वर्षाले नौ राजमार्ग अवरुद्ध
१६ कार्तिक २०८२
•
३ मिनेट पाठ
वर्षाले नौ राजमार्ग अवरुद्ध
गत बिहीबारदेखि लगातार आएको वर्षाले शानिबार साँझसम्म देशभरि नौवटा राजमार्ग अवरुद्ध भएका छन्। यसबाट यात्रुहरू मर्कामा परेका छन् भने जनजीवन सहज हुन सकेको छैन।




सडक विभागका प्राविधिक कर्मचारीहरूले अबरुद्ध राजमार्ग खुलाउन प्रयास भइरहेको जनाएका छन्। वर्षा रोकिने वित्तिकै पहिरो हटाउने काम प्रभावकारी हुने उनीहरूको भनाइ छ। नेपाल प्रहरीले शनिबार साँझ निकालेको बुलेटिन अनुसार वर्षा र पहिरोको कारण शनिबारसम्म देशभरि नौवटा राजमार्ग अबरुद्ध भएका छन्।

जल तथा  मौसम विज्ञान विभाग एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना अनुसार बंगालको खाडीमा विकसित चक्रवात मोन्थाका कारण कोसी प्रदेशका धेरै स्थानमा अत्यधिक वर्षा भई विपद्जन्य घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गरी स्थानीय प्रशासनले बिहीबारदेखि अर्को सूचना प्रकाशित नभएसम्म रातीको १२ बजेदेखि बिहान ६ बजेसम्म इलाम जिल्लाभित्र मेची राजमार्गमा सवारी साधनमा रोक लगाइएको छ।

यस्तै बिहीबार साँझ मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ जोमसोम कोरोला सडक खण्डस्थित छुसाङ र ताइने बिचको कालाभिरमा लेदोसहितको पहिरो गएपछि उक्त राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

शुक्रबार साँझ विपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडा, रोसी लगायत ठाउँठाउँमा सडकमाथिबाट लेदो र ढुंगा खसेपछि उक्त राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ। खासगरी पोहर सालदेखि विपी राजमार्ग पटकपटक अबरुद्ध हुँदै आएको छ।

उक्त राजमार्गलाई सानो वर्षालेसमेत अबरुद्ध पार्ने गरेको छ। सडक डिभिजन भक्तपुरले पोहर साल वर्षाले भत्काएको ठाउँमा स्थायी रूपमै विपी राजजमार्ग पुनर्निमाण गर्न काम सुरु गरिरहेको छ तर वर्षाले पुनर्निर्माणको काम समेत प्रभाव पारेको सडक विभागका कर्मचारीको भनाइ छ।

शुक्रबार साँझ पाँचथर तुम्बेवा गाउँपालिका २ र धनकुटा चौबिसे गाउँपालिका ४ सिमाना भई बग्ने नालाखोलामा पानीको बहाबसहित बाढी आएपछि शुक्रबार साँझदेखि नै तमोर–कोरिडोर सडक–खण्ड पूर्णरूपमा अबरुद्ध भएको छ।

यसैगरी गत शुक्रबार अविरल वर्षाको कारण रसुवा गोसाइँकुण्ड गापा २ तातोपानी बाखानीमखोला र म्याङ्लुङस्थित पासाङ ल्हामु सडक खण्डमा सडकको माथिबाट ढुंगा, लेदो र माटो खसेपछि उक्त राजमार्ग अबरुद्ध भएको सडक विभागका कर्मचारीहरूले जनाएका छन्।

शुक्रबार साँझ रामेछाप खाँडादेवी गापा १ खैरेनीघाटस्थित मध्यपहाडी लोकमार्ग सडकखण्डमा सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ। अबरुद्ध भएको राजमार्ग खुलाउन प्रयास भइरहेको सडक विभागका कर्मचारीहरूको भनाइ छ।

गत बिहीबारदेखि परेको निरन्तर वर्षाको कारण मेची राजमार्गअन्तर्गत राजदुवालीलगायत  विभिन्न ठाँउमा जमिन चिरा परी दबेका कारण पहिरो जान सक्ने धेरै जोखिम भएकाले उक्त राजमार्ग बन्द गरिएको छ। हाल उक्त राजमार्गमा दुबैतर्फ सवारी सञ्चालन गर्न रोक लगाइएको प्रहरीको भनाइ छ।

गत कात्तिक १२ गतेदेखि पुष्पलाल (मध्यपहाडी राजमार्ग अन्तर्गत सिस्ने गापा ६ रानीटानी, साँख क्षेत्रमा सडक निर्माणको काम पूरा गर्नुपर्ने भएको भन्दै सडक विभागले  आगामी कात्तिक ३० गतेसम्म मध्यपहाडी राजमार्गको रानीकोट, किटानी, साँख सडक खण्डमा  सञ्चालन हुने यातायात सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरेको छ। त्यस राजमार्ग भएर रानीकोट, क्रिटानी, साँख खण्डमा गुड्ने ठुला सवारी साधनको लागि वैकल्पिक मार्गको रूपमा कैंचीमोड धाउने पोखरा निखेत मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

त्यस्तै उक्त राजमार्ग भएर रानीकोट, क्रिटानी, साँख खण्डमा गुड्ने साना सवारी साधनहरूको लागि कैंचीमोडाउने नानीगाई धपे मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ। गत जेठ २ गते संखुवासभा भोटखोला गापा ४ स्थित उरुणखोलामा बाढी आएर ह्युम  पाइप बगाएकोेले खाँदबारीदेखि  थुमसुर जाने कोसी राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएको छ। त्यतिबेला अबरुद्ध भएको उक्त रागमार्ग अझै  खुलेको छैन। यसबाट यात्रुहरूलाई मर्का परेको छ।
अर्को समाचार
बाढी-पहिराेले ३ राजमार्ग पूर्णरुपमा अवरुद्ध, १३ सडक एकतर्फी संचालनः सडक विभाग
२० असार २०८०
•
१ मिनेट पाठ
बाढी-पहिराेले ३ राजमार्ग पूर्णरुपमा अवरुद्ध, १३ सडक एकतर्फी संचालनः सडक विभाग
पछिल्लो केही दिनदेखिको भारी वर्षाले निम्त्याएको बाढी पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। यसैबीच सडक विभागले ३ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जनाएको छ। भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा रहेको जानकारी दिएको छ।  




बिहान ८ः ३० बजेसम्म अपडेट अनुसार ३ वटा राजमार्ग पूर्ण अवरुद्ध, १३ वटा एकतर्फी  संचालन र ५७ वटा सडक अवरुद्ध भए पश्चात् हाल सुचारु रहेको सडक विभागले जनाएको छ।  

विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन्। विभागका अनुसार केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्ग पूर्ण बन्द छ। त्यस्तै पूर्वकै चतरा–मुलघाट–माझीटार–अमपारपुरडाँडा–गणेशचोक पुग्ने तमोर करिडोरअन्तर्गतको माझीटारमा अवरूद्ध हुँदा त्यो सडक पनि सञ्चालनमा छैन।

त्उसै गरी देशकाे पूर्वी क्षेत्र रानी–विराटनगर, इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का पुग्ने कोशी राजमार्ग पनि पहिरोको कारण अवरुद्ध छ।  

एकतर्फी सन्चालनमा रहेका सडकहरुमा तानसेन-रिडी-कोरला र डुम्रे-बेशीसहर-चामे सडक खण्ड रहेका छन्। यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा(बुटवल(वर्तुङ(राम्दी(स्याङ्जा(पोखरा खण्ड पनि एकतर्फी सन्चालनमा रहेको सडक विभागले जनाएको छ।  

कर्णाली राजमार्गको जमुनाहा(नेपालगंज-कोहलपुर-सुर्खेत-खुलालु-हिल्सा सडक पनि एकातर्फी संचालनमा छ। भने डुम्रे-बेशीसहर-चामेको खरखरे भिर, लमजुङमा पनि सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ। मुग्लिन–नारायणगढ सडक अहिले सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ। 
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस