बजारमा अस्वस्थ्यकर खानेपानीका जार छ्यापछ्याप्ती
२९ माघ २०८२
•
६ मिनेट पाठ
बजारमा अस्वस्थ्यकर खानेपानीका जार छ्यापछ्याप्ती
पैसा तिरेर खरिद गरिएको जारको पानी स्वस्थ्य ठानेर नागरिकले पिउने गर्छन् तर सबै जारका पानी स्वस्थ्य छैनन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा खानेपानी उत्पादन गर्ने कम्पनीले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ पालना नगरेको, पुराना र कुच्चिएका जार प्रयोग  गर्ने गरेको र केही जारमा मानवस्वास्थ्यका लागि अत्यन्त हानिकारक एमोनिया ग्यास भेटिएको जनाइएको छ। यसैगरी उक्त निर्देशिका अनुसार  रेकर्डमा राख्नुपर्ने अभिलेख पनि नराखेको जनाइएको छ।




खानेपानीको जारमा एमोनिया ग्यास भेटिनु भनेको अत्यन्त संवेदनशील भएको विज्ञहरू बताउँछन्। उनीहरूका अनुसार पानीमा एमोनिया ग्यास मिसियो भने त्यसले मानव स्वस्थ्यलाई निकै हानि गर्छ।

विभागकी प्रवक्ता बालकुमारी शर्माले केही दिन अघि आफूहरूले गरेको अनुगमनको क्रममा केही खानेपानी उत्पादन कम्पनीहरूले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ पालना नगरेको, पुराना र कुच्चिएका जार प्रयोग  गर्ने गरेको जस्तो कैफियत भेटिएको बताइन्।

विभागका प्राविधिक कर्मचारीहरूले  केही दिनअघि शितल जल उद्योग कागेश्वरी गोठाटार र कृष्ण बेभरेज, मनोहरामा गई जारमार्फत खानेपानी आपूर्ति गर्ने कम्पनीमा अनुगमन गरेका थिए। अनुगमनपछि विभागले जारी गरेको विज्ञप्तिमा ती कम्पनीमा कार्यरत कामदारहरूले कामदारको व्यक्तिगत सरसफाइ अन्तर्गत पन्जा नलगाइ जार भर्ने गरेको र निर्देशिकासमेत पालना नगरेको जनाइएको छ।

सरसफाइ गरी स्वच्छ र गुणस्तरीय पानी मात्र बिक्री वितरण गर्न तथा प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ बमोजिमका प्रावधानहरू पालना गरी खाद्य स्वच्छता कायम गर्न विभागले निर्देशन दिएको छ।

विभागले जारी गरेको विज्ञप्तिमा कृष्ण वेभरेज कम्पनीमा उत्पादित जारको पानी मोबाइल खाद्य प्रयोगशाला भ्यानको किटमा परीक्षण गर्दा एमोनिया पोजेटिभ भेटिएको जनाइएको छ। साथै उक्त कम्पनीमा कार्यरत कामदारहरूले व्यक्तिगत सरसफाइ अन्तर्गत पञ्जा नलगाइ खानेपानीको जारमा पानी भर्ने गरेको भेटिएको विज्ञप्तिमा उल्लेख छ।

विभागका कर्मचारीहरूले केही दिन अघि होटल तथा रेष्टुरेन्टहरूमा गई अनुगमन गरेका थिए। अनुगमनको क्रममा होटल, रेष्टुरेन्ट, किराना पसल र मासु पसलहरूमा सेवाग्राहीले प्रयोग गर्ने उपभोग्य खाद्य पदार्थ र खाना गुणस्तरहीन भएको पाइएको छ।

रातारात धनी बन्ने आशमा कतिपय होटल मालिक तथा खाद्यान्न तयार गर्ने कम्पनी तथा व्यक्तिहरूले मानव जीवनमा खेलवाड गर्दा यस्तो अवस्था आएको हो। यतिबेला उपभोक्ताहरूले उपभोग गर्ने हरेक सामग्रीमा शंका गर्नुपर्ने स्थिति आएको छ। जसरी बजारीकरण बढ्दै छ, त्यही अनुपातमा बजारमा गुणस्तरहीन तथा अखाद्य सामग्रीहरू पनि भेटिन थाल्नु चिन्ताको विषय हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीहरूले पछिल्लो समय बजार अनुगमनको कामलाई तीव्र बनाएका छन्।

हरेक दिन कहीँ न कहीँ अनुगमन गरिरहेका हुन्छन् तर सबैजसो अनुगमनमा केही न केही कैफियत भेटिएकै हुन्छ। होटल तथा रेष्टुरेन्टमा सरसफाइ नभएको, बासी खाना भएको, तयारी खाद्य वस्तु नछोपी राखिएको, प्याकेटमा उल्लेख भए अनुसार तौल नमिलेको जस्ता कैफियत भेटिनु सामान्य भइसकेको छ।

कानुनी व्यवस्था के छ?

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा खाद्य स्वच्छता तथा गुणस्तरको विषयमा विभिन्न मापदण्ड राखिएको छ। साथै अनुगमनको क्रममा गुणस्तरीहन तथा दूषित खाद्यवस्तु भेटिए सजायको व्यवस्था पनि गरिएको छ तर गुणस्तरहीन र दूषित खाद्यवस्तुको विषयमा फरक–फरक सजाय गर्ने व्यवस्था गरिएको छ।

कानुनमा गुणस्तरहीन खाद्यवस्तुको तुलनामा दूषित खाद्यवस्तु भेटिए होटल तथा रेष्टुरेन्ट सञ्चालकहरूलाई बढी सजाय हुने व्यवस्था छ। ‘गुणस्तरहीन खाद्यवस्तु प्रयोग गरे मान्छेको ज्यान जाँदैन तर दूषित खाद्यवस्तु प्रयोग गरे ज्यान नै जाने सम्भावना हुन्छ। त्यसैले सजायको मात्रा फरकफरक भएको हो’, प्रवक्ता शर्माले भनिन्।

गुणस्तरहीन खाद्यवस्तु भेटिए त्यसको सुनवाइ सम्बन्धित जिल्लाको प्रमुख जिल्ला प्रशासन अधिकारीको कार्यकक्षमा पुग्छ। दूषित खाद्यवस्तु भेटिए उक्त मुद्दा सम्बन्धित जिल्लाको जिल्ला अदालतमै लग्ने व्यवस्था गरिएको छ। कतिसम्म भने दूषित खाद्यवस्तु भेटिए होटल तथा रेष्टुरेन्ट सञ्चालकहरूलाई जेल सजाय समेतको व्यवस्था गरिएको छ।

ऐनमा सडेगलेको, फोहोरमैला मिसिएको वा विषाक्त अवस्थामा राखिएको वा तयार पारिएको, मानव उपभोगको लागि अनुपयुक्त हुने गरी केही वा सम्पूर्ण भाग कुनै रोगी वा रोगकारक पशुपन्छी वा हानिकारक वनस्पतिबाट बनेको, मानव स्वास्थ्यलाई असर गर्ने रोगकारक सूक्ष्म जिवाणु वा हानिकारक तत्त्व वा रसायनको मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भएको खाद्यान्न उत्पादन, प्रशोधन, निकासी पैठारी, सञ्चय राख्न वा बिक्री वितरण गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ।

यसैगरी जीवनाशक विषादीको अवशेष, पशुजन्य औषधिको अवशेष, जिवाणुजन्य विष,  प्राकृतिक वा कृत्रिम विषजन्य पदार्थ (टक्सिन), हर्मोन वा मनोद्दीपक (साइकोट्रपिक) रसायनको प्रयोग गरेको, तत्कालीन वा दीर्घकालीन असर पुर्‍याउन सक्ने तोकिएको अधिकतम सीमाभन्दा बढी विकीरणयुक्त खाद्य समग्री पनि बिक्री वितरण तथा उत्पादन गर्न नमिल्ने व्यवस्था ऐनमा गरिएको छ।

यसैगरी ढाँटी वा झुक्याई खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी पैठारी सञ्चय, ढुवानी वा बिक्री वितरणको लागि राख्न वा बिक्री वितरण गर्न वा गराउन हुँदैन भनी ऐनमा स्पष्ट व्यवस्था गरिएको छ।

यसैगरी कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा अखाद्य पदार्थ वा न्यून गुणस्तरको खाद्य पदार्थ मिसावट गरी उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई, बिक्री वितरण तथा उत्पादन गर्न नपाउने व्यवस्था कानुनमा गरिएको छ।

यसैगरी खाद्य सामग्री उत्पादन गर्दा सर्वसाधारणले बुझ्ने गरी नेपालभित्र उत्पादन भएका खाद्य पदार्थ भए उत्पादक तथा प्रशोधनकर्ताले र निकासी वा पैठारी गरिने खाद्य पदार्थ भए निकासी वा पैठारीकर्ताले नेपाली वा अंग्रेजी भाषामा लेख्नुपर्नेछ भनेर ऐनमा लेखिएको छ।

ऐनमा भनिएको छ,  ‘नेपाली वा अंग्रेजी भाषाका अतिरिक्त अन्य कुनै भाषामा पनि त्यस्तो विवरण लेख्न सकिनेछ।’

के हाे पानीमा पाइएकाे एमाेनिया ग्यास?

अमोनिया अत्यधिक हानिकारक र विषाक्त ग्यास हो। यो नाइट्रोजन र हाइड्रोजन मिलेर बनेको कडा गन्ध आउने ग्यास हो। यसको सम्पर्कले छाला, आँखा, नाक र घाँटीमा गम्भीर जलन हुने, चिलाउने र फोका उठ्ने समस्या देखिन सक्छ। उच्च स्तरको सम्पर्कले गम्भीर श्वासप्रश्वास रोग, वाकवाकी, बान्ता र आन्तरिक अंगहरूमा क्षति पुर्‍याउन सक्छ।

अमोनियाको सम्पर्कमा आएपछि निम्तिने मुख्य जोखिमहरू यस्ता हुन सक्छन्ः

स्वास्थ्यमा पर्ने प्रभाव:  सास लिँदा, यसले घाँटी र फोक्सोलाई क्षति पुर्‍याउँछ। यसले गर्दा सास फेर्न गाह्रो हुन्छ। छालामा पर्‍यो भने जलन र फोका उठ्ने समस्या देखिन सक्छ।

वातावरणीय प्रभाव र यसकाे प्रयोग: यो कृषि मल, रेफ्रिजरेसन, प्लास्टिक र रसायनहरूको निर्माण का क्रममा प्रयोग गरिन्छ। अमोनिया ग्यासको चुहावटले हावा र पानी दुवैलाई प्रदूषित गर्न सक्छ।  एक पिपिएमभन्दा बढी एमोनिया पिउने पानीमा मिसियो भने मानव शरीरका लागि हानिकारक मानिन्छ।

सावधानीः अमोनियाको सम्पर्कमा पुगेका मानिसलाई तुरुन्तै ताजा हावामा लगिनुपर्छ र ध्यानपूर्वक उपचार गर्न सुरु गरी हाल्नुपर्छ।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस