नेकपाका महत्त्वाकांक्षी आर्थिक योजना: एक करोडसम्म ऋण, पाँच लाखलाई रोजगारी
२८ माघ २०८२
•
४ मिनेट पाठ
नेकपाका महत्त्वाकांक्षी आर्थिक योजना:
एक करोडसम्म ऋण, पाँच लाखलाई रोजगारी
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा दर्जनौं महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। ती योजनाहरु कार्यान्वयन गर्न त्यति साजिलो छैन। केही योजना त अपत्यारिलो नै देखिएका छन्।




प्रतिवर्ष एक लाख ५० हजार अतिरिक्त रोजगारी थप गरी वार्षिक पाँच लाख रोजगारी सुनिश्चित  गर्ने; दलित, अल्पसंख्यक  शारीरिक अपांगता भएका व्यक्तिले उत्पादन तथा रोजगारीमूलक उद्यम गर्न चाहे १० वर्षका लागि एक करोडसम्म ऋण दिने र त्यसको ब्याज पाँच प्रतिशत मात्र लिने प्रतिबद्धता गरिएको छ। घोषणा पत्रमा भनिएको छ, ‘पूर्व–पश्चिम राजमार्गसँग समानान्तर नदी पथान्तरण तथा नहर निर्माणको बृहत् आयोजना सुरु गरिनेछ।’

स्टार्टअप तथा आइटी उद्यमलाई राष्ट्रिय प्राथमिकतामा राखी युवा नवप्रवर्तन र डिजिटल अर्थतन्त्र विकास गर्न स्टार्टअप कार्यक्रमको पुनरवलोकन गरी निःशुल्क दर्ता गर्ने प्रतिबद्धता गरिएको छ। साथै सुरुका पाँच वर्षसम्म पूर्ण कर छुट र त्यसपछि प्रगतिशील कर सुविधा प्रदान गर्ने प्रतिबद्धता गरिएको छ।

घोषणा पत्रमा भनिएको छ, ‘विशेष इन्क्युबेसन केन्द्रहरू स्थापना गरी आइटी पार्कहरूको विकासमार्फत डिजिटल उद्यमशीलता प्रवर्द्धन गरिनेछ। साथै नवप्रवर्तन तथा अनुसन्धानलाई मजबुत बनाउन इनोभेसन फन्ड स्थापना गरी युवा उद्यमीहरूलाई मेन्टरिङ, लगानी सुरक्षा र सहयोग सुनिश्चित गरिनेछ।’

घोषणा पत्रमा आगामी पाँच वर्षभित्र ८० प्रतिशत  सिँचाइयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गरी कुल कृषियोग्य भूमिको ६० प्रतिशतमा पहुँच पुर्‍याइने प्रतिबद्धता गरिएको छ। साथै, पहाडमा लिफ्ट सिँचाइ र तराईमा पम्प सिँचाइ प्रवद्र्धन गरी किसान परिवारलाई ५० प्रतिशत र  समूह/सहकारीलाई ६० प्रतिशत विद्युत् अनुदान प्रदान गर्ने प्रतिबद्धता गरिएको छ।

मेगा फुड पार्क तथा त्रिभुज परियोजनाः मेगा फुड पार्कहरू स्थापना गरी कृषि प्रशोधन, निर्यात तथा रोजगारी बढाउने प्रतिबद्धता नेकपाले गरेको छ। घोषणा पत्रमा भनिएको छ। यस्तै गण्डकी आर्थिक त्रिभुज परियोजना (भरतपुर – बुटवल – पोखरा) मार्फत औद्योगिक कोरिडोर, पर्यटन तथा कृषि उद्यम हब विकास गरिनेछ। यसैगरी कोसी प्रदेशलाई  उद्योग तथा पर्यटन हब बनाइ  चिया/ कृषि प्रशोधन केन्द्र, साहसिक पर्यटन, हस्तकला उद्यम तथा पूर्वी नेपाल पर्यटन सर्किट विकास गर्ने प्रतिबद्धता पनि नेकपाले गरेको छ।  

नेकपाले घोषणा पत्रमार्फत् तराई मधेसमा हाल चार हजार दुई सय ८० सोलार सिँचाइ पम्प रहेकोमा पाँच वर्षभित्र १० हजार पुर्‍याउने लक्ष्य राखेको छ। साथै किसान परिवारलाई विद्युत् अनुदान प्रदान गरी समूह /सहकारीलाई थप सहुलियतसहित प्रदेश र स्थानीय तहको सहकार्यमा व्यवस्था मिलाउने प्रतिबद्धता गरिएको छ।

घोषणा पत्रमा भनिएको छ, ‘राष्ट्रिय गौरवका बहुउद्देश्यीय आयोजना (सिक्टा, बबई, रानी जमरा कुलरिया, महाकाली – तेस्रो, भेरी–बबई डाइभर्सन, सुनकोसी – मरिन डाइभर्सन) समयबद्ध रूपमा सम्पन्न गरिनेछ।’

घोषणा पत्रमा कर्णाली प्रदेशको विषय पनि ठाउँठाउँमा उठाइएको छ। कर्णाली प्रदेशमा एकीकृत कर्णाली सिँचाइ विशेष कार्यक्रम कार्यान्वयन गरिनेछ प्रतिबद्धता गरिएको छ।

घोषणा पत्रमा भनिएको छ, ‘दलित समुदायका परम्परागत सिपहरू (जस्तै लोहारकला, छाला उद्योग, निर्माण तथा हस्तकला) लाई आधुनिक व्यावसायिक रूपमा रूपान्तरण गर्न विशेष अनुदान, तालिम, प्राविधिक सहयोग तथा बजार पहुँच कार्यक्रमसहित शिल्पी उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ।’

विदेशमा रहेका जनशक्तिको ज्ञान, सिप, अनुभव र पुँजीलाई रोजगारी स्वरोजगारी तथा लगानीका लागि अनुकूल वातावरण बनाउन ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालन गरी कम्तीमा एक लाख रिटर्नीहरूलाई उद्यमी बनाइने प्रतिबद्धता घोषणा पत्र मार्फत्  नेकपाले गरेको छ। घोषण पत्रमा भनिएको छ,  सामूहिक / सहकारी उद्यम प्रवद्र्धन सामूहिकता तथा सहकारितामा आधारित उत्पादन प्रणाली विकास, कृषि, पर्यटन तथा प्रशोधन क्षेत्रमा विशेष कोष तथा तालिमको व्यवस्था गरिनेछ।’

यसैगरी प्रदेशअनुसार पहाडी तथा हिमाली क्षेत्रमा जलाशय तथा पोखरी निर्माण, नदी छेउका कृषियोग्य टारमा लिफ्ट सिँचाइ प्रणालीबाट सुविधा उपलब्ध गराइने प्रतिबद्धता पनि नेकपाले जनाएको छ।

आगामी दशकलाई कृषि लगानी दशक घोषणा गर्ने र आगामी एक वर्षभित्र सबै किसानलाई किसान परिचयपत्र वितरण गर्ने लक्ष्य घोषणा पत्रमार्फत् नेकपाले गरेको छ।

घोषणा पत्रमा उक्त पार्टीले एकीकृत कृषि ऐन बनाएर एक वर्षभित्र किसान अधिकार सुनिश्चित गरिने प्रतिबद्धता गरेको छ। राष्ट्रिय कृषि विपद् कोष स्थापना गरेर नागरिकलाई राहत दिने र नियमित कृषि गणना गरी डिजिटल किसान डाटावेश लागु गर्ने योजना नेकपाले अघि सारेको छ। साथै, विपन्न, पिछडिएका र सीमान्तकृत समुदायका लागि विशेष रोजगारी कार्यक्रम लागु  गर्ने योजना पनि घोषणा पत्रमा राखिएको छ।  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
९ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस