चामेको पुलले रोक्यो अन्नपूर्ण फेरोको पदयात्रा
१४ असोज २०८३
•
४ मिनेट पाठ
चामेको पुलले रोक्यो अन्नपूर्ण फेरोको पदयात्रा
मनाङको चामेमा मर्स्याङदी नदीको वहावलाई पहिरोले थुनेपछि डुवानमा परेको पुल। पुल डुवानमा परेपछि अहिले माथिल्लो क्षेत्रसँग सडक सञ्जाल टुटेको छ। तस्बिरः नागरिक
हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्र र सदरमूकाम चामे अहिले सडक सञ्जालबाट पूर्णरुपमा बिच्छेद छन। सदरमुकाम चामेस्थित मर्स्याङदी नदीको वहावलाई नै अवरुद्ध गर्नेगरि गत आइतबार भीषण पहिरो झरेपछि नदी आंशिक रुपमा थुनिएको थियो। नदी थुनिएपछि अहिले माथिल्लो मनाङसँगको सदरमुकाम चामेको सडक सम्पर्क टुटेको छ।  




सडक अवरुद्ध हूँदा पर्यटकीय सिजनमा पदयात्राका लागि गएका पर्यटक चामे भन्दा माथि जान सकेका छैनन। पहिरोका कारण सडक नखुलेपछि अन्नपूर्ण फेरोको पदयात्रा पनि रोकिएको छ। मर्स्याङदी नदीमाथि करिब ३५ मिटर लामो मोटरेवल पुल रहेको छ। त्यही पुललाई डुबाउने गरि नदीको वहाव रोकिएको थियो। नदीको वहाव केहीबेर रोकिएर छेउबाट बग्न थालेपनि पुलमाथिबाट पानी बग्न भने रोकिएको छैन। त्यसबाहेक पुलकै दायाँबायाँको खण्डबाट पनि पानी बगिरहेको छ।  

रोकिएको वहाव घटाएर सडक खुलाउने प्रयास भइरहेपनि अहिलेसम्म नसकेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए। उनका अनुसार पहिरोले वहाव रोकिएसँगै त्यहाँ ठूलो परिमाणमा ढुंगा, गिट्टी बालुवा थुप्रिएको छ। थुप्रिएको ढुंगा, गिटी र बालुवा निकाल्ने गरि उपकरण परिचालन गर्न सम्भव नभएपछि अझैसम्म सडक खुलाउन नसकेको उनले बताए।  

‘पुललाई नै छुनेगरि ढुंगा, गिट्टी बालुवा जम्मा भएको छ। ढुंगा, गिट्टी बालुवाको थुप्रो बिचमा छ, तर, दायाँबायाँबाट भने नदीको तिब्र वहाव छ,’ उनले भने, ‘नदी तारेर उपकरण लैजान सकिने अवस्था रहेन। नदीको वहाव तत्काल घट्ने अवस्था पनि छैन। त्यही भएर सडक खुलाउन नसकिएको हो।’  

२०७८ असार पहिलो साता मनाङमा भीषण वर्षा हुँदा मर्स्याङदी नदी यसैगरि थुनिएको थियो। त्यो बेला पनि नदीको वहाव खुलाउन निकै नै दिन लागेको थियो। ‘पहिरोले थुनिएको नदीमा थुप्रिएको ढुंगा, गिट्टी बालुवा निकाल्ने प्रयास भईरहेको छ,’ उनले भने।मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल पनि वहाव रोकिएको ठाउँमा थुप्रिएको ढुंगा, गिट्टी बालुवाका कारण सडक खुलाउन सहज नभएको बताउँछन्।

‘पुलको दायाँबायाँ र माथिबाट नदी बगिरहेको छ। पुलमुनि ढुंगा, गिट्टी बालुवाको थुुप्रो छ, त्यो थुप्रोसम्म पुग्न सहज छैन, छेउँमा पानीको ठूलो वहाव छ,’ पौडेल भन्छन, ‘तालमा भरिएको गेग्रान निकाल्न नसक्दा समस्या भएको हो।’  
उनका अनुसार ढुंगा, गिट्टी बालुवा थुप्रिएको ठाउँमा दलदल रहेको र त्यो ठाउँसम्म उपकरण पुर्याउन पनि सहज छैन। अहिले रोकिएको वहाव अबको दुईदिनभित्र संचालन गर्न सकिने अपेक्षा रहेको उनले बताए। पहिरोले थुनिएको वहावभित्रै केही घरहरु समेत डुबेका छन्। २०७८ मा यही ठाउँमा यसैगरि लामो समय पुलले अवरोध गरेको र अहिले पनि त्यही तरिकाले अवरोध भएपनि खुलाउने प्रयास अहिलेका लागि बढि जोखमपूर्ण रहेको उनले सुनाए।  

पुलले सडक अवरुद्ध गरेपनि पैदल यात्रा गरेर माथिल्लो क्षेत्रमा जान सकिने उनले बताए। ‘चामे भन्दा माथि हिडेर जाने हो। माथिल्लो क्षेत्रमा गाडीको पहुँच अहिलेका लागि छैन, त्यसैले हिडेर जाने हो,’ उनले भने। उनका अनुसार चामे भन्दा तल्लो क्षेत्रमा पनि बाटो खुलिसकेकेको छैन। धारापानी भन्दा केही तलको खोत्रो भन्दा माथि अहिले गाडी जान नसक्ने उनले बताए।  

‘तल्लो खण्डको बाटो पनि खुलाउने प्रयास भईरहेको छ, माथिल्लो क्षेत्रका लागि बढि बल लगाउनुपरेको छ,’ उनले भने। अहिले बाटो अवरुद्ध हुँदा अन्नपूर्ण फेरोको पदयात्रा पूर्ण रुपमा खुल्न सकेको छैन। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडक खुल्नासाथ पर्यटकका लागि पनि पदयात्रा अनुमति जारि गर्ने बताएको छ।

यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका छन। चामे पुगेका मुख्यमन्त्री पाण्डेले स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समिति तथा प्रदेश मातहतका कार्यालयका प्रमुखसँग छलफल गर्दै बाढीपहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउने प्रयास गरिरहेको बताए।  

‘अहिले पानी बगिरहेकाले जोखिम कम देखिएको भएपनि खोलाघरमा थुप्रिएको ग्राभेल र ठुला ढुंगाका कारण चामेमा घरहरु जोखिममा परेका र पुल पनि डुबानमा परेको छ। खोलाघर खोल्ने प्रयास भईरहेको छ,’ मुख्यमन्त्री पाण्डेले भने। मुख्यमन्त्री पाण्डेसँग स्थानीयले सडक तथा यातायात सञ्चालन, खानेपानी, खाद्यान्न, आवास तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलगायत विषयमा समस्या र माग राखेका थिए।

स्थानीय तह र प्रदेश सरकारको स्रोत तथा क्षमताले तत्काल गर्न सकिने अत्यावश्यक कामलाई प्राथमिकताका साथ अघि बढाउने र प्रदेशको स्रोतबाट सम्भव नहुने ठूला तथा दीर्घकालीन कामका लागि संघीय सरकारसँग समन्वय गरिने मुख्यमन्त्री पाण्डेले बताए।  

‘अहिलेको प्राथमिकता प्रभावित नागरिकको जीवन सहज बनाउने, अवरुद्ध सडक तथा पूर्वाधार सञ्चालन गर्ने र आवश्यक राहत तथा पुनःस्थापनाको व्यवस्था गर्ने हो,’ मुख्यमन्त्री पाण्डेले भने, ‘प्रदेश, स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित कार्यालयबीच समन्वय गरेर तत्काल गर्न सकिने काम अघि बढाउँछौं र थप आवश्यक सहयोगका लागि संघ सरकारसँग समन्वय गछौं।’  

चाडपर्वको समय पनि नजिक रहेकाले स्थानीयको दैनिकी सहज बनाउन तत्काल गर्नुपर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको पनि उनले बताए। यसअघि मंगलवार मुख्यमन्त्री पाण्डे बागलुङ, म्याग्दी, पर्वत जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका थिए।
अर्को समाचार
‘चामे जान काम पर्छ, पुल छैन’
१६ भदौ २०७८
•
१ मिनेट पाठ
‘चामे जान काम पर्छ, पुल छैन’
सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ। मर्स्याङदी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि आवातजावतमा कठिनाइ भएको हो।  




बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले गाउँपालिकावासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन्। पुलको अधिकांश भाग भत्केको छ।  त्यही पुलबाट नारफुका बासिन्दा सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन्।

बाढीले पुल भत्किएपछि चामे गाउँपालिका–२ कोतोस्थित मर्स्याङदी नदीमाथिको पुलकै भरमा ओहोरदोहोर गर्न बाध्य भएको फुगाउँका स्थानीय सोनाम तेजे लामाले जानकारी दिए। 'जोखिम मोलेर हिँडेन भने काम गर्न सकिँदैन। सधैँ हेलिकोप्टर आउने कुरा भएन, सदमुकाममा काम पर्छ। जानुपर्‍यो, पुगेर फर्किन सक्ने हो कि होइन चिन्ता र त्रास त्रासैमा हिँड्नुपर्छ', उनले भने।

गाउँसँग जोड्ने अन्य पुल पनि छैन। नार्पाभूमि गाउँपालिका सडक सञ्जालसँग समेत जोडिएको छैन। 'गाउँपालिकासँग जोड्ने एक मात्र पुल पनि जीर्ण छ। यसलाई काठ राखेर जसोतसो हिँड्न मिल्ने बनाएका छौँ। यसलाई सहज बनाउनका लागि अझै मर्मत गरी सहज बनाउने प्रयास गरिरहेका छौँ। सदरमुकाममा काम पर्छ पुल छैन', नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मारछिरिङ लामाले भने। खाद्यान्न हेलिकोप्टरमार्फत ल्याए पनि सदरमुकामबाट गर्नुपर्ने अन्य कामका लागि जोखिम मोलेर हिँड्न बाध्य भएको उनले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले पुल मर्मत गर्न प्राविधिक जनशक्ति र आवश्यक सामग्रीसमेत अभाव रहेको बताए। सो  नदीको वहाव कम भए पनि जोखिम भने कम नभएको बताइएको छ। रासस
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस