पदयात्रामा धेरैतिर सकस सहज ठाउँमा पाहुना खचाखच
२८ असोज २०७९
•
५ मिनेट पाठ
पदयात्रामा धेरैतिर सकस सहज ठाउँमा पाहुना खचाखच
अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा पदयात्रामा रहेका पर्यटक । तस्बिर सौजन्यः दिलीप गुरूङ
हिमपात र बर्सातले गर्दा हिमाली क्षेत्रको माथिल्लो भेग पुगेका विदेशी पर्यटक र उनीहरूका नेपाली सहयोगी समस्यामा परेका छन्। अन्नपूर्ण क्षेत्रको मनाङ र मुस्ताङसहित म्याग्दीको धवलागिरी तथा गोरखाको मनास्लुसहित बागलुङको ढोरपाटन क्षेत्र पुगेका धेरै पर्यटकलाई हिँडडुलमा सकस छ। अन्नपूर्ण क्षेत्रकै अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रमा भने कुनै समस्या नरहेको व्यवसायीले बताएका छन्। एबिसी क्षेत्रमा भने पाहुना खचाखच छन्।




हिउँ र पहिरोले धेरै पर्यटकको यात्रा असहज बन्न पुगेको व्यवसायीले बताएका छन्। मौसमी खराबीले पर्यटन क्षेत्रमा धेरैतिर समस्या निम्तिएको छ भने केही क्षेत्रमा सहज छ। सहज रहेको क्षेत्रमा अहिले खचाखच पाहुना रहेको त्यहाँका व्यवसायीले बताएका छन्। हिमाली भेगको धेरैजसो क्षेत्रमा भद्रगोल अवस्था रहेको व्यवसायीको गुनासो छ।

पदयात्रामा गएका ती विदेशी पर्यटक हिमपात र वर्षाको मारमा परेपछि गन्तव्यसम्म पुग्न सकेका छैनन् भने कतिपय फर्किन पनि सकेका छैनन्। आउजाउ असहज बनेपछि कतिपय पर्यटक हेलिकप्टर बोलाएर फर्किएका छन्। विभिन्न गन्तव्यमा रहेका पर्यटकलाई अहिले पोखराबाट निजी हेलिकप्टरले धमाधम उद्धार गरिरहेका छन्। उच्च हिमाली भेगमा मंगलबार पनि हिमपात भइरहेको स्थानीयले बताएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को मनाङस्थित संरक्षण अधिकृत लेखनाथ गौतमले मनाङको पदयात्रा निकै सकसपूर्ण बनेको बताए। उनका अनुसार पदयात्रामा गएका पर्यटक र उनीहरूका नेपाली सहयोगी पदमार्ग अप्ठेरो हुँदा समस्यामा परेका छन्। उच्च हिमाली भेगमा हिमपात भएपछि पदयात्रामा नजान पनि एक्यापले पर्यटकलाई अनुरोध गरेको छ। पदमार्गका विभिन्न ठाउँमा रहेका पर्यटकलाई सुरक्षित रहन एक्यापले अनुरोध गरेको उनले बताए।

गौतमका अनुसार पदमार्ग अप्ठेरो हुँदाहुँदै पनि पर्यटकहरू जर्बजस्ती उक्लेका छन्। मनाङमा हरेक दिन पर्यटक थपिइरहेको उनले बताए। ‘तलबाट उक्लिने पनि पर्याप्त छन्। फर्कने पनि उत्तिकै छन् तर सबैले निर्धारित पदयात्रा पूरा गर्न पाएका छैनन्’, उनले भने, ‘हिँडडुल गर्नै सहज नहुँदा अप्ठेरो छ।’ उनका अनुसार अप्ठेरोमा परेका विदेशी र उनीहरूका नेपाली सहयोगीलाई विभिन्न कम्पनीले हेलिकप्टर पठाएर ठाउँठाउँबाट उद्धार गरिरहेका छन्।

‘मौसम राम्रो नभएकाले पदयात्रामा नजान हामीले पनि अनुरोध गरेका छौं। सुरक्षित रूपमा जो जहाँ छ, त्यही रहन भनेका छौं। जबर्जस्ती पदयात्रामा निस्कदा बस्ने र खाने समस्या हुन सक्छ,’ गौतमले भने, ‘मौसम सुुधार भएपछि मात्र पदयात्रामा जान भनेका छौ।’ उनका अनुसार अहिले पनि दिनमा डेढसय हाराहारीमा पाहुनाहरू मनाङ उक्लेका छन्। ‘पदमार्गका विभिन्न चेकपोष्टमार्फत हामीले पर्यटकलाई जर्बजस्ती पदयात्रामा नजान सचेत गराएका छौं। कतिपय पर्यटक उपयुक्त मौसमको पर्खाइमा छन्। केही भने बीचबाटै फर्केका छन्,’ उनले भने, ‘अहिले मनाङमा कोही अलपत्र परेका छैनन् तर पदमार्गमा हिँडडुल गर्नै कठिन छ।’

उनकाअनुसार मनाङ र लम्जुङको सिमाना तालभन्दा माथि मनाङ सदरमुकाम चामेसम्म बाटो निकै खराब छ। त्यसले गर्दा पदमार्गको हिँडाइ सहज छैन। उनका अनुमानमा अहिले मनाङमा विदेशी र उनीहरूका नेपाली सहयोगी गरी एकहजार जना पाहुना छन्।

त्यस्तै अप्ठेरोमा मुस्ताङ पुगेका पाहुना पनि परेका छन्। अहिले मुस्ताङको जोमसोमसम्म स्थलमार्गको यात्रा निकै सकसपूर्ण छ। बेनी–जोमसोम खण्डको ठाउँठाउँमा पहिरो झरेकाले स्थलमार्गको यात्रा जोखिमयुक्त बनेको छ। एक्याप मुस्ताङका संरक्षण अधिकृत अशोक सुवेदीले अहिले पोखरा–जोमसोम हवाई यात्रा निरन्तर नरहेको र स्थलमार्गको यात्रा पनि जोखिमपूर्ण हुँदा हिँडडुल सहज नभएको बताए।

‘हवाई यातायात पनि मौसम खराबीले नियमित छैन। धेरैदिनदेखि पोखरा–जोमसोम उडान नै भएको छैन,’ उनले भने, ‘स्थलमार्ग त झन् जोखिमपूर्ण छ। बेनी–जोमसोम सडकको ठाउँठाउँमा पहिरो झर्दा राजमार्ग कुन बेला अवरूद्ध हुन्छ भन्ने नै यकिन हुँदैन।’ ‘बेनी–जोमसोम खण्ड निकै अप्ठेरो छ। कतिबेला कहाँ पहिरो खस्ने भन्ने यकिन छैन। बेनी–घाँसाको रूप्से आसपास र काभ्रेभीरमा बढी समस्या हो,’ उनले भने, ‘स्थलमार्ग अप्ठेरो हुँदा मुक्तिनाथ उक्लेका धेरै भारतीय पर्यटकलाई असहज भएकै हो। त्यसबाहेक आन्तरिक र तेश्रो मुलुकका पर्यटकको आउजाउ पनि सहज छैन।’ स्थलमार्ग झन्झट हुँदा मुस्ताङसम्मको यात्रा सजिलो नरहेको उनले बताए।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष सुशील पौडेलका अनुसार अहिले अप्ठेरोमा परेका पदयात्रीको हेलिकप्टरबाट उद्धार भइरहेको छ। पौडेलका अनुसार हेलिकप्टरबाट धवलागिरीको बेस क्याम्पमा रहेका पाहुनाको उद्धार गरिएको छ। त्यस्तै मनास्लु क्षेत्रमा अप्ठेरोमा परेका पदयात्रीको पनि हेलिकप्टरबाटै उद्धार भइरहेको छ। पदयात्राका लागि पाहुना पठाएका कम्पनीले अहिले हेलिकप्टरबाट धमाधम उद्धार गरिरहेको उनले बताए। काठमाडौंका कम्पनीले सरकारी निकायसँग समन्वय गरेर उद्धारको काम गरिरहेको उनले बताए।

त्यस्तै मनाङको नार र फू क्षेत्रमा रोकिएका पाहुनाको पनि हेलिकप्टरबाटै उद्धार भएको छ। नार र फूमा अहिले केही पर्यटक रहेको उनले बताए। गोरखाको मनास्लु क्षेत्रमा अझै डेढसय जनाजति पर्यटक रहेको उनले बताए। त्यस्तै बागलुुङको पश्चिम क्षेत्र ढोरपाटनबाट डोल्पा जाने रूटमा करिब १ सय जना पर्यटक छन्। धौलागिरी क्षेत्रमा ७० जना जति रहेका छन्।

‘विभिन्न रूटमा अहिले पर्यटक रोकिएका हुन्। हिँडडुलमा समस्या भएपछि कतिपय उनीहरूले हेलिकप्टर मगाएर सुरक्षित सहरमा झरेका छन्,’ पौडेलले भने, ‘पदयात्रीले तोकिएको पदयात्रा पूरा गर्न पाएका छैनन्। स्वदेश फर्किने तालिका बिग्रने डरले कतिपय पर्यटकले हेलिकप्टर मगाएर फर्केका छन्।’ विभिन्न पदमार्गमा रहेका पर्यटकहरू सुरक्षित नै रहेको तर उनीहरूलाई हिँडडुलमा भने सकस थपिएको पौडेलले जानकारी दिए।

एबिसीमा भने खचाखच

हिमाली भेगको धेरैतिरका पदयात्रामा पर्यटकलाई सकस निम्तिँदा अन्नपूर्ण क्षेत्रकै अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रमा भने पर्यटकको भीडभाड रहेको छ। एबिसी पदमार्गमा यो पटक अहिलेसम्म कुनै समस्या नभएकोले पदयात्रीको भीडभाड बढेको त्यहाँका व्यवसायीले बताए। एबिसी र माछापुच्छ्रे आधारशिविर (एमबिसी) क्षेत्रमा अहिले पदयात्रीको घुँइचो रहेको उनीहरूको भनाइ छ।

एमबिसीका पर्यटन व्यवसायी दिलीप गुरूङका अनुसार हिमाली भेगका अन्यत्र समस्या रहे पनि एबिसी पदमार्ग क्षेत्रमा भने यो पटक कुनै समस्या छैन। त्यहाँ सहज रूपमा पदयात्रा भइरहेको उनले बताए। ‘एबिसी क्षेत्रमा अहिले सहज छ। माछापुच्छ्रे र अन्नपूर्ण आधारशिविरका होटलमा अहिले खचाखच पाहुना छन्,’ उनले भने, ‘अन्यत्र समस्या निम्तिएपछि पाहुना अहिले एबिसीतिर मोडिएका छन्।’ त्यसले गर्दा भीडभाड बढाएको उनले बताए।

उनका अनुसार एबिसीमा ६ वटा लजमा ३ सय जना पाहुना अट्छन। त्यस्तै एमबिसीका ५ वटा लजमा ३ सय जना पाहुना अट्छन। ‘अहिले सबै तिर भीडभाड छ। हरेक लजमा पाहुना भरिभराउ छन्। ६० प्रतिशत नेपाली छन्। बाँकी भारतीय र तेश्रो मुलुकका विदेशी छन्,’ उनले भने, ‘अन्यत्र समस्या भएपछि धेरै पाहुना अहिले एबिसीतिर डाइभर्ट भएकाले यहाँ भीडभाड भएको हो।’ पाहुना थपिए पनि बसोबास र खानपिनमा भने कुनै समस्या नरहेको उनले सुनाए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस