पूर्व अर्थमन्त्री युवराज खतिवडाले बैंकिङ प्रणालीबाट निकालिएको पैसा हराउने बाटो बन्द नगरी तरलता अभाबको समस्या समाधान नहुने बताएका छन्। शुक्रबार उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रममा खतिवडाले बैंकिङ प्रणालीबाट एलसी खोलेर निकालिएको पैसा आयातित बस्तु चोरी निकासि भएर बाहिरीएको र यहि कारण बैकिङ प्रणालीको पैसा हराएको हुनसक्ने बताए।
खतिवडाले बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा बढीमा ६ महिना भित्र फिर्ता आइसक्नु पर्ने भए पनि अहिले पैसा फिर्ता नआउँदा तरलता अभाव चुलिंदै गएको स्पष्ट पारे। उनले भने‘प्रणालीबाट बाहिरिएको पैसा जति छिटो प्रणालीमा फर्किन्छ। त्यति नै छिटो तरलता अभावको समस्या समाधान हुन्छ।’ कृषि र महिला उद्यमशिलाताका क्षेत्रमा सहूलियत व्याजदरमा ठूलो रकम लगानी भएको तर, प्रतिफल नदेखिएको भन्दै खतिवडाले अब, लगानीको प्रतिफल सरकारले खोज्ने वेला भएको बताए।
उनले यस्ता कर्जामा सरकारले बार्षिक १५ अर्ब भन्दा बढी व्याज अनुदान नै दिएको र यस्तो सहुलियतपूर्ण कर्जाको सदुपयोग भए नभएको लेखाजोखा गर्ने वेला आएको धारणा राखे। उनले लक्षित वर्गलाई लिएको सुविधा टाठा बाठाले अरुनै प्रयोजनका लागि प्रयोग गरेको पनि हुनसक्ने बताए। उनले भने‘ सहुलियत कर्जा र पुनर्कर्जामा २ खर्ब बढी ऋण गएको छ, बार्षिक १५ अर्ब बढी व्याज अनुदान गएको छ। तर, उपलब्धी देखिएको छैन।’
सिमित व्यवसायीले बैंकको धेरै ऋण उपयोग गरेको भन्दै यसले जोखिम निम्त्याउन सक्ने खतिवडाले बताए। उनले उद्योगी व्यवसायीलाई ऋण दिंदा जोखिम बहन गर्न सक्ने क्षमताका आधारमा दिनुपर्ने बताए। धेरै ऋण लिएका व्यवसायी डुवेको खण्डमा नेपालका बैंकहरू डुब्ने जोखिम रहेको खतिवडाले बताए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेपाली उत्पादनको प्रतिश्पर्धात्मक क्षमता बढाउन नसक्दा नेपालमा औद्योगिकरण हुन नसकेको बताए। नेपालका अधिकाँश उद्योगहरूले बाहिरबाट आयात भएका कच्चा पदार्थमा भ्यालु एड गरेर बिक्रि गरिरहे र जवसम्म स्वदेशी कच्चा पदार्थको प्रयोग गरे बस्तुहरू उत्पादन हुँदैन तबसम्म नेपालको आर्थिक अवस्थामा ठूलो सुधार आउन नसक्ने रिजालको धारणा छ।
रिजालले नेपालमै उद्योगका लागि आबश्यक कच्चापदार्थ उत्पादनका लागि ध्यान दिन जरुरी रहेको बताए। कार्यक्रममा मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवनकुमार सारडाले नेपालका मन्त्रीहरू १०÷२० वर्ष पहिले बन्द भएका उद्योग सञ्चालनका लागि अनुगमन गर्दै हिंडेको तर, बजेटमा कर नीति परिवर्तन गरेर बन्द गरिएका उद्योग सञ्चालनको वातावरण तयार गर्न ध्यान नदिएको गुनासो गरे। उनले तत्काल अव्यवहारिक कर नीति परिमार्जन गरी बन्द भएका उद्योग सञ्चालनमा ध्यान दिन सरकारलाई आग्रह गरे।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले सरकारले जीआइ वायर, सेनेटरी प्याड र वनस्पती घीउ उद्योगहरूको समस्या समाधान गर्ने आश्वासन दिए पनि काम भने नभएको बताए। उनले समस्या समाधानका लागि प्रधानमन्त्रीलगायतलाई गुहारीसके पनि अझै समस्या समाधान नभएको गुनासो गरे।
उद्योग संगठन मोरङले आयोजना गरेको कार्यक्रममा सहभागिहरू। तस्बिरः विनोद/नागरिक
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...