प्रदेश १ को सरकारले करिब ९० प्रतिशत पूँजीगत खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयको प्ररम्भीक बिबरण अनुसार प्रदेश १ को सरकारले आर्थिक वर्ष ०७८/७९मा पूँजीगत खर्च ८९.८१ प्रतिशत गरेको उल्लेख छ।
तथ्यांक अनुसार प्रदेश १ को सरकारले चालुतर्फ भने ८४.८१ प्रतिशत मात्रै बजेट खर्च गबरेको छ। प्रदेश १ को कुल बजेट ३४ अर्ब ७६ करोड ८ लाख ५३ हजार मध्ये पूँजीगत तर्फ १८ अर्ब ७६ करोड ८ लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको थियो। जसमा १६ अर्ब ८४ करोड ८४ लाख ५० हजार रुपैयाँ बजेट खर्च भएको छ। यस्तै चालुतर्फ १५ अर्ब ९६ करोड ९९ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा १३ अर्ब ४३ करोड ८३ लाख रुपैयाँ खर्च भएको छ। मन्त्रालयतर्फ आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै भन्दा बढी ९८ प्रतिशत खर्च गरेको छ।
सबै भन्दा कम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकमा उल्लेख छ। यस्तै प्रदेश व्यवस्थापिकाले ९२.०५प्रतिशत, खानेपानी सिंचाई तथा उर्जा मन्त्रालयले ९२.१२ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश १ मा आर्थिक वर्ष ०७८/७९मा कुल बजेटको ८७.१३ प्रतिशत बजेट खर्च भएको छ।