ताप्लेजुङमा ५७ करोड रुपैयाँ फ्रिज
०२ साउन २०८२
•
१ मिनेट पाठ
ताप्लेजुङमा ५७ करोड रुपैयाँ फ्रिज
ताप्लेजुङबाट आर्थिक बर्ष २०८१/८२ मा झण्डै ५७ करोड रकम फ्रिज भएको छ । 




कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ताप्लेजुङका सहलेखापाल नवीन खनालका अनुसार संघीयतर्फको बजेटबाट ४८ करोड १४ लाख २४ हजार २ सय ६३ रुपैयाँ सरकारको केन्द्रीय खातामा फिर्ता भएको छ। 

यस्तै प्रदेशतर्फको बजेटबाट ८ करोड ८१ लाख १८ हजार ३ सय ५७ रुपैयाँ फ्रिज भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार ताप्लेजुङबाट कुल ५६ करोड ९५ लाख ४२ हजार ६ सय २० रुपैयाँ फ्रिज भएको देखिएको छ। 

कोलेनिकाका सहलेखापाल खनालका अनुसार संघीयतर्फ चालु र पुँजीगत गरी कुल ५ अर्ब ८ करोड ६३ लाख ३७ हजार ५ सय ९७ रुपैयाँ बजेट रहेकोमा ४ अर्ब ६० करोड ४९ लाख १३ हजार ३ सय ३४ रुपैयाँ खर्च भएको छ। 

यस्तै प्रदेशतर्फ कुल ५८ करोड २० लाख २४ हजार ६ सय ९४ रुपैयाँ बजेट रहेकोमा ४९ करोड ३९ लाख ६ हजार ३ सय ३७ रुपैयाँ खर्च भएको छ। आव २०८१/८२ का लागि संघीयतर्फ चालुमा ४ अर्ब ३४ करोड ५७ लाख १ हजार ५ सय ९७ रुपैयाँ तथा पुँजीगततर्फ ७३ करोड ६ लाख ३६ हजार रुपैयाँ अन्तिम बजेट रहेको थियो। 

यस्तै प्रदेशतर्फ चालुमा ४५ करोड ३९ लाख ३० हजार ७ रुपैयाँ तथा पुँजीगततर्फ १२ करोड ८० लाख ९४ हजार ६ सय ८७ रुपैयाँ बजेट रहेको थियो। 
अर्को समाचार
गतवर्ष ताप्लेजुङमा ८६ करोड बढी बजेट फ्रिज
०६ साउन २०८३
•
१ मिनेट पाठ
गतवर्ष ताप्लेजुङमा ८६ करोड बढी बजेट फ्रिज
ताप्लेजुङमा आर्थिक वर्ष २०८२।८३ मा ८६ करोड ५७ लाख ९५ हजार ३९६ रुपैयाँ बजेट खर्च हुन नसकी फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल मनकुमार संग्रौलाका अनुसार फ्रिज भएको बजेटमध्ये संघीयतर्फ ५२ करोड ७९ लाख ७२ हजार ३९० रुपैयाँ र प्रदेशतर्फ ३३ करोड ७८ लाख २३ हजार ६ रुपैयाँ रहेको छ। 




संघीयतर्फ चालु र पुँजीगत बजेट करिब बराबरी मात्रामा फ्रिज भएको छ भने प्रदेशतर्फ चालु बजेटको तुलनामा पुँजीगत बजेट दोब्बरभन्दा बढी फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। समग्रमा चालु बजेटको तुलनामा पुँजीगत बजेट बढी मात्रामा खर्च हुन नसकेको देखिएको छ। 

संघीय र प्रदेश बजेट गरी चालुतर्फ ३७ करोड ४ लाख ८४ हजार ९९० रुपैयाँ फ्रिज हुँदा पुँजीगततर्फ ४९ करोड ५३ लाख १० हजार ४०६ रुपैयाँ बजेट फ्रिज भएको छ। 

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार संघीयतर्फ चालु बजेट ४ अर्ब ७८ करोड ४ लाख ८० हजार ९०६ रुपैयाँ विनियोजन भएकोमा ४ अर्ब ५१ करोड ९९ लाख ४५ हजार ६४६ रुपैयाँ खर्च भएको छ। बाँकी २६ करोड ५ लाख ३५ हजार २६० रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको हो। 

यस्तै, संघीयतर्फ ७६ करोड २१ लाख ८५ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा ४९ करोड ४७ लाख ४७ हजार ८७० रुपैयाँ खर्च भएको छ भने २६ करोड ७४ लाख ३७ हजार १३० रुपैयाँ फ्रिज भएको छ। 

प्रदेशतर्फ चालु बजेट ६१ करोड २८ लाख १४ हजार रुपैयाँ रहेकोमा ५० करोड २८ लाख ६४ हजार २७० रुपैयाँ खर्च भई १० करोड ९९ लाख ४९ हजार ७३० रुपैयाँ फ्रिज भएको छ। 

त्यसैगरी, प्रदेशतर्फ ५२ करोड ३८ लाख ३४ हजार रुपैयाँ पुँजीगत बजेट विनियोजन भएकोमा २९ करोड ५९ लाख ६० हजार ७२४ रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस