उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडु जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) को निरीक्षण भ्रमण गरेर फर्केका छन्। मंगलबार राति अबेर उद्योग आईपुगेका मन्त्री बडु त्यहीँको अतिथिगृहमा बास बसेर बुधबार दिनिभर उद्योगको प्लान्ट तथा खानीक्षेत्रको स्थलगत अनुमगन तथा निरीक्षण गरेका हुन्।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बडु प्रदेश १ को बिराटनगर, दुहवी, इटहरीलगायत बिभिन्न ठाउँका उद्योग तथा कलकारखानाहरुको निरीक्षण भ्रमणका क्रममा उसिउलि आईपुगेको महाप्रबन्धक (जिएम) गोपी न्यौपानेले बताए। न्यौपानेका अनुसार मन्त्री बडुले उद्योग र खानीको निरीक्षणपछि कर्मचारी र मजदुरहरुसँग सात्क्षात्कार गरेका थिए। उनले उद्योगको बचाऊ, बिकास र समृद्धिका लागि मजदुर, कर्मचारी, ट्रेड युनियन र व्यवस्थापनपक्ष सबै मिलेर लाग्नुपर्ने बताएका थिए।
सो अवसरमा मन्त्री बडुसमक्ष जिएम न्यौपानेले त्रियुगा नगरपालिका १६ सिंधालीमा रहेको उद्योगको खानीक्षेत्रमा अर्को प्लान्ट (सिमेन्ट कारखाना) खोल्ने योजना सुनाउँदै सरकारले बजेटलगायत प्राविधिक व्यवस्था गर्न माग गरेका थिए। सो विषयमा सकारात्मक प्रतिक्रिया दिदै बडुले सक्दो सहयोग गर्ने बचन दिएको जिएम न्यौपानेले बताए।
‘मन्त्रीज्युलाई जिएम साबले सिँधालीमा अर्को कारखाना खोल्न प्रस्ताव गर्दै सहयोग गर्न आग्रह गरँे’ जिएम न्यौपानेले भने ‘त्यसमा उहाँले समर्थन गर्दै उद्योग मन्त्रालयबाट हुनसक्ने जत्ति सहयोग गर्न तयार रहेको बचन दिनुभएको छ। आवश्यक बजेट पाएमा यसै आर्थिकवर्ष सिँधालीमा प्लान्ट खोल्ने योजना कार्यान्वयन गछुर््।’
उद्योग निरीक्षणको क्रममा मन्त्रीसँगै रहेका त्रियुगा नगरप्रमुख बसन्त बस्नेतका अनुसार जिएम न्यौपानेले उद्योगमन्त्री बडुलाई उसिउलिसँग चुनढुंगा र रातोमाटोजस्ता कच्चा पदार्थ प्रसस्त रहेको जानकारी दिदै अर्को कारखाना खोल्ने योजना सुनाएका थिए। सरकारबाट बजेट पाए अर्को कारखाना खोल्न सकिने र त्यसो गर्दा सिमेन्ट उत्पादन बढ्नुका साथै रोजगारी सिर्जना भएर अर्थतन्त्रमा टेवा पुर्याउन सकिने न्यौपानेको भनाईले मन्त्री बडुले सकारात्मक प्रतिक्रिया दिएका थिए।
उसिउलिको कच्चा पदार्थ उत्खनन गरी भारतका झारखण्ड र बिहारतर्फ निर्यात गर्नसके मुलुकलाई राम्रो आम्दानी हुने मन्त्री बडुको बुझाई थियो। झारखण्ड र बिहारमा सिमेन्ट उत्पादन गर्ने कच्चा पदार्थ नहुने भएकाले उसिउलिको कच्चा पदार्थ त्यहाँ निकासी गर्न सकिने मन्त्री बडुको आँकलन थियो। काँग्रेसका पूर्व प्रवक्तासमेत रहेका मन्त्री बडु राजधानी फर्कनुअघि मेयर बस्नेतलगायत पार्टीका जिल्लास्तरीय नेता कार्यकर्तासँग उद्योगमै भेटघाट गरेको मेयर बस्नेतले बताए।