी बबिता बस्नेत भन्छिन्, 'गत वर्ष जति पैसामा चार भाइका लागि मसला तयार गरेको थिएँ, यस पटक दुई भाइका लागि पनि पुग्न गाह्रो भइरहेको छ।'

यस वर्ष मसला उत्पादनमा कमी र आयात लागत बढेकाले विगतको तुलनामा मसलाको मूल्यमा उल्लेख्य वृद्धि भएको व्यवसायीहरू बताउँछन्।

काठमाडौंको असन, इन्द्रचोक, खल्टे र कालीमाटी मसला बजारमा अहिले सुकुमेल, सुपारी, बदाम, काजु, किसमिस, मखानादेखि लिएर मरमरी, सुठो, चकलेट र मिष्ठान्नका वस्तुहरूका मूल्य वृद्धि भएको व्यापारीहरूको भनाइ छ।

भक्तपुरको बालकोटमा विगत पाँच वर्षदेखि व्यापार गर्दै आएका राजेन्द्र ओलीले भाइ मसलाको मूल्य बढेको बताए। 'पहिलाभन्दा भाइ मसलाको मूल्य झन्डै २० प्रतिशतले बढेको छ,’ उनले भने।

मूल्य बढेसँगै यस पटक व्यापारमा पनि कमी आएको उनको भनाइ छ।  'विगतभन्दा मूल्य पनि बढ्यो व्यापार पनि हुन छाड्यो,’ उनले भने, ‘यस पटक नेपालको परिस्थितिका कारण पनि व्यापारमा कमी आएको हुन सक्छ।’

असनमा विगत ५० वर्षदेखि व्यापार गरिरहेका भक्तपुर ठिमीका चन्द्र श्रेष्ठका अनुसार भाइटीकाअघि तीन–चार दिन त हातै रोकिँदैन थिए। भारतबाट आयात हुने मसलाको मूल्य बढेकाले यस वर्ष खुद्रा मूल्य करिब १० देखि १५ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ।

उनका अनुसार काजु, मखना र ओखर महँगिएका छन्। साथै यी वस्तुका माग पनि गत वर्षको तुलनामा करिब २० प्रतिशतले कमी भएको उनको भनाइ। पहिला यी वस्तुहरू असनमा मात्र पाइन्थ्यो त्यसैले धेरै व्यापार हुन्थ्यो तर पछिल्लो समय सबैतिर पाइने भएकाले व्यापार कम भएको उनको बुझाइ छ।

स्थानीय उत्पादनमा आधारित अखरोट, मकै, केरा र भुइँफुटेको (चटामरीका लागि प्रयोग हुने) सामग्री पनि बजारमा लोकप्रिय बन्दै गएको छ। सहरका युवा पुस्तामा तयारी प्याक गरिएको ‘भाइ मसला सेट’ किन्नेको संख्या पनि बढेको छ।

अर्की व्यापारी सुवर्णा श्रेष्ठले सबै मसला छुट्टाछुट्टै किन्नुभन्दा प्याक गरेर तयारी सेट बनाउँदा बिक्री सहज भइरहेको बताइन्। ‘अब ग्राहक सजिलो चाहन्छन्,’ श्रेष्ठले भनिन्, ‘सबै मसला प्याक गरेर तयारी सेट बनाउँदा बिक्री पनि सहज भएको छ।’

बिक्री सहज भए पनि पछिल्लो समय व्यापार घटेको उनले बताइन्। भाइटीकाको दिनसम्म व्यापारमा केही सुधार हुने अपेक्षा उनको छ। 'यस वर्षको किनमेल भर्खरै सुरु भयो। अब भाइटीकाको दिनसम्म व्यापारमा केही सुधार होला भन्ने आश गरेकी छु,' उनले भनिन्।

यस पटक अनलाइनबाट भाइ मसला अर्डर गर्ने प्रवृत्ति पनि बढेको छ। केही खुद्रा पसलहरूले घरमै डेलिभरी सेवा पनि सुरु गरेका छन्। जसबाट पसलमै आएर सामान किन्ने ग्राहकको संख्यामा कमी भएको अनुमान असनमै विगत २० वर्षदेखि व्यापार गरिरहेकी शर्मीला खत्रीले गरिन्। 'पहिले भ्याइ–नभ्याइ थियो अहिले हेर्‍याहेर्‍यै छौं,' सिजन अनुसारको सरसामान राखेर जीविका चलाउँदै आएको उनले बताइन्।

भाइटीकाको परम्परा प्रेम, माया र कर्तव्यसँग जोडिएको सांस्कृतिक प्रतीक हो। त्यसैले यो पर्व नजिकिँदा मसला व्यापारले सधैंजस्तो यो वर्ष पनि काठमाडौंको बजारमा रौनक भरेको उनी बताउँछिन्। असन, इन्द्रचोक, नयाँरोड, कलंकी र न्युरोडका मसला पसलहरूमा बिहानदेखि बेलुकासम्म ग्राहकको भीड लाग्ने गर्छ। उनका अनुसार काजु, किसमिस, सुकुटी, सुपारी र ओखर सबैभन्दा बढी बिक्री हुने वस्तु हुन्।

काठमाडौं भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्म एक अर्ब ६२ करोड ९८ लाख ८२ हजार रुपैयाँको एक करोड ४३ लाख १० हजार २३४ किलोको भाइ मसलाका सामान आयात भएका छन्।

यो अवधिमा १७ करोड ८० लाख ३० हजार रुपैयाँको एक लाख ८७ हजार ६५३ केजी काजु आयात भएको छ। बदाम २३ करोड ७९ लाख ८० हजार रुपैयाँको एक लाख ११ हजार केजी आयात हुँदा २४ करोड ६४ लाख दुई हजार रुपैयाँको तीन लाख ४७ हजार १६० केजी ओखर आयात भएको छ।

यस्तै चार करोड ६ लाख ६१ हजार रुपैयाँको २०० केजी पिस्ता, ४७ करोड नौ लाख ३४ हजार रुपैयाँको १६ लाख ७९ हजार केजी सुपारी आयात भएको भन्सार विभागले जनाएको छ।

सोही क्रममा २६ करोड ७३ लाख ४९ हजार रुपैयाँको ७७ हजार ८२७ केजी ल्वाङ आयात हुँदा तीन करोड चार लाख आठ हजार रुपैयाँको र ११ करोड ४० लाख २४ हजार रुपैयाँको २२ हजार ६५३ केजी सुकुमेल आयात भएको भन्सार विभागले जनाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ४६ करोड ८२ लाख ११ हजार रुपैयाँको ८५ लाख २१ हजार ९११ केजी मसलाजन्य सामग्री आयात भएको थियो। उक्त अवधिमा २६ करोड एक लाख ६८ हजार रुपैयाँको दुई लाख ९८ हजार ९४६ केजी काजु आयात भएको थियो। बदाम १८ करोड ६४ लाख ५८ हजार रुपैयाँको दुई लाख ३२ हजार ६९४ केजी आयात भएको थियो।

यस्तै २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ६ लाख सात हजार २२५ केजी ओखार आयात हुँदा २१ करोड ६२ लाख ३४ हजार रुपैयाँको १७ लाख १४ हजार ४१९ केजी सुपारी आयात भएको थियो।

यसैगरी ३१ करोड ७५ करोड २४ लाख रुपैयाँको ५४ लाख चार हजार १३० केजी नरिवल, १६ करोड ४५ लाख ५२ हजार रुपैयाँको दुई लाख १४ हजार ५३७ केजी ल्वाङ र नौ करोड ९४ लाख २९ हजार रुपैयाँको ३७ हजार १८३ केजी सुकुमेल आयात भएको थियो।

गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा मूल्य वृद्धि भएको कारणले गर्दा आयात गरिएको रकम भने गत वर्षको भन्दा चालु आर्थिक वर्षमा बढी देखिएको विभागले जनाएको छ।

तिहारजस्ता पर्वहरूमा मूल्य नियन्त्रण गर्न निगरानी बढाएर व्यापारीहरूमा प्रतिस्पर्धाभन्दा पनि मुनाफा कमाउने प्रवृत्ति बढ्ने जोखिमलाई कम गर्नुपर्ने उनीहरूको माग छ।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
१२ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ सेकेन्ड अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस