तिहार लक्षित सयपत्री मालाको मूल्य निर्धारण
०१ कार्तिक २०७९
•
३ मिनेट पाठ
तिहार लक्षित सयपत्री मालाको मूल्य निर्धारण
किसानहरुले तिहार लक्षित सयपत्री फूलको मालाको मूल्य कायम गरेका छन्। व्यवसायीबाट उपभोक्ता ठगिने सम्भावना बढी हुने भन्दै चितवनका किसानहरुले आज(मंगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि मालाको मूल्य सार्वजनिक गरेका हुन्।




  

बजारलाई एकरुपता ल्याउनका लागि होलसेल र खुद्रा मुल्य निर्धारण गरिएको फ्लोरिकल्चर एशोशियसन चितवनका कोषाध्यक्ष शुलभ श्रेष्ठले बताए। उनका अनुसार, एउटा मालाको सय रुपैयाँ मुल्य निर्धारण छ। ‘किसानहरुसँग सल्लाह गरेर ५० देखि ५५ रुपैयाँसम्म होलसेल रेट राखिएको छ’ उनले भने, ‘फ्लोरिकल्चर एशोसियन नेपाल चितवन र केन्द्रको पनि आधिकारीक धारणा ८० देखि १०० रुपैयाँमा खुद्रा बिक्रि वितरण गर्नुपर्छ भन्ने हो।’ समग्रमा चितवन फूलमा ७० देखि ८० प्रतिशत आत्मनिर्भर छ। किसानले पहिलोपटक तिहार लक्षित मालाको मूल्य निर्धारण गरेका हुन्। व्यवसायीबाट उपभोक्ता ठगिने हुँदा मुल्य कायम गरिएको उनले बताए। गतबर्ष ५० रुपैयाँसम्ममा भारतीय माला बजारमा पाईएको थियो। तर, दुई बर्षअघि उपभोक्ताले तीन सय रुपैयाँ मूल्य तिरेका थिए। त्यसलाई रोक्नका लागि मूल्य कायम गर्न परेको उनको भनाई छ। एउटा मालाको सय रुपैयाँभन्दा बढी मुल्य नर्तिन उनले अपिल गरे।  

तिहारको समयमा भारतबाट सयपत्री फूल आयात गरे नष्ट गर्ने चितवनका किसानले चेतावनी समेत दिएका छन्।  चितवनलाई पूग्ने सयपत्री फूल र माला जिल्लामा उत्पादित रहेको भन्दै भारतीय माला रोक्न माग गरेका हुन्।  

‘तिहार लक्षित सयपत्री फूल हामीले जिल्लालाई पूग्ने उत्पादन गरेका छौँ,’ किसान गोविन्द बास्तोलाले भने, ‘हामीले ४० प्रतिशत सयपत्री फूल निर्यात गर्नसक्छौँ।’ प्रमुख जिल्ला अधिकारीको सहयोगमा भारतबाट आयातित माला रोक्ने तयारी भएको उनले बताए। उनका अनुसार, चितवनमा तिहार लक्षित दुई ट्रक माला भारतबाट भित्रिएको छ।  

सयपत्री फूलको मालालाई सात दिनसम्म स्टोरेज गरेर राख्न मिल्छ। सोही अनुसार व्यवसायीले भारतबाट फूल आयात गर्ने योजना बनाएको उनको भनाई छ। ‘हामीले प्रशासनसंग पनि कुरा गरेका छौँ’ उनले भने, ‘पुष्प व्यवसायीलाई आत्ननिर्भर बनाउन यसपटक भारतीय माला फाल्ने अभियानमा छौँ।’ जिल्लामा ३ देखि ४ लाख माला उत्पादित रहेको कृषि प्राविधिक तथा कृषक सुन्दर बस्नेतले बताए। त्यसमध्ये ६० प्रतिशत चितवनमा खपत हुने गरेको छ। चितवनमा उत्पादित माला हुँदाहुँदै व्यवसायीहरुले भारतबाट ल्याउने गरेको किसानको आरोप छ।  

किसानले नेपाली मालालाई प्रोत्साहन गर्न व्यवसायीलाई अनुरोध गरेका छन्। भारतबाट सस्तोमा ल्याएर व्यवसायीले किसानसंग बार्गेनिङ गर्ने गर्दछन्। त्यसलाई रोक्न मुल्य कायम गर्नुपरेको किसान प्रविण लामाले बताए। भारतमा माला सस्तो पाइन्छ। व्यवसायीले त्यो माला देखाएर किसानसंग बार्गेनिङ गरिरहेको अवस्था छ, ’उनले भने, ‘त्यसलाई रोक्न किसान एक जुट हुनुपर्छ।’ व्यवसायीले भारतबाट सस्तोमा ल्याएपनि उपभोक्तालाई नेपाली माला भनेर चर्को मुल्यमा बिक्रि गर्ने गरेको उनले बताए। रत्ननगर नगरपालिकाका कृषि शाखा प्रमुख समेत रहेका लामाका अनुसार, गत बर्ष तीन लाख माला नेपालमा भित्रिएको थियो। यसपटक पाँच ट्रक सयपत्री फूल भारतबाट काठमाण्डौँ गएको उनले बताए।  

तिहारपछि सयपत्री फूलको माला मुल्य समेत घट्ने गर्दछ। किसानले सो समयमा ५० रुपैयाँमा होलसेल र ७० रुपैयाँमा खुद्रा बिक्रि गर्दै आएका छन्। तिहारको समयमा मात्रै जिल्लामा ३देखि ४ करोड रुपैयाँसम्म कारोवार हुने गर्दछ। चितवन फूल उत्पादनमा उत्कृष्ट जिल्ला नै मानिन्छ। यहाँ एउटै किसानले पाँच विघासम्ममा फूल खेती गर्दै आएका छन्। चितवनमा सय जना किसानले सयपत्री फूलको खेती गर्दै आएको फ्लोरिकल्चर एशोसियनले जनाएको छ।  

भारतीय माला कसरी चिन्ने?

सयपत्री फूल छिट्टै ओइलाउँछ। राम्रोसँग स्टोरेज गर्न सकिएन भने एक दुई दिनमै दाग देखिन्छ। तर, भारतबाट आउने मालामा केमिकल राखिन्छ। त्यसलाई एक सातासम्म स्टोरेज गरेर राख्न सकिन्छ। तर, स्टोरबाट निकालेको दुई घण्टामै ओइलाउने गरेको लामाले बताए। केमिकल हालेर राखिएको मालाले कपडामा दाग लाग्ने भएकाले सचेत हुन उपभोक्तालाई अनुरोध समेत गरेका छन्। भारतबाट आउने माला सुतरीको धागोले बुनेको हुने उनले बताए।  
अर्को समाचार
चितवनमा तिहार लक्षित सयपत्री मालाको मूल्य निर्धारण
२० कार्तिक २०८०
•
३ मिनेट पाठ
चितवनमा तिहार लक्षित सयपत्री मालाको मूल्य निर्धारण
चितवनका किसानहरुले तिहार लक्षित सयपत्री फूलको मालाको मूल्य निर्धारण गरेका छन्।




व्यवसायीबाट उपभोक्ता ठगिने सम्भावना बढी हुने भन्दै यहाँका किसानहरुले आज(सोमबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी मालाको मूल्य सार्वजनिक गरेका हुन्।

बजारलाई एकरुपता ल्याउनका लागि होलसेल र खुद्रा मुल्य निर्धारण गरिएको फ्लोरिकल्चर एशोशियसन चितवनका अध्यक्ष तेजेन्द्र सापकोटाले जानकारी दिए। उनका अनुसार, एउटा मालाको सय रुपैयाँ मुल्य निर्धारण गरिएको छ। ‘यसपटक होलसेल मुल्य कायम गरिएको छैन । किसान र व्यापारीको आपसी कुराकानीमा किनबेच हुन्छ,’ उनले भने ‘एउटा मालाको मुद्रा मुल्य सय रुपैयाँ रेट राखेका छौँ।’

फ्लोरिकल्चर एशोसियन नेपाल चितवन र केन्द्रको पनि आधिकारीक धारणा १०० रुपैयाँसम्ममा खुद्रा बिक्रि वितरण गर्ने निर्णय भएको उनले बताए। सयपत्री फूललाई प्रतिकेजि पाँच सय रुपैयाँ तोकिएको छ।

समग्रमा चितवन फूलमा अझै आत्मनिर्भर हुन सकेको छैन। तिहारको समयमा एक लाख मालाको आयात गर्नुपर्ने सापकोटाको अनुमान छ। ‘चितवनमा तिहार लक्षित सयपत्री फूलको खेती ५० बिघामा भएको छ। यसबाट तीन लाखसम्म माला उत्पादन हुने देखिएको छ। यसपत्री फूलमा चितवन जिल्ला आत्मनिर्भर छ। तर सजावटमा अत्यधिक माग भएको खण्डमा हामीलाई यस फूलले नपुग्ने स्थिती पनि रहेको छ,’ उनले भने ‘सयपत्री फूल लगाउने माला र डेकोरेशनलाई चितवन जिल्लामा करिब चार लाख मालाको आवश्यकता हाम्रो आंकडा हो।’

व्यवसायीबाट उपभोक्ता ठगिने हुँदा मुल्य कायम गरिएको संघका सचिव सुलभ श्रेष्ठले बताए। दुई बर्षअघि उपभोक्ताले तीन सय रुपैयाँ मूल्य तिरेका थिए। त्यसलाई रोक्नका लागि मूल्य कायम गर्न परेको उनको भनाइ छ। एउटा मालाको सय रुपैयाँभन्दा बढी मुल्य नर्तिन उनले अपिल गरे। ‘फ्लोरिकल्चर एशोसिएसनले तोकेभन्दा बढी मूल्यमा बिक्रि वितरण हुन सक्छ। यसमा स्थानीय पालिका तथा जिल्ला प्रशासनलाई निगरानी र नियन्त्रणका लागि अपिल गर्दछौँ’–उनले भने।  उनले प्लाष्टिक जन्य फूलमालाका गुच्छाहरु बजारमा अत्यधिक मात्रामा देखिन थालेकाले त्यसलाई नियन्त्रण गरि कारबाही गर्न माग गरे।

चितवनमा यसपटक सयपत्रि फूल तिहार अघि नै फुलिसकेको छ। सयपत्री फूलको मालालाई सात दिनसम्म स्टोरेज गरेर राख्न मिल्छ। किसानले नेपाली मालालाई प्रोत्साहन गर्न व्यवसायीलाई अनुरोध गरेका छन्। भारतबाट सस्तोमा ल्याएर व्यवसायीले किसानसंग बार्गेनिङ गर्ने गर्दछन्। त्यसलाई रोक्न मुल्य कायम गर्नुपरेको किसान सुजता देवकोटाले जानकारी दिइन्।

तिहारपछि सयपत्री फूलको माला मुल्य समेत घट्ने गर्दछ। किसानले सो समयमा ५० रुपैयाँसम्ममा बेच्ने गरेका छन्। तिहारको समयमा किसानले मुल्य बढी पाउने गर्दछन्। एउटा माला उत्पादन गर्न ३० रुपैयाँ लागत पर्ने किसानहरु बताउँछन्। तर उनीहरुले तेब्बर नाफा राखेर खुद्रा मुल्य निर्धारण गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीेले होलसेल मुल्य ७० देखि ८० रुपैयाँमा बिक्रि गर्ने जनाएको छ। उसले १० विगाहा क्षेत्रफलमा खेती गरेको छ। लायन्सचोक, चौविसकोठि, मालपोतचोक र हाकिमचोकमा स्टल राख्ने समेत आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको थियो।

तिहारको समयमा मात्रै जिल्लामा तीन देखि चार करोड रुपैयाँसम्म कारोवार हुने गर्दछ। चितवन फूल उत्पादनमा उत्कृष्ट जिल्ला नै मानिन्छ। यहाँ एउटै किसानले छ विघासम्ममा फूल खेती गर्दै आएका छन्। चितवनमा सय जना किसानले सयपत्री फूलको खेती गर्दै आएको फ्लोरिकल्चर एशोसियनले जनाएको छ।  
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस