उदयपुरको कटारी नगरपालिकाले १५ दिनभित्र बेरुजु फस्र्यौट गर्न सरोकारवालालाई सूचित गरेको छ। नगरपालिकाका कर्मचारी, पूर्व जनप्रतिनिधि, ठेकेदार, उपभोक्ता समिति र अन्य बिभिन्न संघसंस्थाको नाममा रहेको बेरुजु फस्र्यौटका लागि बिहीबार १५ दिनको समय दिएर ताकेता गरिएको हो।
महालेखा परीक्षण कार्यालयले गरेको आर्थिकवर्ष २०७७/०७८ को लेखा परीक्षणमा देखिएको बेरुजु फस्र्यौट गर्न १५ दिनको अवधि दिएर ताकेता गरिएको नगरपालिकाले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ। सूचनामा २०७७/०७८ को वार्षिक प्रतिवेदनले औंल्याएको बेरुजु रकम फस्र्यौट गर्न आउन आग्रह गर्दै अन्यथा नाम सार्वजनिक गर्ने चेतावनी दिइएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीद्वारा हस्ताक्षरित सूचनामा बेरुजु आफ्नो नाममा रहेका नगरपालिकाका कर्मचारी, पदाधिकारी, उपभोक्ता समिति, निर्माण व्यवसायी र बिभिन्न संघ संस्थाहरुलाई पटकपटक फस्र्यौट गर्न ताकेता गर्दै पत्राचार गरे पनि बेवास्ता गरेकाले यो १५ दिनको अन्तिम समय दिइएको उल्लेख छ। यो सूचना अन्तिम पटक भएको भन्दै यसलाई पनि अटेर गरिए बेरुजुकर्ताहरुको नाम सार्वजनिक गर्ने चेतावनी सूचनामा दिइएको छ।
‘आजका मितिले १५ दिनभित्र नगरपालिकाको बेरुजु शाखामा आई आफ्नो नाममा रहेको बेरुजु रकम फस्र्यौटको प्रकृया पुरा गर्न जानकारीका लागि अनुरोध छ’ सूचनामा उल्लेख छ ‘अन्यथा अर्को पटकको सूचनामा बेरुजु कायम रहेका सबै कर्मचारी, पदाधिकारी, विद्यालय, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा संघसंस्थाहरुको नाम सार्वजनिक गरिने जानकारी गराईन्छ।’
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले कटारी नगरपालिकाको बेरुजु आर्थिक वर्ष ०७७÷७८ मा ९ करोड बढी देखाएको छ। जिल्लाका ८ वटा स्थानीयतहमध्ये कटारी सबभन्दा बढी बेरुजु देखिएको स्थानीयतह हो। प्रमुख प्रशासकीय अधिकृत किरातीले आफू आएदेखि नै नगर सुधारमा जोड दिदै आएका छन्। फस्र्यौट नगरे अर्को सूचनामा सबैको नाम सार्वजनिक गर्ने अडान लिएपछि नगरको बेरुजु उठ्ने नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको अनुमान छ। नगरलाई पारदर्शी, चुस्त दुरुस्त प्रशासन र नगरबासीमैत्री सेवा प्रवाहमा आफू सचेत रहेको मेयर श्रेष्ठले बताएका छन्।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...