जेन-जी आन्दोलन: सुनसरीका सरकारी कार्यालयमा मात्रै सवा अर्बको क्षति
२९ असोज २०८२
•
४ मिनेट पाठ
जेन-जी आन्दोलन: सुनसरीका सरकारी कार्यालयमा मात्रै सवा अर्बको क्षति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा भएको आगजनी । फाइल तस्बिर
जेन-जी पुस्ताको आन्दोलनका क्रममा सुनसरीका सरकारी निकायको मात्रै एक अर्ब १७ करोडभन्दा बढीको क्षति भएको छ । निजी क्षेत्रको क्षतिको अहिलेसम्म क्षतिको विवरण संकलन हुन सकेको छैन।  




जिल्लाका ३३ वटा सरकारी कार्यालयमा भएको आगजनी तथा तोडफोडबाट एक अर्ब १७ करोड तीन लाख ३८ हजार ८३५ रुपैयाँको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिकामध्ये हरिनगर र बर्जुबाहेक अन्यमा तोडफोड तथा आगजनी भएको छ । यीमध्ये सबैभन्दा बढी क्षति इटहरी उपमहानगरपालिकामा भएको छ । सरकारी कार्यालयमध्ये सबैभन्दा बढी इटहरी क्षेत्रमै आगजनी तथा तोडफोड गरिएको छ ।  

इटहरी उपमहागनरपालिकाको पाँचवटा भवनसँगै केही वडा कार्यालय,  पाँचवटा ट्रयाक्टर, दुईवटा स्काप्रियो, एउटा बुलेरो, तीनवटा टिप्पर, दुईवटा मोटर ग्रेन्डर, दुईवटा दमकल, एउटा नगर प्रहरीको ट्रक, एउटा रोड रोलर र एउटा पानी ट्रयाकीको गाडी आगजनीबाट पूर्ण रुपमा क्षति पुगेको छ । यस्तै, नयाँ ठूलो भवन तोडफोड र कार्यालयका सामान लुटपाट भएको छ ।  

इटहरीमा जेन-जी आन्दोलनका क्रममा भदौं २३ गते इटहरी वडा नं. १४ का ४० वर्षे मोहन सरदार र इनरुवा वडा नं. ६ घर भइ इटहरी आफन्तकोमा बस्दै आएका १६ वर्षे अभिषेक श्रेष्ठको मृत्यु भोलिपल्ट प्रदर्शनकारी आक्रोसित भएकाले बढी क्षति भएको हो ।  

आन्दोलनका क्रममा इनरुवा, बराहक्षेत्र, दुहवी र रामधुनी नगरपालिका कार्यालयसँगै कतिपय वडा कार्यालयमा पनि आगजनी तथा तोडफोड गरिएको छ । यस्तै,  भोक्राहा नरसिंह, कोशी, गढी र देवानगञ्ज गाउँपालिकामा पनि आगजनी तथा तोडफोडबाट क्षति भएको छ ।  धरान उपमहानगरपालिकामा जेन-जी पुस्ताले केही नगरे पनि केही वडा कार्यालयमा क्षति पुगेको छ ।  

आन्दोलनका क्रममा इटहरीकै सवारी परीक्षण कार्यालय, राजस्व अनुसन्धान कार्यालय इटहरी, आन्तरिक राजस्व कार्यालय, यातायात सवारी सेवा, यातायात सवारी चालक अनुमति पत्र चालक कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आगजनी तथा तोडफोड भएको उल्लेख गरिएको छ ।  

यस्तै, नेपाल प्रहरी राजर्मा तथा सुरक्षा कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय पकलीसहित प्रहरी चौकी खनार, प्रहरी बिट झुम्का, प्रहरी चौकी हलगडा, प्रहरी चौकी भरौल, प्रहरी चौकी रेलवे धरान, प्रहरी चौकी चाँदवेला, अस्थायी प्रहरी चौकी एकम्बा, नयाँ बस पार्क प्रहरी चौकी धरान, खनार अस्थायी प्रहरी कार्यालय, अस्थायी प्रहरी कार्यालय इटहरीको पुष्पलाल चौकसहित जिल्लाभर रहेका हुलाका कार्यालय तथा शाखा गरेर छवटामा आगजनी तथा तोडफोड भएको विवरण संकलन भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।  

निजी क्षेत्रको  विवरण अझै संकलन भएन 

जिल्ला प्रशासन कार्यालय सुनसरीले निजी क्षेत्रको क्षतिको विवरण अहिलेसम्म संकलन हुन नसकेको जनाएको  छ ।  

आन्दोलनका क्रममा इटहरीका मेयर हेमकर्ण पौडेलको अढाई तले पक्की घर आगजनीबाट पूर्ण रुपमा क्षति भएको  छ । यस्तै, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको इटहरीमै रहेको घरमा सामान्य क्षति पुगेको थियो । यस्तै, इटहरीमै रहेको नेकपा एमालेको पार्टी कार्यालयमा पनि आगजनी तथा तोडफोड गरिएको थियो । आगजनीबाट तीन तले पक्की भवनसँगै मदन आश्रीत पुस्ताकालयका एक हजार तीन सय पुस्तक जलेर नष्ट भएको जानकारी दिइयो । इटहरीमै उपमहानगरपालिका अगाडि रहेको बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा तोडफोडबाट १२ लाखभन्दा बढीको क्षति भएको छ ।  

उत्ता, धरानमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड भएको थियो । यसैगरी, धरान उपमहानगरपालिकाका पूर्वनगरप्रमुख मनोज मेन्याङ्वो, पूर्वउपमेयर मञ्जु भण्डारी, पूर्वसांसद जयकुमार राई, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल, नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, कांग्रेस सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र गोले तामाङ्लगायतको निजी घरमा तोडफोड भएको थियो । पूर्वमेयर मेन्याङ्वोको कञ्चनजंघा होटल पनि तोडफोड गरिएको थियो । सञ्चालक मेन्याङ्वोले होटलबाट छ लाख रुपैयाँ नगद समेत लुटिएको इलाका प्रहरी कार्यालय धरानमा दिएको उजुरीमा उल्लेख छ ।  यस्तै,  पूर्वउपमेयर भण्डारीको घरमा डेरा गरी बस्ने सुनिता पोखरेलको कोठामा भएका सामान पनि तोडफोड गरिएको थियो ।

धरान क्षेत्रमा निजी व्यक्तिको पाँच करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।  धरानमा २५ जनाविरुद्द किटानी जाहेरी परेको छ ।  

आन्दोलनका क्रममा कोशी गाउँपालिका अध्यक्ष अयूव अन्सारीको इनरुवामा रहेको घरमा आगजनी आगजनी गरिएको थियो । यस्तै, इनरुवाका मेयर केदार भण्डारीको घरमा पनि आगजनी गरिएको थियो । प्रदर्शनकारीले इनरुवामै रहेको सुनसरी क्षेत्र नं. २ का निवर्तमान संघीय सांसद भीम आचार्य र इनरुवा वडा नं. ६ का वडाध्यक्ष सुमन थापाको घरमा पनि क्षति पुर्‍याएका थिए ।  

धरान र इटहरीमा भाटभटेनी सुपर मार्केटमा भएको क्षति पनि यकिन गर्न सकिएको छैन । धरानको भाटभटेनी सुपर मार्केटमा चारवटा मानव कङ्काल फेला परेतापनि तिनीहरुको समेत अहिलेसम्म पहिचान हुन सकेको छैन ।  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५३ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस