अध्ययन गरेर फर्कियो स्याउ बिमा टोली
२० पौष २०८२
•
३ मिनेट पाठ
अध्ययन गरेर फर्कियो स्याउ बिमा टोली
स्याउ बिमा भुक्तानी नपाएको विषयले जुम्लामा चुलिएको किसान आन्दोलनले बिमा प्रणालीकै संरचनागत कमजोरी उजागर गरेको छ। शिखर इन्स्योरेन्स कम्पनीको उच्चस्तरीय टोलीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनले जुम्लाको जटिल भूगोल, प्रशासनिक सिमाना र मौसम मापन प्रणालीबीच तालमेल नहुँदा किसान अन्यायमा परेको स्पष्ट पारेको हो।




किसानको दबाबपछि कम्पनीका महाप्रबन्धक उदितप्रसाद काफ्लेको नेतृत्वमा पाँच सदस्यीय टोली जुम्ला आएर तातोपानी, कनकासुन्दरी र पातारासी गाउँपालिकाका स्याउ बगैंचामा निरीक्षण गरेको थियो। टोलीले आन्दोलनरत किसान, स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग पटक–पटक छलफल गरी तयार पारेको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय जुम्लामा बुझाइएको हो।  

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालय र शिखर इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको छ। साथै आर्थिक वर्ष २०८० ०८१ मा बिमा भई भुक्तानी हुन बाँकी क्षति दाबी रकमका लागि सरकारबाट उपलब्ध हुने अनुदान प्रक्रिया अघि बढाउन पहल गर्ने निर्णयसमेत गरिएको छ।प्रतिवेदनले एउटै डाँडामा फैलिएका स्याउ बगैंचामा समेत बिमा दाबी रकम फरक–फरक देखिनु गम्भीर समस्या भएको औंल्याएको छ।  

एकै डाँडामा दुई गाउँपालिकाको सिमाना परेकाले प्रशासनिक रेखांकनकै आधारमा बिमा मूल्यांकन फरक गरिएको, लेक र बेंसीको भौगोलिक बनावट नबुझी एकरूप मापदण्ड लागू गरिएको तथा एउटै बगैंचामा खडेरी र असिना छुट्टाछुट्टै रूपमा मूल्यांकन गरिएको तथ्य प्रतिवेदनमा उल्लेख छ। मौसम मापन प्रणाली झन् समस्याको केन्द्रमा देखिएको छ। प्रतिवेदनअनुसार गाउँमै जडान गरिएका मेसिनले किसानलाई आवश्यक मौसमी विवरण उपलब्ध गराइरहे पनि आधिकारिक मौसम मापन केन्द्रको तथ्यांक समय–समयमा मात्र संकलन हुने, डिजिटल प्रणाली नहुँदा तथ्यांकमा त्रुटि आउने गरेको किसानको गुनासो समेटिएको छ। यही त्रुटिपूर्ण तथ्यांकका आधारमा बिमा दाबी अस्वीकृत वा आंशिक रूपमा स्वीकृत हुँदा किसान प्रत्यक्ष मारमा परेका छन्।  

प्रतिवेदनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार तयार पारिएको बिमा लेख जुम्लाजस्तो हिमाली जिल्लाको वास्तविकतासँग मेल नखाने निष्कर्ष निकालेको छ। भूगोल, सिमाना र मौसमको सूक्ष्म भिन्नतालाई समेट्ने गरी बिमा लेख परिमार्जन नगर्दासम्म यस्तो विवाद दोहोरिरहने चेतावनीसमेत दिइएको छ।स्थलगत निरीक्षणमा तातोपानी–४ का अध्यक्ष अमरबहादुर रोकाया, शिखर इन्स्योरेन्सका प्रतिनिधि तथा बीमित किसानका तर्फबाट आदिप्रसाद न्यौपाने सहभागी थिए।  

प्रतिवेदनमा किसान आन्दोलन सुरु हुनुका कारण, यसअघिका जिल्लास्तरीय छलफल र बिमा प्रणालीले सिर्जना गरेको असन्तोषको पृष्ठभूमि पनि समेटिएको छ। तर प्रतिवेदन बुझाइए पनि किसानको आक्रोश भने शान्त भएको छैन। तातोपानी–४ का वडाध्यक्ष रोकायाका अनुसार बिमा कम्पनीको कार्यालयमा लगाइएको ताला तत्काल खोल्ने अवस्था छैन।“अध्ययन प्रतिवेदन बुझाएर टोली फर्किएको छ,” उनले भने, “तर दाबी गरिएको रकम कहिले र कसरी पाइन्छ, भन्ने सुनिश्चितता नहुँदासम्म किसान पछि हट्ने अवस्थामा छैनन्।”जुम्लाको स्याउ बिमा विवादले एक जिल्लाको समस्या मात्र होइन, राज्यको बिमा नीति, निजी कम्पनीको कार्यान्वयन क्षमता र सरकारी अनुदान प्रणालीबीचको समन्वयहीनतालाई प्रश्नको कठघरामा उभ्याएको छ।  

किसानले भोगेको क्षति क्षतिपूर्तिमा रूपान्तरण हुन्छ वा फेरि प्रतिवेदनमै सीमित हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ।जुम्लामा कुल ५ हजार ३ सय ७९ जनाले स्याउ बिमा गरेका थिए। हालसम्म ६ सय ५५ जनाले मात्र क्षतिपूर्ति पाएका छन्। ९ सय ४७ जनाको प्रक्रिया पूरा भए पनि भुक्तानी बाँकी छ।  

२ सय ९४ किसानको हस्ताक्षर नहुँदा प्रक्रिया रोकिएको कम्पनीले जनाएको छ।शिखर इन्स्योरेन्स शाखा कार्यालय, जुम्लाका अनुसार मौसम केन्द्रको रिपोर्टका आधारमा नगरपालिकाभित्रका किसानले प्रति विरुवा ६ सय ३८ रुपैयाँ, गुठिचौर २ सय १९, तिला र हिमा ३ सय ३८, सिंजा १ सय ७४, कनकासुन्दरी र तातोपानीमा २४ रुपैयाँ पाउनेछन्।जुम्लामा कुल १२ लाख १२ हजार ,७ सय ७ वटा स्याउका विरुवा बिमित छन्। जसमध्ये कनकासुन्दरीमा ३ सय ९९, सिंजा ५ सय ७१, हिमा ५ सय २५, तिला ३ सय ८६, तातोपानी ६ सय ११, चन्दननाथ नगरपालिका ६ सय ७२, गुठिचौर ५ सय ३७ र पातारासी ८ सय १६ जना छन्।
अर्को समाचार
अध्ययन गरेर फर्कियो स्याउ बिमा टोली
२० पौष २०८२
•
३ मिनेट पाठ
अध्ययन गरेर फर्कियो स्याउ बिमा टोली
स्याउ बिमा भुक्तानी नपाएको विषयलाई लिएर जुम्लामा चुलिएको किसान आन्दोलनले बिमा प्रणालीको संरचनागत कमजोरी उजागर गरेको छ। शिखर इन्स्योरेन्स कम्पनीको उच्चस्तरीय टोलीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनले जुम्लाको जटिल भूगोल, प्रशासनिक सिमाना र मौसम मापन प्रणालीबीच समन्वय नहुँदा किसान अन्यायमा परेको स्पष्ट पारेको छ।




किसानको दबाबपछि कम्पनीका महाप्रबन्धक उदितप्रसाद काफ्लेको नेतृत्वमा पाँच सदस्यीय टोली जुम्ला पुगेको थियो। टोलीले तातोपानी, कनकासुन्दरी र पातारासी गाउँपालिकाका स्याउ बगैंचाको निरीक्षण गर्नुका साथै आन्दोलनरत किसान, स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग पटक–पटक छलफल गरी प्रतिवेदन तयार पारेको हो। उक्त प्रतिवेदन जिल्ला प्रशासन कार्यालय जुम्लामा बुझाइएको छ।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रतिवेदन कृषि तथा पशुपन्छी विकास मन्त्रालय र शिखर इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको छ। साथै आर्थिक वर्ष २०८०/०८१ मा बिमा भई भुक्तानी हुन बाँकी क्षति दाबी रकमका लागि सरकारबाट उपलब्ध हुने अनुदान प्रक्रिया अघि बढाउन पहल गर्ने निर्णय पनि गरिएको छ।

प्रतिवेदनले एउटै डाँडामा फैलिएका स्याउ बगैंचामा समेत बिमा दाबी रकम फरक–फरक देखिनु गम्भीर समस्या भएको औंल्याएको छ। एकै डाँडामा दुई गाउँपालिकाको सिमाना परेकाले प्रशासनिक रेखांकनकै आधारमा बिमा मूल्यांकन फरक गरिएको, लेक र बेंसीको भौगोलिक बनावट नबुझी एकरूप मापदण्ड लागू गरिएको तथा एउटै बगैंचामा खडेरी र असिनाको क्षति छुट्टाछुट्टै रूपमा मूल्यांकन गरिएको तथ्य प्रतिवेदनमा उल्लेख छ।

मौसम मापन प्रणालीसमेत विवादको केन्द्रमा देखिएको छ। प्रतिवेदनअनुसार गाउँमै जडान गरिएका मेसिनले आवश्यक मौसमी विवरण उपलब्ध गराइरहे पनि आधिकारिक मौसम मापन केन्द्रको तथ्यांक समय–समयमा मात्र संकलन हुने र डिजिटल प्रणाली नहुँदा तथ्यांकमा त्रुटि आउने गरेको किसानको गुनासो समेटिएको छ। यही त्रुटिपूर्ण तथ्यांकका आधारमा बिमा दाबी अस्वीकृत वा आंशिक रूपमा स्वीकृत हुँदा किसान प्रत्यक्ष मारमा परेको प्रतिवेदनको निष्कर्ष छ।

अन्तर्राष्ट्रिय अभ्यासअनुसार तयार पारिएको बिमा लेख जुम्लाजस्तो हिमाली जिल्लाको वास्तविकतासँग मेल नखाने निष्कर्ष पनि प्रतिवेदनले निकालेको छ। भूगोल, प्रशासनिक सिमाना र मौसमको सूक्ष्म भिन्नतालाई समेट्ने गरी बिमा लेख परिमार्जन नगरेसम्म यस्ता विवाद दोहोरिरहने चेतावनी दिइएको छ।

स्थलगत निरीक्षणमा तातोपानी–४ का अध्यक्ष अमरबहादुर रोकाया, शिखर इन्स्योरेन्सका प्रतिनिधि तथा बीमित किसानका तर्फबाट आदिप्रसाद न्यौपाने सहभागी थिए। प्रतिवेदनमा किसान आन्दोलन सुरु हुनुका कारण, यसअघिका जिल्लास्तरीय छलफल र बिमा प्रणालीले सिर्जना गरेको असन्तोषको पृष्ठभूमिसमेत समेटिएको छ।

तर प्रतिवेदन बुझाइए पनि किसानको आक्रोश शान्त भएको छैन। तातोपानी–४ का वडाध्यक्ष रोकायाका अनुसार बिमा कम्पनीको कार्यालयमा लगाइएको ताला तत्काल खोलिने अवस्था छैन।

‘अध्ययन प्रतिवेदन बुझाएर टोली फर्किएको छ,’ उनले भने, ‘तर दाबी गरिएको रकम कहिले र कसरी पाइन्छ भन्ने सुनिश्चितता नहुँदासम्म किसान पछि हट्ने अवस्था छैन।’

जुम्लाको स्याउ बिमा विवादले एक जिल्लाको समस्या मात्र नभई राज्यको बिमा नीति, निजी कम्पनीको कार्यान्वयन क्षमता र सरकारी अनुदान प्रणालीबीचको समन्वयहीनतालाई प्रश्नको कठघरामा उभ्याएको छ। किसानले भोगेको क्षति क्षतिपूर्तिमा रूपान्तरण हुन्छ कि प्रतिवेदनमै सीमित रहन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ।

जुम्लामा कुल ५ हजार ३ सय ७९ जनाले स्याउ बिमा गरेका थिए। हालसम्म ६ सय ५५ जनाले मात्र क्षतिपूर्ति पाएका छन्। ९ सय ४७ जनाको प्रक्रिया पूरा भए पनि भुक्तानी बाँकी छ। २ सय ९४ किसानको हस्ताक्षर नहुँदा प्रक्रिया रोकिएको कम्पनीले जनाएको छ।

शिखर इन्स्योरेन्स शाखा कार्यालय जुम्लाका अनुसार मौसम केन्द्रको रिपोर्टका आधारमा नगरपालिकाभित्रका किसानले प्रति विरुवा ६ सय ३८ रुपैयाँ, गुठिचौर २ सय १९, तिला र हिमा ३ सय ३८, सिंजा १ सय ७४, कनकासुन्दरी र तातोपानीमा २४ रुपैयाँ पाउनेछन्।

जुम्लामा कुल १२ लाख १२ हजार ७ सय ७ वटा स्याउका विरुवा बिमित छन्। जसमध्ये कनकासुन्दरीमा ३ सय ९९, सिंजा ५ सय ७१, हिमा ५ सय २५, तिला ३ सय ८६, तातोपानी ६ सय ११, चन्दननाथ नगरपालिका ६ सय ७२, गुठिचौर ५ सय ३७ र पातारासी ८ सय १६ जना किसान आबद्ध छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस