लामो समयदेखि मन्त्रीको निगाहबाट प्राप्त हुने परम्परालाई तोड्दै उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउसि) जलजलेको अध्यक्ष छनौट अव खुल्ला प्रतिस्पर्धाबाट गरिने भएको छ। पूर्ण सरकारी स्वामित्वको उसिउलि सञ्चालक समितिको अध्यक्ष बन्न अव खुल्ला प्रतिस्पर्धा गर्नुपर्ने प्रावधान उद्योग मन्त्रालयले अघि सारेको हो।
उसिउलिको अध्यक्ष नियुक्ति प्रक्रिया यसअघि मन्त्री वा सरकारले चाहेको मान्छे हुने परम्परा थियो। उद्योग मन्त्रीले चाहेको मान्छे भए अध्यक्ष बन्न काविल हुने उद्योग स्थापनादेखिको परम्परा तोड्दै मन्त्रालयले यसपालिदेखि खुल्ला प्रतिस्पर्धाबाट चयन गर्ने नयाँ नीति अख्तियार गर्न लागेको हो। मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै सञ्चालक समिति अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धा गरी छनौट गर्ने जनाएको छ।
उसिउलिमा झण्डै ३ वर्षदेखि अध्यक्ष पद रिक्त रहेको छ। पछिल्लो अध्यक्ष नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा हालका परराष्ट्रमन्त्री डा. नारायण खड्काका सहोदर भाई अक्रुर खड्काको २ वर्षे कार्यकाल ०७५ मा सकिएयता सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको छैन। राजनीतिक नियुक्ति नभएको अवस्थामा उद्योग तथा बाणिज्य मन्त्रालयका सहसचिवलाई अध्यक्ष तोक्ने प्रावधान छ। जस अनुसार रिक्त अध्यक्षमा हाल सहसचिव चन्द्रकला पौडेलले भूमिका निभाउँदै आएकी छिन्। अध्यक्ष नियुक्तिका लागि जारी सूचना अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले ७ दिनभित्र मन्त्रालयमा दरखास्त दिनुपर्ने छ।
‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका २०७८’ बमोजिम योग्यता र अनुभव भएकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। त्यसैगरी मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकतह उपाधि प्राप्त गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्यानुभव भएको हुनुपर्ने पनि सूचनामा उल्लेख छ। नैतिक पतन देखिने कुनै पनि फौजदारी अभियोगमा सजाय पाएको व्यक्तिले आवेदन दिन नपाउने तथा ३५ वर्ष पुरा गरी ६५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान पनि राखिएको छ।
जापान सरकारको सहयोगमा ०४६ सालमा स्थापना भएको उद्योगले ०४९ देखि गैडा छाप सिमेन्टको व्यवसायिक उत्पादन थालेको हो। त्यसबेलादेखि अहिलेसम्म सरकार चलाउने पार्टी र मन्त्रीको नजिककाहरु सञ्चालक समितिको अध्यक्ष हुँदै आएका थिए। प्रोटोकलमा महाप्रबन्धक (जिएम) भन्दा माथि र मन्त्रीभन्दा मुनिको हैसियत भए पनि अध्यक्षलाई कार्यकारी अधिकार दिएकोबाहेकमा महाप्रबन्धक नै उद्योगका हर्ताकर्ता हुने व्यवस्था उद्योग सञ्चालन ऐनले गरेको छ।
यसअघिका अध्यक्षलाई एउटा सवारी साधन, बैठक भत्ता, काम विशेषले देशभित्र र बाहिर हिडडुल गर्दा दैनिक भ्रमणभत्ता र अन्य तोकिए बमोजिम सरकारी सेवासुविधाबाहेक आकर्षक सुविधाको व्यवस्था नभएको उद्योगले जनाएको छ। खुल्ला प्रतिस्पर्धाबाट छनौट हुने अध्यक्षको सेवासुविधाको हकमा भने सूचनामा ‘सम्बन्धित निकायको नियमानुसार’ भन्ने उल्लेख छ।
खुल्ला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त गर्ने व्यवस्था मन्त्रालयले गरेपछि राजनीतिक नियुक्त दिने र लिने दाउमा रहेका नेता कार्यकर्ता हिस्स हुन पुगेको बताइएको छ। गठबन्धन सरकारमा उद्योग मन्त्रालय नेपाली काँग्रेसको भागमा परेकाले अध्यक्ष खाने दाउमा रहेका पार्टीनिकट कार्यकर्ताहरु अव प्रतिस्पर्धाबाट छनौट भएर आउनुपर्ने अवस्था सिर्जना भएको छ। अध्यक्ष हुनका लागि उदयपुरकै आधादर्जन हाराहारी अगुवा काँग्रेसी कार्यकर्ताले पार्टीमा लविङ गरिरहेको र केहीको नाम सिफारिससमेत भईरहेको पार्टी स्रोतले जनाएको छ।
काँग्रेसले अध्यक्षमा त्रियुगा नगरपालिका १० का केशव बस्नेत र त्रिनपा ४ बगाहाका मुरारी खड्काको नाम सिफारिस गरेको बताइएको छ। बस्नेत पुराना काँग्रेसी नेता हुन् भने अधिवक्ता खड्का यसअघि उद्योगको कानुनी सल्लाहकार भईसकेका कानुन व्यवसायी हुन्। उनीहरुमध्ये एकले अध्यक्षको नियुक्ति लिने अड्कलबाजी चलिरहेकै बेला मन्त्रालयले खुल्ला प्रतिस्पर्धाको नीति अख्तियार गरेपछि उनीहरु पनि प्रतिस्पर्धाकै ढोकाबाट छिर्नुपर्ने उद्योगले जनाएको छ।
जिएम गोपीकृष्ण न्यौपानेका अनुसार उसिउलिमा २ जना विज्ञ सदस्यसहित ११ सदस्यीय सञ्चालक समितिको व्यवस्था छ। सत्तारुढ दलबाट अध्यक्ष, ५ खुल्ला सदस्य र दुई विज्ञ सदस्य नियुक्त गर्ने समितिमा अर्थ र उद्योग मन्त्रालयका १–१ पदेन सदस्य तथा जिएम सदस्यसचिव हुने व्यवस्था छ। जसमध्ये यसअघिको सरकारबाट मनोनित २ विज्ञसहित ५ सदस्यको पदावधि गत महिना सकिएको छ। रिक्त अध्यक्षलगायत पदपूर्तिं गर्ने तयारीमा सरकार रहेको र केहीदिनभित्रै निर्णय हुने जिएम न्यौपानेले बताएका छन्।