बजार परिसूचक नेप्सेमा बुधबार सामान्य अंकको गिरावट आएको छ । नेप्से आज १.९४ अंकले घटेर २,८३२.०६ विन्दुमा कायम भएको हो । सेन्सेटिभ इण्डेक्स ०.८९ अंक, फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ।
बुधबार कारोबार रकममा पनि भारी गिरावट आएको छ । मंगलबार ९ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३२० स्टकको ९३ हजार १८५ पटकको कारोबारमा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँबराबरको २ करोड १६ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबार रकम लगातार आठौं दिनदेखि घटिरहेको हो ।
विन नेपाल लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, समाज लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको ङादी ग्रुप पावर कम्पनीको २९ करोड ४५ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। हिमालयन रि इन्स्योरेन्सको २८ करोड र शिवम् सिमेन्ट्सको २४ करोड रुपैयाँबराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।