धरहराबाट झन्डै पाँच करोड राजस्व सङ्कलन
२७ असार २०८२
•
२ मिनेट पाठ
धरहराबाट झन्डै पाँच करोड राजस्व सङ्कलन
 विसं २०७२ को भूकम्पले पूर्ण रूपमा क्षतिपश्चमत पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतिहासिक धरहराबाट चार करोड ८३ लाख रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरिएको छ।




गत मङ्सिर ९ गतेदेखि  शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा चार करोड ८३ लाख ६५ हजार ५०० रूपैयाँ राजस्व सङ्कलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख महेश राईले बताए।

उनका अनुसार यस अवधिमा दुई लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन्। जसमा एक हजार ५४९  विदेशी अवलोकनकर्ता छन्। हप्ताको एक दिन बुधबार बन्द हुनेबाहेक अन्य दिन दैनिक करिब एक हजार २०० ले धरहरा चढ्ने गरेका छन्।

“बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ। छोटो समयमै नागरिकको उल्लेख्य उपस्थिति देखियो। समय अभावले यहाँ आएका सबैलाई टिकटको व्यवस्था गरी धरहरा अवलोकनको व्यवस्था गर्न सकिएको छैन”, व्यवस्थापन एकाइ प्रमुख राईले भने,“बिहानदेखि साँझसम्म धरहरा चढ्ने व्यवस्था गर्न सक्ने हो भने दैनिक एक हजार ५०० बढीले धरहरा चढ्ने अनुमान छ।”

धरहरा चढ्न प्रतिव्यक्ति २०० रूपैयाँ शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि  प्रतिव्यक्ति १ हजार रूपैयाँ शुल्क तोकिएको छ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम शुल्क लिई गत मङ्सिर ९ देखि धरहरा सञ्चालनमा आएको हो। त्यसअघि मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले धरहरा चढ्ने शुल्क स्वीकृत गरेको थियो।

यहाँ पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० रूपैयाँ तोकिएको छ। धरहरा परिसरमा प्रवेशका लागि ५० रूपैयाँ निर्धारण गरिएको बताइएको छ। धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रूपैयाँ तोकिएको छ। यस्तै व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रूपैयाँ तोकिएको छ। 
अर्को समाचार
धरहरासहित ‘विशिष्ट संरचना’ सरकारले नै चलाउने
०७ मंसिर २०८१
•
३ मिनेट पाठ
धरहरासहित ‘विशिष्ट संरचना’ सरकारले नै चलाउने
सरकारले काठमाडौंका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र धरहरा, ललितपुर गोदावरीको सनराइज सभा हल, दमकको भ्युटावर, बुटवलको अन्तर्राष्ट्रिय सभा हलसहितका विशिष्ट संचरना आफैंले सञ्चालन तथा व्यवस्थापन गर्नेगरी नेपाल राजपत्रमा ‘विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश २०८१’ प्रकाशित गरेको छ। यही मंसिर ३ गते राजपत्रमा प्रकाशित उक्त गठन आदेशअनुसार यी संचरनाहरूको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा अब सम्बन्धित स्थानीय तहले पाउनेछैनन्।




‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वर, काठमाडौं, सनराइज सभाहल गोदावरी ललितपुर, बुटवल अन्तर्राष्ट्रिय सभाहल, रूपन्देही, बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र रूपन्देही, धरहरा सुन्धारा काठमाडौं, दमक भ्यु टावर (दमक व्यापारिक कम्प्लेक्स) दमक झापा तथा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका अन्य संरचना’ सरकार आफैंले सञ्चालन तथा व्यवस्थापन गर्ने नेपाल राजपत्रमा लेखिएको छ।

‘राजपत्रमा प्रकाशित भएअनुसार ६ वटा विशिष्ट संरचना अब सरकारले आफैंै सञ्चालन गर्नेछ। ती संरचना सञ्चालन गर्ने क्रममा सरकारले निजी क्षेत्रलाई लिजमा अथवा भाडामा लगाउन सक्ने व्यवस्था पनि गरिएको छ,’  सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने।  

राजपत्रमा प्रकाशित सूचनाअनुसार सरकारले निर्माण गरेका विशिष्ट संरचनाको सञ्चालन तथा व्यवस्थापन गर्न विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन गरिने छ। त्यस्तो समितिको अध्यक्ष सहरी विकास मन्त्रालयका सचिव हुने छन्। अर्थ, गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव, सहरी विकास मन्त्रालयको आवास, भवन तथा योजना महाशाखाका प्रमुख, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष वा अध्यक्षले तोकेका प्रतिनिधि र होटल संघ नेपालका अध्यक्ष समितिको सदस्य रहने व्यवस्था गरिएको छ। विशिष्ट संचरना सञ्चालन तथा व्यवस्थापन गर्न उक्त समितिले कार्यकारी निर्देशक नियुक्ति गर्ने व्यवस्था गठन आदेशमा गरिएको छ।

उक्त समितिलाई विशिष्ट संरचनाको प्रकृतिका आधारमा राष्ट्रिय तथा तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी, सेमिनार, सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने वा अन्य मेला प्रदर्शनी आयोजना गर्ने स्थान सम्बन्धमा आवश्यक व्यवस्था गर्ने र सोबापत शुल्क लगाउने जिम्मेवारी तोकिएको छ।

त्यस्तै विशिष्ट संरचनाको चलअचल सम्पत्तिको रेखदेख, नियन्त्रण, सम्भार र संरक्षण गर्ने गराउने, समितिमा पेस भएका नीति, योजना, बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, विशिष्ट संरचनालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने र दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई सुझाव दिने जिम्मेवारी समितिलाई दिइएको छ। यसैगरी विशिष्ट संचरनाहरू सञ्चालन तथा व्यवस्थापन गर्न प्रचलित कानुनबमोजिम करार, लिज, भाडा वा अन्य उपयुक्त विधि अपनाउन सकिने व्यवस्था गठन आदेशमा गरिएको छ।

धरहरा चढ्न दुई सय रूपैयाँ प्रस्ताव

सहरी विकास मन्त्रालयले धहरा चढ्न प्रत्येक व्यक्तिसँग दुई सय रूपैयाँ शुल्कबापत उठाउने प्रस्ताव तयार गरेको छ। संविधान दिवसको अबसर पारेर धरहरा चढन गत असोज ३ गतेदेखि सर्वसाधारणलाई खुला गरिएको छ। यस अवधिमा करिब एक साता लिफ्ट बिग्रिएका कारण धरहरा बन्द गरिएको थियो।

अहिले लिफ्ट मर्मत गरी सञ्चालनमा आएको सहरी विकास मन्त्रालय मातहतमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख प्रकाश अर्यालले बताए। उक्त एकाइले हाल धरहरा सञ्चालन तथा व्यवस्थापन गर्दै आएको छ। मन्त्रालय स्रोतका अनुसार धरहरा चढ्न निःशुल्क रूपमा खुला गर्दा सञ्चालनमा मात्रै मन्त्रालयले ठुलो खर्च बेहोरेको छ। ‘यहाँसम्म कि कर्मचारीलाई तलब खुलाउनसमेत गाह्रो भएको छ। अन्य खर्च पनि भएको छ। त्यसैले धरहरा चढ्न दुई सय रूपैयाँ शुल्क उठाउन प्रस्ताव गरेका हौं’, मन्त्रालयका एक कर्मचारीले भने। मन्त्रालयले असोजदेखि धरहरा स ञ्चालन तथा व्यवस्थापन गर्न ६ जना कर्मचारी खटाएको छ। तीमध्ये केही कर्मचारीलाई मन्त्रालयसमेत हेर्नेगरी दोहारो जिम्मेवारी दिइएको छ।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस