कोरोना भाइरस संक्रमणपछि आन्तरिक र विदेशी पाहुनाको आगमन बढेसँगै पोखरा विमानस्थलको आम्दानी पनि अहिलेसम्मकै उच्च भएको छ।
विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा पोखरा विमानस्थलले ११ करोड ५९ लाख रूपैयाँ आम्दानी गरेको छ। यो अहिलेसम्मकै बढी हो।
विमानस्थलका अनुसार कोरोना संक्रमणका कारण हवाई उडान कम हुँदा आव २०७७/७८ मा ४ करोड ५० लाख रूपैयाँ मात्र आम्दानी भएको थियो। त्यस अघिका वर्षहरूमा भने औषत आम्दानी ७–८ करोड जस्तै थियो।
विमानस्थलका अनुसार आव २०७६/७७ मा ७ करोड ४८ लाख र त्यो भन्दा अघिल्लो आवमा ९ करोड ४८ लाख रूपैयाँ आम्दानी भएको थियो। यस्तै आव २०७४/७५ मा विमानस्थलको कमाइ ८ करोड ३७ लाख रूपैयाँ थियो। ‘कोरोनाका कारण बीचका दुई वर्ष आम्दानी घटे पनि गत वर्ष आम्दानीले फड्को मारेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए।
उनका अनुसार करिब दुुई वर्ष पर्यटक आउजाउ ठप्प जस्तै भयो। विदेशी पर्यटकको आगमन अहिले पनि सुस्त नै छ तर पछिल्लो समय आन्तरिक पर्यटनको क्षेत्रमा निकै चहलपहल बढेका कारण विमानस्थलको आम्दानी बढाउन सहयोग पुगेको हो।
सुवेदीका अनुसार आन्तरिक पाहुनाको कारण हवाई उडान क्षेत्रमा वृद्धि भएको छ। पोखरा–काठमाडौं क्षेत्रमा मात्र नभई पोखराबाट अन्य ठूला सहरमा पनि हवाई उडान सुरु भए।’ पछिल्लो समय त आन्तरिकको आगमन निकै नै बढ्न जाँदा सबैतिरका गन्तव्यमा हवाई उडान थपिएको उनले बताए।
अहिले पोखराबाट नियमित रूपमा काठमाडौं, जोमसोम, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा र जनकपुरसम्म उडान भइरहेका छन्। केही वर्षअघिसम्म पोखराबाट जोमसोम र काठमाडौंका लागि मात्र नियमित उडान थिए तर पछिल्लो समय नयाँ गन्तव्यसम्म पनि उडान थपिएपछि यात्रुको आउजाउ बढ्न गएको उनले बताए।
गत आवको आम्दानी ११ करोड ५९ लाख रूपैयाँमध्ये ८ करोड ११ लाख रूपैयाँ यात्रुबाट संकलित करबाट उठेको रकम हो भने बाँकी रकम हवाईजहाज ल्याण्डिङ, सञ्चार–नेभिगेसन, पार्किङ र ह्याङ्गरको भाडाबापत संकलन भएको हो।
पोखराबाट यतिबेला भइरहेका उडानमध्ये काठमाडौंसँगको हिस्सा बढी छ। काठमाडौसँगको पोखराको उडान संख्या अहिले दिनमा डेढदर्जन बढी छन्। ती पनि ठूला आकारका जहाज (७२ सिट क्षमताका एटिआर ७२–५००) बाट अधिकांश उडान भइरहेका छन्। त्यसबाहेक पोखरालाई अन्यका ठूला सहरमा हवाई उडानले जोड्दै जाँदा पोखराको हवाई सञ्जालले गति लिएको छ। निजी हवाई कम्पनी अझै नयाँ गन्तव्यमा पोखरालाई जोड्ने योजनामा छन्।
‘विदेशी पाहुनाबिनाको हवाई उडान संख्या निकै नै राम्रो मान्नुपर्छ। कोरोना संक्रमण यत्तिकैमा रोकिने र विदेशी पाहुना आउन थाल्ने हो भने यो उडानले अझै गति लिनेछ,’ सुवेदीले भने– ‘घुमघाममा निस्कनुपर्छ भन्ने आन्तरिक यात्रुमा भावना पलाएको छ।’
कोरोनाले गर्दा लामो समय घरभित्रै थुनिएका नागरिक अहिले घुमफिरमा निस्कन थालेका छन। त्यसले गर्दा पनि हवाई क्षेत्रले गति लिएको उनले बताए।