ताप्लेजुङ उद्योग वाणिज्य संघले सार्वजनिक गर्‍यो पर्व छुट मूल्य, कुनमा कति?
०७ असोज २०७९
•
२ मिनेट पाठ
ताप्लेजुङ उद्योग वाणिज्य संघले सार्वजनिक गर्‍यो पर्व छुट मूल्य, कुनमा कति?
दशैं तिहार जस्ता चाडपर्वको अवसर पारेर ताप्लेजुङ उद्योग वाणिज्य संघले असोज ८ गतेदेखि कात्तिक १५ गतेसम्म लागु हुनेगरी छुटसहित दैनिक उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरेको छ। जस अनुसार २५ रुपैयाँ छुटसहित ५० किलोग्राम सोना चामल मूल्य प्रतिबोरा २ हजार ४ सय ७५ कायम गरिएको ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले जानकारी दिए।




यस्तै २५ रुपैयाँ छुटसहित ५० किलोग्राम किसान गोयल चामल मूल्य प्रतिबोरा ३ हजार ५० तथा प्रतिकिलो खुुद्रा मूल्य ६२ रुपैयाँ कायम गरिएको छ। २५ किलोग्राम जिरा मसिनो चामलको मूल्य २५ रुपैयाँ छुटसहित २ हजार १ सय २५,३० किलोग्राम वजनको जुनेली चामल प्रतिबोरा २५ रुपैयाँ छुटसहित २ हजार ५० र ५ किलो वजनको वास्मति मख्खन चामल २० रुपैयाँ छुटसहित प्रति प्याकेट ६ सय ८० रुपैयाँ कायम भएको ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ।

यस्तै चिनी ५ रुपैयाँ छुटसहित प्रतिकिलो ९५, खुल्ला चिउरा ५ रुपैयाँ छुटसहित प्रतिकिलो ६५ र आयोनुुन २ रुपैयाँ छुटसहित प्रति प्याकेट २८ रुपैया मूल्य निर्धारण गरिएको छ। ५ किलोग्राम वजन भएको ४ सय रुपैयाँ पर्ने र २ किलो वजन भएको १ सय ८० रुपैयाँ पर्ने आँटाको मूल्य घटाइएको छैन।

ठूलो दाना भएको मुसुरी दाल तथा फाका कालो दालको प्रत्येकमा प्रतिकिलो मूल्य १० रुपैयाँ छुटसहित प्रतिकिलो १६० रुपैयाँका दरले निर्धारण गरिएको छ। घैला तोरी तेलमा प्रतिलिटर १० रुपैयाँ छुट दिएर ३ सय ३० तथा अन्य तोरी तेल १० रुपैयाँ नै छुट दिएर प्रतिलिटर २ सय ९० कायम गरिएको ताप्लेजुङ उद्योग वाणिज्य संघले जनाएको छ।

यस्तै सूर्यमुखी तेल सेलो पौच प्रतिलिटर १० रुपैयाँ छुट दिएर २ सय ९० तथा अन्य सूर्यमुखी तेल १० रुपैयाँ छुट दिएर प्रतिलिटर २ सय ८० रुपैयाँ कायम गरिएको छ। ६ सय रुपैयाँ प्रतिकिलो पर्ने प्याकेट जिरामा छुट दिइएको छैन। १ सय २५ रुपैयाँ प्रतिकिलो पर्ने हरियो मिटरमा ५ रुपैयाँ छुट दिएर प्रतिकिलो १ सय २० तथा १ सय २० रुपैयाँ प्रतिकिलो पर्ने चनामा ५ रुपैयाँ छुट दिएर प्रतिकिलो १ सय १५ रुपैयाँ कायम गरिएको छ।

चुनामा प्रतिपोका १० रुपैयाँ छुट दिएर १ सय ४० रुपैयाँ कायम गरिएको छ। खाना पकाउने ग्याँस प्रति सिलिण्डर २ हजार ५० उल्लेख भएको पाथीभरा ग्याँसमा छुट दिइएको छैन भने २ हजार १ सय ५० पर्ने मेची र कन्काई ग्याँसमा ५० रुपैयाँ छुुट दिएर २ हजार १ सय रुपैयाँ कायम भएको छ।

ताप्लेजुङ उद्योग वाणिज्य संघले जुत्ता चप्पल, लत्ताकपडा, रंगरोकन, कष्मेटिक तथा श्रिंगार सामग्री, सुनचाँदीका गरहगनाको तयारी ज्याला र थान कपडाको सिलाई ज्याला प्रत्येकमा १० प्रतिशत छुट गरी बिक्री वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ। उसले उपभोग्य मिति समाप्त भएका सामग्री, पटका, भुइचम्पा र आकाशबाजीसहितका विस्फोटक पदार्थको बिक्री वितरण नगर्न समेत व्यवसायीहरुलाई सचेत गराएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस