पोखरा विमानस्थलः दिनकै ३८ सय यात्रु
१४ कार्तिक २०७९
•
४ मिनेट पाठ
पोखरा विमानस्थलः दिनकै ३८ सय यात्रु
पोखरा विमानस्थलका पार्किङमा रहेका जहाज।
झन्झटिलो सडक यात्रा, पर्यटकीय सिजन र आन्तरिक पाहुनामा घुमघामको बानी बढ्दै जाँदा पछिल्लो समय हवाई यात्रुको संख्या निकै नै बढ्न थालेको छ। पोखरा विमानस्थलबाट अहिलेसम्मकै सबैभन्दा बढी यात्रु यो  पटक ओहोरदोहोर गरेका छन्। एकैदिन ३८ सय भन्दा बढी यात्रु विमानस्थलबाट ओहोरदोहोर गरेको विमानस्थलले जनाएको छ।




विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार अक्टोबर २० (कात्तिक ३) मा यो विमानस्थलबाट ३८ सय ५ जना यात्रु ओहोर-दोहोर गरेका छन्। यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो। त्यस्तै गत शनिबार (अक्टोबर २९) मा ३६ सय ४६ जना यात्रु ओहोर-दोहोर गरेका छन्।

‘अहिलेसम्मकै सबैभन्दा धेरै यात्रु यो पटक ओहोरदोहोर गरेका छन्। एकैदिन ३८ सय जना भन्दा बढी यात्रु विमानस्थल हुँदै आउ-जाउ गरे,’ सुवेदीले भने, ‘यसले हवाई यात्रुको संख्या बढिरहेको देखाउँछ।’ सूचना अधिकारी सुवेदीका अनुसार कोरोना भाइरस संक्रमण सुरु हुनुअघि पोखराबाट एकैदिन ३४ सय यात्रु ओहोर-दोहोर गरेका थिए।

सुवेदीका अनुसार यो अक्टोवरमा सबै गरी ८९ हजार ९ सय ७ जना यात्रु पोखरा विमानस्थलबाट ओहोर-दोहोर गरेका छन्। यो संख्या कोरोना संक्रमण सुरु हुनुअघि २०१९ को अक्टोवरमा ८४ हजार ४ सय ९९ थियो। ‘पछिल्लो समय आन्तरिक यात्रुको घुमघाम निकै नै बढेको छ। यो पटक दशैंको बेला मौसम खराबीले धेरैको यात्रा रोकियो। तर, तिहारको बेला पारेर घुमघाम गर्ने निकै नै बढी भए,’ सुवेदीले भने, ‘हवाई यात्रु यतिधेरै बढ्नुमा चाडबाडको लामो बिदाले पनि हो।’
यात्रु संख्या उकालो लागेसँगै पोखरा विमानस्थलको हवाई उडान संख्या पनि निकै नै बढेका छन्। सबैभन्दा बढी यात्रु ओहोर-दोहोर गरेको दिन (अक्टोवर २०) मा एकैदिन २१२ (दुइतर्फी) हवाई उडान भएका थिए। हवाई उडान संख्यामा सबैखाले जहाजको उडानको गणना हुन्छ। पोखरा विमानस्थलबाट साना आकारका अल्ट्रालाइट जहाजको पनि उडान अहिले बढेको छ। अल्ट्रालाइटले एकजना मात्र यात्रु बोक्छन्।

त्यस्तै यहाँबाट हेलिकप्टरको उडान पनि बढेको छ। विभिन्न हिमाली भेगसम्मको उडानमा अहिले हेलिकप्टर प्रयोग हुन थालेको छ। अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल, मुक्तिनाथ लगायतका क्षेत्रमा हेलिकप्टरबाट उडान गर्दा पनि उडान संख्या थपिएका छन्। सुवेदीले पछिल्लो समय पोखराबाट अन्य सहरसम्म उडान थपिँदा पनि यात्रु र हवाई उडान संख्या बढेको बताउँछन्।

अहिले पोखराबाट चितवनको भरतपुर, भैरहवा, नेवालगञ्ज, धनगढीसम्म नियमित उडान भइरहेको छ। पोखराबाट सिमरा र जनकपुर पनि उडान हुन्छ। त्यसबाहेक पोखराबाट मुस्ताङको जोमसोमसम्म पनि उडान हुन्छन। पोखराबाट सिमरा, भैरहवा र नेपालगञ्जका उडानमा पछिल्लो समय यात्रु संख्या पनि निकै नै बढेका छन्। ‘उडान संख्या पनि थपिएका छन् । नयाँ गन्तव्य पनि थपिएका छन्। सबैतिर उडान संख्या बढ्दा यात्रु पनि थपिएका हुन्,’ उनले भने।

सुवेदीका अनुसार आन्तरिक यात्रुमा घुमघामको बानी बढ्नु, चाडबाडको फुर्सदको उपयोगसहित पोखरा–मुग्लिन सम्मको झन्झटिलो सडक यात्राले गर्दा पनि अहिले हवाई यात्रु थपिएका हुन्। अहिले पोखरा–मुग्लिन (९० किलोमिटर) सडक विस्तारको क्रममा छ। अरुबेला तीन घण्टामा पूरा हुने यो दूरी अहिले निकै नै झन्झटिलो भएको छ।

त्यसले गर्दा पनि यात्रुले हवाई यात्रा रोज्ने गरेका छन्। ‘पोखरा–काठमाडौँ स्थलमार्ग पनि निकै नै झन्झटिलो बनेको छ। अरुबेला ६–७ घण्टामा पुरा हुने पोखरा–काठमाडौं यात्रा अहिले १३/१४ घण्टासम्म लाग्ने गरेको छ। त्यसले गर्दा पनि पोखरा आउन चाहने अधिकांशले हवाई यात्रा गर्न थालेका छन्,’ उनले भने।  

पोखराको यो विमानस्थलको प्रतिघण्टा यात्रु क्षमता ४ सय हो। अहिले बिहान साढे ६ बजे खुल्ने विमानस्थल बेलुकी साढे ५ बजे बन्द हुने गरेको छ। बिहानको समयमा यहाँबाट हिमालपारिको जिल्ला मुस्ताङको जोमसोमसम्म उडान हुन्छन्। पछिल्लो समय पर्यटकीय सिजन पनि भएकोले पोखरा–जोमसोम उडान पनि बढेका छन्। पोखरा जोमसोम तारा र समिट एयरले उडान गरिरहेका छन्।
त्यस्तै पोखराबाट काठमाडौँ, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढीसम्म ठूला आकारका जहाज उडान हुँदा पनि यात्रुसंख्या थपिएको उनले बताए। अहिले ७२ सिट क्षमताका जहाजबाट अधिक उडान हुने गरेका छन्। केही वर्ष अघिसम्मका साना आकारका जहाज मात्र उडानमा बढी प्रयोग हुने गरेका थिए।

पोखराबाट काठमाडौँका लागि धेरै संख्यामा उडान हुन्छन्। पोखराबाट अहिले बुद्ध, यती, श्री, गुण एयरलाइन्सले नियमित रुपमा उडान गरिरहेका छन्। सबैभन्दा बढी पोखराबाट काठमाडौँसम्मका लागि धेरै उडान हुने गरेका छन्।

‘यात्रु संख्या बढेपछि व्यवस्थापन गर्न पनि चुनौती थपिएको छ,’ उनले भने। पछिल्लो समय पोखरा आउने विदेशी पर्यटक पनि बढ्दा थाल्दा पनि यात्रु थपिएका हुन्। कोरोनाका कारण रोकिएका विदेशीको बल्ल अहिले आगमन बढिरहेको सुवेदीले बताए।  

पर्यटन व्यवसायी पनि अहिले हवाई यात्रुको संख्या बढ्नुमा आन्तरिक पाहुनामा घुमघामको संस्कार बढ्नु मुख्य कारक रहेको बताउँछन्। पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘पछिल्लो समय आन्तरिक पाहुना पनि निकै नै बढेका छन्। त्यसले गर्दा पनि हवाई यात्रु पनि थपिएका हुन्।’

उनका अनुसार हवाई यात्रु बढ्नुको अर्काे मुख्य कारण झन्झटिलो सडक यात्रा हो। अहिले पोखरा–काठमाडौँ (२ सय किलोमिटर) पार गर्न कम्तिमा १२ घण्टा लाग्ने गर्दा पनि यात्रुले हवाई जहाज रोज्न थालेको उनले बताए।

‘सडक विस्तार आवश्यक छ। त्यसमा दुइमत हुने कुरै रहेन, तर, सडक यात्रालाई विकल्प दिएर व्यवस्थित यात्रा गराउनुपर्छ। सडक विस्तारसँगै वैकल्पिक व्यवस्था गरेको भए यो झन्झट हुने थिएन,’ उनले भने।  
अर्को समाचार
बालेन भन्छन्ः 'तिम्रो लागि सँधै रित्तै बस्न मन छ'
०२ माघ २०८०
•
१ मिनेट पाठ
बालेन भन्छन्ः 'तिम्रो लागि सँधै रित्तै बस्न मन छ'
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारको व्यङ्ग्य गरेका छन्। नागरिकका लागि सरकारले गरेका कुनैपनि काम र योजना दीर्घकालिन र प्रभावकारी नभएको भन्दै उनले सामाजिक सञ्जालमा कविताको शैलीमा व्यङ्ग्य गरेका छन्।




उनले लेखेका छन्,  

तिम्रो लागि सँधै रित्तै बस्न मन छ

पोखरा विमानस्थल जस्तै ,

आज जस्तै सित्तै रच्न मन छ ,

सरकारको पूर्णविराम मन जस्तै ,

न त तिम्रो सहारा ,

न त म उडाउँछु,

तिमी रिन जसरि मार ,

म चिन जसरि डुबाउँछु ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस