झरीले पर्यटन क्षेत्र बिथोल्यो
२३ असोज २०७९
•
५ मिनेट पाठ
झरीले पर्यटन क्षेत्र बिथोल्यो
पोखरा घुम्न आएका पाहुना। दसैंको बिदामा घुम्न आउने पाहुना यो पटक झरिका कारण रोकिँदा पर्यटन क्षेत्रलाई मार परेको छ। तस्बिरः उमेश पुन/नागरिक
कोरोना भाइरस संक्रमणले लामो समय थलिएको पर्यटन क्षेत्रले यो दसैंको बेला आन्तरिक पाहुनाबाट ठुलो अपेक्षा राखेको थियो। मुख्य पर्यटकीय सिजनमा पनि विदेशी पाहुना नपाएको पर्यटन क्षेत्र दसैंको लामो बिदामा आन्तरिक पाहुनाको पर्खाइमा थियो। तर, लगातारको झरिले गर्दा पाहुनाको हिडडुल रोकिँदा त्यसको मार पर्यटन क्षेत्रले भोग्नुपरेको छ।  




आन्तरिक पाहुना आउन नपाउँदा यो बेला पोखराका मात्र नभई आसपास क्षेत्रका धेरैजसो होटल रित्तै रहे। अरूबेला दसैंको लामो बिदामा आन्तरिक पाहुना आउँदा पर्यटकीय क्षेत्रका होटल–रेस्टुँरा भरिभराउ हुन्थे। पदयात्रा क्षेत्रमा त बास पाउनै समस्या हुन्थ्यो। छोटो दूरीका पदमार्गमा आन्तरिक पाहुना खचाखच हुन्थे। अघिल्ला दुई वर्षमा कोरोना संक्रमणको त्रास रहँदारहँदै पनि पदयात्रा क्षेत्रमा पाहुना अभाव थिएन। तर, यो पटक कोरोनाको अप्ठेरो कम भएपनि मौसमी अवरोधले गर्दा पर्यटन क्षेत्रमा मार खेप्नुपरेको व्यवसायीको भनाई छ।  

यो पटक लगातारको झरिले गर्दा पाहुनाको हिडडुल रोकिएको र त्यसको असर पर्यटन क्षेत्र पूर्णरूपमा परेको व्यवसायीले बताए। लेकसाइडस्थित क्विन्स पार्क होटलका म्यानेजर तुलसी लामिछानेले दसैंको टीकाको दिनदेखि सुरु भएको झरिले यो पटक पोखराले आन्तरिक पाहुनाको ठुलो हिस्सा गुमाएको बताए। होटल बुकिङ गरेका पाहुना पनि आउन नपाएको उनले बताए। ‘वर्षादले गर्दा यो पटक पर्यटन क्षेत्रलाई ठुलो क्षति पुगेको छ। बिदामा घुम्न आउने पाहुना घरबाटै निस्कन पाएनन,’ लामिछानेले भने, ‘यो पटक आन्तरिक पाहुनाबाट पोखराले ठुलो अपेक्षा गरेको थियो। तर, वर्षाले गर्दा पर्यटकीय गन्तव्यसम्म पाहुना पुग्नै सकेनन्।’

कोरोना संक्रमणले गर्दा विदेशी पाहुना आउन नपाउँदा यो बेला पोखरा जस्ता पर्यटकीय सहरले आन्तरिक पाहुनाबाट ठुलो अपेक्षा गरेको थियो। तर, आश गरेका पाहुना नै भित्रिन नपाएको उनले बताए। ‘जो जहाँ रह्यो, उहिँ नै रोकिए। कतिपय पाहुना जसोतसो गन्तव्यमा पुगेको भएपनि घरसम्म फर्किन पाएनन,’ उनले भने, ‘घर छाडेका पाहुनाले घुम्न पनि पाएनन। फर्किन पनि सकेनन, निकै नै सकस खेप्नुपर्‍यो। कतिपय पाहुनालाई त गन्तव्यसम्म पुग्न निकै नै सकस भयो।’ लामिछानेका अनुसार यो पटक दसैंको बिदामा पर्यटकीय क्षेत्रले आन्तरिक पाहुना पर्खेको भएपनि पाहुना आउन नपाउँदा होटलका कोठा नै रित्तै रहे।  

सामान्य अवस्थामा टीका थापेर घुमघाममा निस्कने पाहुना यो पटक झरिले गर्दा घरभित्रै थुनिएको उनले बताए। ‘सबैतिरका पर्यटकीय क्षेत्रले यो पटक मार खेप्नुपरेको छ। भारतीय पाहुना पनि आउन सकेनन। दसैंको टीका थापेर घुम्न निस्कने पाहुना वर्षाका कारण घरैमा रोकिए,’ उनले भने, ‘आन्तरिक पाहुना प्रभावित भयो भने पदयात्रामा गएका पदयात्री पनि रोकिए। पदयात्रा रुट पुरै सुनसान भए।’ पर्यटकीय क्षेत्रले पछिल्लो समय आन्तरिक पाहुनाबाट ठुलो राहत खेपेको भएपनि वर्षाका कारण यो पटक ठुलो नोक्सान बेहोर्नुपरेको उनले बताए। ‘होटलका कोठा खालि रहे। कोठा बुकिङ गरेका पाहुना पनि तोकिएको बेला गन्तव्यमा पुग्न सकेनन,’ उनले भने, ‘अब त बिदा पनि सकियो। आएका पाहुना पनि फर्किने बेला भयो।’

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार दसैंको बिदामा यो बेला पोखराका होटलका अकुपेन्सी करिब ८० प्रतिशत पुग्दथ्यो। कोरोना अघि त विदेशीको पनि सिजन पर्ने हुँदा पाहुनालाई बास पाउनै सकस हुन्थ्यो। तर, कोरोना संक्रमणकै बीचमा पनि आन्तरिक पाहुनाले गर्दा पर्यटन क्षेत्र निकै नै चलायमान हुने गरेको थियो। तर, यो पटक भने पर्यटन क्षेत्र निकै नै मारमा परेको उनले बताए। उनले सकसका साथ भित्रिएका पाहुनाबाट पनि पोखराको अकुपेन्सी करिब ६० प्रतिशत हाराहारीमा उक्लेको बताए। ‘काठमाडौं–पोखराको दूरी दुइसय किलोमिटर हो। तर यो दूरी पार गर्न १४ घण्टासम्म लाग्यो। वर्षादले गर्दा ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएपछि हिडडुल नै सकसपूर्ण बन्यो,’ पराजुलीले भने, ‘सामान्य अवस्थामा पोखरा–काठमाडौं यात्रा अवधि ६ घण्टाको भएपनि अहिले दोब्बर भन्दा बढी समय लगाएर यात्रुले यात्रा गरेका छन्। यस्तो सकसपूर्ण यात्राले पर्यटनमा लाभ हुँदैन।’  

आगामि दिनमा पूर्वाधार सुधार्न चाँसो नदिने हो भने पर्यटन क्षेत्रले सामान्य वर्षा हुँदा पनि राजमार्गमा सास्ती खेप्नुपर्ने उनले बताए। ‘पूर्वाधार सुधार्नमा चाँसो दिएनौ भने आगामि दिनमा पर्यटन क्षेत्रका लागि सकसपूर्ण दिन आउनेछ,’ उनले भने, ‘पर्यटन व्यवसायीले यही अवस्थाको पूर्वाधारमा भर पर्नुपर्ने हो भने आन्तरिक पाहुनाको हिस्सा पनि गुमाउनेछौ। विदेशीको त अहिले नै गुमाएका छौ।’

पराजुलीका अनुसार दसैंका बिदामा ३/४ दिनसम्म पर्यटकीय क्षेत्र निकै नै चलायमान हुन्थ्यो। बिदाको सदूपयोग गर्न आन्तरिक पाहुना टीका थापेर परिवारै घुमघाममा निस्कन्थे। केही युवापुस्ताका पाहुना पदयात्रामा जान्थे। परिवार सहितका पाहुनाको घुमघाम पोखरा, चितवन जस्ता सहरमा हुन्थ्यो। तर, यो पटक दसैंसँगैको वर्षाले गर्दा पाहुना घुमघाममा निस्कनै नपाएको उनले सुनाए। ‘होटल बुकिङ गरेपनि पाहुना आउन सकेनन। विदेशी पर्यटक नआएको बेला आन्तरिक पाहुनाबाट पर्यटनबाट यो बेला निकै नै ठुलो अपेक्षा गरेको थियो। तर, वर्षादले गर्दा राजमार्गमा अवरोध हुँदा पाहुनाको हिडडुल नै रोकियो,’ उनले भने, ‘पर्यटन क्षेत्र चलायमान हुन पाएनन। पदयात्रामा रहेका पर्यटक पनि रोकिए। कतिपयले त पदयात्रा पुरा नै नगरि स्वदेश फर्केका छन्।’  

होटल संघ गण्डकीका अध्यक्ष हरि शर्माका अनुसार यो बेला भारतीय र आन्तरिक पाहुना आउने व्यवसायीको अनुमान थियो। तर, सबैजसो पाहुनालाई निरन्तरको झरिले घरभित्रै थुनेको उनले बताए। ‘पर्यटन क्षेत्र अति नै डिस्टर्व भयो। पाहुनाको आगमन न्यून हुन पुग्यो,’ शर्माले भने, ‘पोखरामा मात्र नभई आसपासका सबैजसो गन्तव्यमा पाहुना पुग्न सकेनन। गन्तव्यमा पुगेका पाहुना पनि घर फर्किन सकेनन।’ उनका अनुसार पाहुना आउन नपाउँदा पोखराका अधिकांश होटलका कोठा रित्तै रहे। ‘पाहुनालाई हैरानी पनि उत्तिकै भयो। मान्छे बास बस्ने ठाउँसम्म पनि पुग्न सकेनन। घर छाडेका पाहुना पनि राजमार्गको अवरोधमा फँसे। लामो समयसम्म गन्तव्यमा पुग्न नसक्दा पाहुनाको घुमफिर नै हुन सकेन,’ शर्माले भने, ‘जसोतसो गन्तव्यसम्म पुगेका पाहुना पनि घुमघाममा निस्कनै पाएनन। निरन्तरको झरिले गर्दा घरबाहिर निस्कन सक्ने अवस्था रहेन।’ चाँडबाँडको यो लामो बिदामा पाहुना आउने भएकोले पर्यटन क्षेत्रले निकै नै लाभ पाउने गरेकोमा यो पटक भने वर्षाले गर्दा सकस परेको उनले बताए।  

‘यो बेला भारतीय र आन्तरिक पाहुनाको सिजन हो। तेश्रो मुलुकका पाहुना कोरोनाका कारण रोकिएको बेला भारतीय र आन्तरिकलाई भने मौसमी अवरोध रह्यो,’ उनले भने, ‘होटल भरिभराउन हुनुपर्ने हो, तर, त्यो हुन सकेन। आन्तरिकले मात्र पनि यो बेला होटल भरिभराउन हुनुपर्नेमा सबैतिर सुनसान बन्न पुग्यो।’  
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस