स्याउ निर्यात गर्न सिफारिस दिन सुरु
०९ भदौ २०८२
•
३ मिनेट पाठ
स्याउ निर्यात गर्न सिफारिस दिन सुरु
जुम्ली स्याउ जिल्ला बाहिर निर्यात गर्न सिफारिस दिन थालिएको छ। जुम्लाका ८ वटै स्थानीय तह अन्तर्गतका कृषि शाखाले सिफारिस गर्न सुरु गरेका हुन्।  




यसअघि भदौ १५ सम्म स्याउ निर्यात गर्न नपाउने भन्दै सूचना जारी गरेका स्थानीय तहले स्याउ पाकेकाले निर्यातका लागि सिफारिस दिन थालेका छन् ।

भदौ २ गतेदेखि नै स्थानीय तहका कृषि विकास शाखाले सिफारिस दिन थालेका छन् । स्याउको गुणस्तर र कलर आइसकेको जिल्लाको तल्लो क्षेत्रका  स्याउ निर्यात गर्न तयार भइसकेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए।  

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको अध्यक्षतामा बसेको बैठकले पाकेको स्याउ १५ भदौसम्म राख्दा ढिला हुने निष्कर्ष निकालेको छ ।  यसपटकको तीज भदौ १० मा परेको र तीजअगावै स्याउ बजारसम्म लैजानुपर्ने भएकाले निर्यातको सिफारिस दिन थालिएको प्रमुख अधिकारीले बताए।

‘जिल्लामा धेरै जातका स्याउ फल्छन् । कुनै जात अघि पाकिरहेका छन् त कुनै जातका स्याउ ढिला पाक्ने गर्छन्,’ प्रमुख जिल्ला अधिकारीले भने, ‘छिटो पाक्ने स्याउ ढुवानीका लागि सिफारिस दिन सुरु भएको हो ।’  

कृषि विकास कार्यालय जुम्लाले साउन ९ मै भदौ १५ भन्दा अगाडि स्याउ टिप्न र ढुवानी गर्न नमिल्ने गरेर काम गर्न परिपत्र गरेको थियो । तर जिल्लाको तल्लो क्षेत्रमा स्याउ पाकिसकेकाले ढुवानी सुरु गर्नुपर्ने भयो ।  

स्याउ निर्यातका लागि स्थानीय तह कृषि विकास शाखाको सिफारिस अनिवार्य गरिएको छ । बैठकले काँचो स्याउ निर्यात हुन लागेको भन्दै गत साउन २७ मा प्रहरीले बरामद गरेको स्याउको गुणस्तर जाँच गरेर पठाउने समेत निर्णय गरेको हो ।

बागवानी विकास अधिकृत तीर्थराज देवकोटाले अहिलेसम्म जुम्लाको स्याउ शहरसम्म पुग्न नसकेको बताए ।  

‘असारमा पाक्ने स्याउ भन्दै फाट्टफुट्ट लैजाने गरे पनि खासै स्याउ गएको छैन,’ उनले भने, ‘अब जुम्लाको स्याउ निर्यात हुन सुरु भयो ।’ जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, चितवन, बुटवल, भैरहवा र काठमाडौं लगायतका शहरमा पुग्छ।  

यता कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । यो वर्ष २ हजार हेक्टरमा रोपिएको स्याउले फल दिएको छ । गत वर्ष १९ हजार ८ सय ४० मेट्रिक टन स्याउ उत्पादन भएकामा यो पटक घट्ने प्रक्षेपण कृषि विकास कार्यालयले गरेको छ।

गतवर्ष कृषि विकास कार्यालय जुम्लाले दिएको तथ्यांकअनुसार ६१ करोड  ४१ लाख ५ हजार रुपैयाँको स्याउ बेचेको थियो । बागवानी विकास अधिकृत देवकोटाले खडेरी र असिनाले स्याउ नष्ट भएकाले उत्पादनमा गिरावट आएको बताए ।

जुम्लाको एक नगरपालिकासहित ७ गाउँपालिकामा स्याउखेती भइरहेको छ। यता कृषि विकास कार्यालयले ‘एक घर एक बगैंचा’ कार्यक्रम अगाडि सारेको छ।  

२०६४ सालमा जुम्लालाई अर्गानिक जिल्लाका रुपमा घोषणा भएपछि  अर्गानिक स्याउ उत्पादन हुन थालेको हो ।सिफारिस दिन थालेपछि स्याउ टिप्ने र खरिद गर्ने ब्यापारीको चहलपहल बढेको छ ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
११ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस