रेडपाण्डा संरक्षणका लागि दुई करोड
०१ साउन २०७९
•
२ मिनेट पाठ
रेडपाण्डा संरक्षणका लागि दुई करोड
ताप्लेजुङमा रेडपान्डा संरक्षणको काम गर्दै संस्था हिमाली संरक्षण मंञ्चले रेडपाण्डा संरक्षण अभियानका २ करोड २ लाख रुपैयाँ खर्चिने भएको छ। जिल्ला परियोजना सल्लाहकार समितिमा आइतबार मञ्चका कार्यक्रम संयोजक रमेश राईले उक्त जानकारी गराएका हुन्।




रेड पान्डा नेटवर्कको सहयोगमा मंञ्चले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा उक्त रकम चार वटा शिर्षकमा खर्च गरिने जनाएको छ। अनुसन्धान तथा अनुगमन,शिक्षा तथा जनचेतना,दिगो जीवीकोपार्जन र पर्यापर्यटन प्रवद्र्धन शीर्षकमा कार्यक्रम संञ्चालन भएको राईले जानकारी दिए। 

आठराई त्रिवेणी गाउँपालिका बाहेक सवै पालिकाको वडामा कार्यक्रम लागु भएको छ। रेडपान्डाको सम्भावित बासस्थान भएको वडामा कार्यक्रम लागू भएको उनले जानकारी दिए। ताप्लेजुङसहित तेह्रथुम र संखुवासभामा पनि कार्यक्रम संञ्चालनमा छ।’ संस्थाले १० वटा विद्यालयमा रेडपान्डा सम्बन्धि पठनपाठन गर्ने गरेको छ। 

विद्यार्थीलाई स्टेशनरी तथा पुरस्कारवापत २ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ। फुङलिङ नगरपालिकाको फुरुम्बुमा अल्लो प्रशोधन कार्यक्रम सञ्चालनमा छ।  पोखरा विश्व विद्यालयले उत्पादित अल्लोको धागो खरिद गर्ने सहमति गरेको छ। पाथीभरास्थित हर्कटे क्षेत्रमा गोठालालाई पाल,सोलार तथा गोठमा प्रयोग गरिने सामाग्री प्रदान गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक राईले बताए। 

विभिन्न ठाउँमा विभिन्न प्रजातिका ९ हजार बढी विरुवा उत्पादन गरी वितरण गरिएको छ। सामुदायिक वनका पदाधिकारीको क्षमता अभिवृद्धिका लागि लेखा र अग्नी नियन्त्रण सम्बन्धि तालिम प्रदान गरेको समेत संयोजक राईले जानकारी दिए। वर्षमा कम्तीमा चार पटकसम्म रेडपाण्डाको बासस्थानको अनुगमन हुने गरेको उनल जानकारी दिए। 

फुङलिङ नगरपालिकाको पाथीभरा र सिरिजंगा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा चरा समेत गणना गरिएका थियो। यसैबीच कार्यक्रममा रेडपान्डाको संख्या घटेको वा बढेको विषयमा गणना गर्नुपर्ने माग उठेको छ। ९ वर्ष अगाडि गणना गरिएको थियो। पुनः गणना गर्न निकै महँगो पर्ने भएकाले तत्काल गणना सम्भव नभएको हिमाली संरक्षण मंञ्चका अध्यक्ष चन्द्रमणि लिम्बूले बताए। 

सल्लाहकार समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमूख छिरिङ् लामाले प्रत्येक पालिकासँग समन्वय गर्ने प्रतिवद्धता जनाएका छन्। शेर्पाले भने संरक्षण आफैमा चुनौतीको विषय भएपनि समन्वय गरेर काम गर्नु साझा दायित्व हुने बताए। कार्यक्रममा पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल,डिभिजनल वन अधिकृत वीरेन्द्र शाह,कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बू लगायतले संरक्षणको कार्यभारमा सरोकारवालाको भूमिका बताएका थिए।
अर्को समाचार
रेडपाण्डा संरक्षणका गर्न यो वर्ष २ करोड ६४ लाख खर्च गरिने
१८ वैशाख २०८३
•
३ मिनेट पाठ
रेडपाण्डा संरक्षणका गर्न यो वर्ष २ करोड ६४ लाख खर्च गरिने
खगेन्द्र अधिकारी




दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षण तथा संरक्षण शिक्षाका कार्यक्रमका लागि ताप्लेजुङमा सन् २०२६ भित्र २ करोड ६४ लाख ४३ हजार ७८८ रुपैयाँ खर्च गरिने भएको छ। रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा हिमाली संरक्षण मञ्चमार्फत उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो।

हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार प्रस्तावित बजेट सन् २०२५ को वार्षिक खर्चभन्दा उल्लेख्य रूपमा बढी हो। मञ्चले सन् २०२५ को डिसेम्बरसम्म रेडपाण्डा संरक्षण अभियान तथा संरक्षण शिक्षामा १ करोड ४२ लाख ९२ हजार ९५५ रुपैयाँ खर्च गरिसकेको जनाएको छ।

उनका अनुसार आगामी बजेट रेडपाण्डा अनुसन्धान तथा अनुगमन, संरक्षण शिक्षा, जनचेतना अभिवृद्धि, दिगो जीविकोपार्जन तथा पर्यापर्यटन प्रवर्द्धनमा खर्च गरिनेछ।

ताप्लेजुङका ९ स्थानीय तहमध्ये आठराई त्रिवेणी गाउँपालिका बाहेक एक नगरपालिका र सात गाउँपालिकाका १५ वडामा रेडपाण्डा संरक्षण अभियान सञ्चालन भइरहेको छ। आठराई त्रिवेणी क्षेत्रमा रेडपाण्डाको वासस्थान पुष्टि नभएकाले हालसम्म कार्यक्रम विस्तार नगरिएको मञ्चले जनाएको छ।

कार्यक्रम १४ वटा सामुदायिक वन उपभोक्ता समिति तथा सिदिङ्वा गाउँपालिका–६ मेहेलेस्थित एक राष्ट्रिय वन क्षेत्रमा कार्यान्वयनमा रहेको छ। यसबाट २४ हजार ३०० घरधुरी प्रत्यक्ष लाभान्वित भइरहेको जानकारी दिइएको छ।

कार्यक्रमअन्तर्गत रेडपाण्डा अनुगमन ब्लक पुनःरेखांकन, नियमित अनुगमन, चोरी सिकारी तथा चोरी निकासी नियन्त्रण, आवश्यक उपकरण खरिद तथा रेडपाण्डा बुलेटिन प्रकाशन गरिनेछ।

यस वर्ष रेडपाण्डाको क्यामरा ट्र्यापिङका लागि आवश्यक उपकरण खरिद गर्न समेत बजेट विनियोजन गरिएको संयोजक राईले बताए।

रेडपाण्डाका मुख्य वासस्थान क्षेत्रका विद्यालयमा रेडपाण्डा तथा वातावरण संरक्षणसम्बन्धी स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ। यसअघि मयाम मावि फुरुम्बु, सिद्धकुमारी आधारभूत विद्यालय तिरिङ्गे, सिँवा मावि लिङखिम, लक्ष्मी मावि मामाङ्खे, महेन्द्र आधारभूत विद्यालय लिङखिम, कञ्चनजंघा मावि याम्फुदिन तथा सरस्वती च्यारिवुक मावि लेलेपमा उक्त पाठ्यक्रम कार्यान्वयनमा आइसकेको छ।

यस वर्ष फुङलिङ नगरपालिका स्थित साङ्कदेछ्योलिङ गोन्पा विद्यालय, बुङकुलुङमा पनि उक्त पाठ्यक्रम लागू गरिनेछ।

त्यस्तै कार्यक्रम क्षेत्रभित्रका ११ विद्यालयमा इको क्लब गठन गरी रेडपाण्डा तथा वातावरण संरक्षण शिक्षा अभियान सञ्चालन भइरहेको मञ्चले जनाएको छ।

कार्यक्रमअन्तर्गत रेडपाण्डाको आहार प्रजातिका बिरुवा उत्पादनका लागि नर्सरी स्थापना, वृक्षरोपण, पानीपोखरी निर्माण, कुकुरमा रेबिजविरुद्ध खोप तथा बन्ध्याकरण अभियान पनि सञ्चालन गरिनेछ।

जिल्लास्थित सरोकारवालाले डिभिजन वन कार्यालय लगायत निकायका कार्यक्रमसँग दोहोरोपन नहुने गरी योजना सञ्चालन गर्न सुझाव दिएका छन्। साथै चोरी सिकारी तथा वन्यजन्तु निकासी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुशिक्षणमूलक कार्यक्रम सञ्चालन गर्न पनि प्रस्ताव गरिएको छ।

कार्यक्रम संयोजक राईले यी सुझाव आगामी कार्ययोजनामा समेटेर अघि बढाइने बताए।

जिल्ला परियोजना सल्लाहकार समितिको बैठकले सन् २०२५ मा सञ्चालित कार्यक्रमको समीक्षा गर्दै सन् २०२६ को प्रस्तावित कार्यक्रम सुझावसहित कार्यान्वयनमा लैजान हिमाली संरक्षण मञ्चलाई सिफारिस गरेको छ।

समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले संरक्षण अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गरिने बताए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस