भन्सार असुली घट्यो
२५ कार्तिक २०७९
•
२ मिनेट पाठ
भन्सार असुली घट्यो
अघिल्लो आर्थिक वर्ष २०७८/८९ मा नेपालगन्ज भन्सार कार्यालयले साउन महिनामा लक्ष्यको १३१ प्रतिशत, भदौमा ९३ दशमलव ६८ प्रतिशत र असोजमा लक्ष्यको १०१ दशमलव ३ प्रतिशत राजस्व असुल गरेको थियो। तर चालु आर्थिक वर्ष २०७९/८० को साउनमा ७५ दशमलव ७५ प्रतिशत, भदौमा ६४ दशमलव २५ प्रतिशत र असोजमा ५४ दशमलव ८६ प्रतिशत राजस्व असुली भएको छ। यो गत वर्षको तुलनामा लक्ष्यको निकै कम असुली हो।




राजस्व असुलीमा कमी आउनुमा व्यवसायी एवम् सम्बद्धहरू तस्करका लागि भन्सार खुकुलो हुनु मुख्य कारण रहेको बताउँछन्। भन्सार प्रशासनले इमानदारीपूर्वक काम नगरेको आरोप पनि लाग्दै आएको छ। नेपालगन्ज भन्सारका प्रमुख नरबहादुर थापा भने यस वर्ष राजस्व असुलीमा कमी आउनुमा सरकारले केही वस्तुमा लगाएको प्रतिबन्ध र व्यवसायमा आएको गिरावट मुख्य कारण बताउँछन्। ‘सामान नै आयात भइदिएन भने इमानदारिता केमा देखाउने। अहिले सामानको आयातमै कमी आएकाले भन्सार असुली घटेको हो,’ थापाले भने। उनले नेपालगन्ज मात्रै नभई देशभरिका सबै भन्सारमा राजस्व असुलीको अवस्था उस्तै रहेको बताए। उनी अब केही प्रतिशत असुली बढ्ने अपेक्षा गरिएको बताउँछन्।

तथ्यांक हेर्दा पनि ठूला भन्सारका रूपमा रहेका विराटनगर, वीरगन्ज र भैरहवा भन्सार कार्यालयको राजस्व असुलीको अवस्था पनि यस्तै छ। वीरगन्ज भन्सारमार्फत गत आर्थिक वर्षको साउनमा ९९ दशमलव ५ प्रतिशत असुली भएकोमा यस वर्ष ८५ दशमलव ५ प्रतिशत मात्रै असुली भएको छ। त्यस्तै भदौमा अघिल्लो वर्ष ११३ प्रतिशत असुली भएकोमा यस वर्ष ७३ प्रतिशत र अघिल्लो असोजमा १२० प्रतिशत असुली भएकोमा यस वर्ष मात्र ५७ दशमलव १ प्रतिशत असुली भएको छ।

उता, विराटनगरमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा क्रमशः ९७, ९३, ९३ प्रतिशत असुली भएकामा यस वर्ष क्रमशः ८० दशमलव ९, ६५ दशमलव २३ र ५५ दशमलव १३ प्रतिशत असुली भएको छ। भैरहवामा अघिल्लो वर्ष क्रमशः १०५ दशमलव ५८, १०९ दशमलव ५९ र असोजमा ११२ दशमलव ८ प्रतिशत असुली भएकामा यस वर्ष क्रमशः ७० दशमलव ९८, ६६ दशमलव ९३ र ४१ दशमलव ४६ प्रतिशत मात्रै असुली भएको छ।

अवैध सामान ओसारपसार बढ्दै जाँदा पनि भन्सारको कर कम संकलन भएको हुन सक्ने स्थानीयको भनाइ छ। ‘दैनिक लाखौं मूल्यबराबरका सामान अवैध रूपमा ओसारपसार हुन्छ,’ नाम नबताउने सर्तमा भन्सार नजिकै घर भएका एकजनाले भने, ‘तस्करी बढ्दा कर त स्वतः घट्ने भइहाल्यो।’ अहिले भन्सारका कर्मचारी कर संकलनभन्दा मिलेमतोमा सामान ओसारपसार गर्ने काममा संलग्न भएको उनको आरोप छ। उनको आरोपको नजिक माथि उल्लिखित तथ्यांकले पुर्‍याउँछ। भन्सारमा तस्करी र अवैध सामान ओसारपसार बन्द गर्ने हो भने करको लक्ष्य सहजै भेट्टाउने सकिने कतिपयको भनाइ छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस