आइतबारको नेप्से परिसूचक: नेप्सेमा ३३ अंकको गिरावट
०३ असोज २०७९
•
२ मिनेट पाठ
आइतबारको नेप्से परिसूचक: नेप्सेमा ३३ अंकको गिरावट
गत साता २७ अंकले गिरावट आएको सेयर बजार आइतबार थप घटेको छ।




नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ३३.९७ अंकले घटेको हो। यो गिरावटपछि परिसूचक १८७६.४१ बिन्दुमा आएको छ। कारोबार डेढ अर्ब रूपैयाँमाथि पुगेको छ।

एक्सचेन्जका अनुसार आइतबार १९११ बिन्दुबाट बजार सुरु भएको थियो। बजार खुले लगत्तै कारोबारमा गिरावट आउन सुरु गरेको थियो। यो क्रम बजार बन्द हुँदासम्म रोकिएन।

एक्सचेन्जका अनुसार आइतबार नेप्सेसँगै अन्य प्रमुख तीन सूचक सबै घटेका छन्। सेन्सेटिभ सूचक ६.०४ अंकले घटेको छ भने फ्लोट २.३३ र सेन्सेटिभ फ्लोट २.३६ अंकले घटेका छन्। प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै सेन्सेटिभ फ्लोट १.९४ प्रतिशतले घटेको छ।

यस्तै सेयर बजारका अन्य १३ उपसूचकमध्ये सबैको कारोबार घटेको छ। कारोबारमा गिरावट आउने उपसूचकमध्ये सबैभन्दा बढी जीवन बिमा परेको छ। यो २२१ अंकले घटेको हो। यसपछि धेरै अंकले घट्नेमा निर्जीवन बिमा उपसूचक परेको छ। यो १२४ अंकले घटेको हो। सबैभन्दा कम अंकले कारोबारमा गिरावट आउनेमा सामूहिक लगानी कोष ०.३० अंक रहेको छ।

यस्तै कारोबारलाई प्रतिशतका आधारमा हेर्दा सबैभन्दा धेरै प्रतिशतले घट्नेमा व्यापार उपसूचक परेको छ। यो ३.२४ प्रतिशतले घटेको हो।

एक्सचेन्जका अनुसार आइतबार प्रतिसेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले बढ्ने कम्पनीमा ग्लोवल आइएमई समुन्नत स्किम १ परेको छ। यसको सेयर मूल्य ५.३५ प्रतिशतले बढेको हो। यसपछि सबैभन्दा धेरै प्रतिशतले सेयर मूल्य बढ्नेमा नेपाल ल्युव आयल रहेको छ। यसको सेयर ४ प्रतिशतले बढेको हो।

यस्तै आइतबार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले सेयर मूल्य घट्ने कम्पनीमा बलेफी जलविद्युत् परेको छ। यसको सेयर मूल्य ७.८५ प्रतिशतले घटेको हो। यसपछि धेरै प्रतिशतले मूल्य घट्नेमा राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन परेको छ। यसको सेयर मूल्य ७.३० प्रतिशतले घटेको हो।

एक्सचेन्जका अनुसार रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार हुने कम्पनीमा लक्ष्मी बैंक परेको छ। यसको २१ करोड ३८ लाख ४४ हजार रूपैयाँको सेयर कारोबार भएको हो। यसपछि सबैभन्दा धेरै रकमको कारोबार प्रभु बैंकको प्रमोटर सेयरको भएको छ। यसको १९ करोड ५८ लाख ४५ हजार रूपैयाँको कारोबार भएको हो।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर प्रभु बैंकको प्रमोटर सेयरको भएको छ। यसका १३ लाख ५० हजार कित्ता सेयर बिक्री भएका हुन्। यसपछि लक्ष्मी बैंक परेको छ। यसका ११ लाख ३५ हजार ६ सय ४९ कित्ता सेयर बिक्री भएका हुन्।

एक्सचेन्जका अनुसार आइतबार २२९ कम्पनीका सेयर खरिद बिक्री भएको छ। यी कम्पनीका ६२ लाख ९६ हजार ४ सय ४५ कित्ता सेयर बिक्री भएका हुन्। यी सेयर खरिद गर्न १ अर्ब ६० करोड १८ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण २६ खर्ब ९६ अर्ब रूपैयाँमा झरेको छ।   
अर्को समाचार
दुई दशमलव ३५ अङ्कले घट्यो नेप्से
०२ वैशाख २०८१
•
१ मिनेट पाठ
दुई दशमलव ३५ अङ्कले घट्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर दुई हजार २३ दशमलव ३५ मा सीमित भएको छ।




ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०१ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलव २० मा पुगेको छ।

विभिन्न कम्पनीका कूल ७७ लाख ९५ हजार ३३ कित्ता शेयर तीन अर्ब छ। करोड ३७ लाख ७२ हजार छ सय ५२ मूल्यमा कारोबार भएको छ। कारोबार भएकामध्ये आज एक सय २७ कम्पनीको शेयर मूल्य उकालो लागेको छ। यस्तै, एक सय आठ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा १० कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

नेप्सेका अनुसार सिर्जनशिल लघुवित्तको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। साथै एनआइसी एशिया लघुवित्तको शेयर मूल्य नौ दशमलव ७२, डोल्टी पावर कम्पनी नौ दशमलव ३५,राप्ती हाइड्रोपावर नौ दशमलव २३ र मिथिला लघुवित्तको शेयर मूल्य आठ दशमलव ७० प्रतिशत बढेको छ।

आजको कारोारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। साथै हिमालयन बैंकको सामूहिक लगानी कोष चार दशमलव ४१, तेह्रथुम पावर कम्पनी चार दशमलव ३८,तारागाउँ रिजेन्सी होटल तीन दशमलव ९३ र ग्लोबल आइएमई ब्यालेन्स फण्डको शेयर मूल्य  तीन दशमलव ९१ प्रतिशतले घटेको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस