नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गत महालेखा नियन्त्रण कार्यालय (मलेनिका)ले सञ्चालनमा ल्याएको ‘स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र)’ सहजरुपमा नचलेका कारण करोडौंका योजनाको भुक्तानी रोकिएको भन्दै यहाँका सरोकारवालाहरुले केही समय सुत्र खुलाउन आग्रह गरेका छन्। मलेनिकाले असार २५ गते राति १२ः०० बजेपछि स्वतः बन्द हुने व्यवस्था मिलाएको सुत्र तोकिएको समयभन्दा २४ घण्टा अगावै चल्न छाडेकाले सम्पन्न भईसकेका योजनाहरुको पनि भुक्तानी रोकिएको भन्दै खोल्न आग्रह गरेका हुन्।
सुत्र राम्ररी नचल्दा खासगरी प्रदेश र स्थानीयतहका योनजाहरुको भुक्तानी रोकिएको कार्यालयहरुले जनाएका छन्। सुत्र डाउन (सुस्त) भएर काम नगर्दा कागजात सबै तयार गरेर बुझाए पनि चेक बनाउन नसकेर पुँजीगत र चालुतर्फका बिभिन्न योजना र शीर्षकको रकम भुक्तानी हुन नसकेको गुनासो गर्दै उनीहरुले मलेनिकाले केही समयलाई सुत्र खोल्नुपर्ने माग गरे। तोकेको समय असार २५ गते राति १२ बजेको सीमाभन्दा २४ घण्टाअघिदेखि नै सुत्र डाउन भएपछि कागजात तयार गरेर भुक्तानी आदेश दिए पनि चेक बन्न नसकेको भुक्तानी सुचारु गर्न सुत्र खुल्नुपर्ने उनीहरुको माग छ।
जिल्लास्थित प्रदेश सरकार मातहतका १२ कार्यालय तथा ८ स्थानीयतहमध्ये कतिपयको पुँजीगत खर्च र सशर्ततर्फका कार्यक्रमसमेतको भुक्तानी रोकिन पुगेको छ। सम्पन्न योजनाको कागजात तयार गरेर भुक्तानी आदेश दिइसके पनि सुत्र सुस्त हुँदा पैसा निकासा हुन रोकिएपछि निर्माण कम्पनी र उपभोक्ता समितिलाई समस्या परेको छ। प्रदेश मातहत सबभन्दा धेरै बजेट परिचालन गर्ने पूर्वाधार विकास कार्यालयबाट सञ्चालित ३ वटा सडक र पुलका योजना महिनौँअघि सम्पन्न भए पनि भुक्तानी रोकिएर समस्या भएको पवित्र निर्माण सेवा गाईघाटले जनाएको छ।
निर्माण कम्पनी सञ्चालक केदार दाहालले विगत वर्षहरुदेखि गरेको बिभिन्न सडक निर्माणवापतको भुक्तानी लिनुपर्ने ६ करोड बढी रकम बाँकी भए पनि यो वर्ष पनि लिन नपाएको बताए। यो वर्ष सबै भुक्तानी दिन कार्यालय तयार भए पनि सुत्र नचलेकै कारण लिन नपाएको दाहालले गुनासो गरेका छन्। ‘गत वर्ष नै काम सम्पन्न भएको निर्माणाधीन मयनटार–माझखर्क सडक, साउने–धाब्लाङलगायत बिभिन्न सडक योजनाको रकम बाँकी थियो’ दाहालले भने ‘यो वर्ष सबै दिने भनेकोमा अन्तिममा आएर सुत्र चलेन भन्दै भुक्तानी पाइएन।’
पूर्वाधार विकास कार्यालय प्रमुख (डिई) जीतेन्द्रकुमार कर्णले काम सम्पन्न भएर भुक्तानी आदेश दिए पनि सुत्र नचल्दा भुक्तानी दिन नसकेको बताए। एउटा सडक, एउटा पुल र एउटा मर्मतसंभार गरी ३ वटा योजना सम्पन्न भईसके पनि भुक्तानी दिनुपर्ने २ करोड हाराहारी रकम सुत्र डाउन भएकै कारण रोकिएको कर्णले बताए। काम सम्पन्न गरे पनि सर्भरको समस्याले भुक्तानी दिन नसक्दा निर्माण कम्पनी र उपभोक्ता समितिका मान्छे कार्यालयप्रति गुनासो गर्ने गरेको डिई कर्णको भनाई छ।
‘योजनाको काम सम्पन्न गरेकै हुन्, हामीले अनुगमन गरेर भुक्तानी दिन सबै कागजात बनाएर भुक्तानी आदेश दिइसकेको हो’ डिई कर्णले भने ‘तर, सर्भर चल्दै चलेन, सुत्रले ह्याङ भएर काम नगरेपछि चेक बनाउन चाहे पनि दिन सकेनौँ, प्रयास गर्दागर्दै राति १२ बजेपछि आफै अफ भयो।’
प्रदेश मातहतका स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र, भेटनरी तथा पशु विज्ञ केन्द्र, सिंचाई डिभिजन, डिभिजन वन, सगरमाथा आयुर्वेदिक अस्पताल, कोसी जलाधार क्षेत्र, कृषि सामग्री, खानेपानी फिल्ड कार्यालयलगायतको पनि छिटफुट भुक्तानी रोकिन पुगेको बताइएको छ। असार २३ गते र २४ गते विहानसम्म भने सर्भर दु्रत गतिमा चलेकाले त्यसबेलासम्मको भुक्तानी सहज थियो।
२५ गते राति १२ बजेसम्मको समय सीमा तोकिएको अवस्थामा २४ गते मध्यान्हसम्म सुत्र राम्रै चलिरहेकोमा त्यसपछि भने सुस्त हुन थालेको प्रदेश कोलेनिकाका लेखा अधिकृत विजय गेलालले बताए। गेलालका अनुसार प्रदेश कोलेनिकामा भुक्तानी आदेशसहित आएका फायलहरु फटाफट क्लिक गर्दागर्दै सुत्र डाउन भएपछि रातभर बसेरै काम गर्दा पनि कतिपय कार्यालयको भुक्तानी छुटेको छ।
संघतर्फको भुक्तानीको भने २५ गतेको समयसीमा नभएकाले त्यस्तो खासै समस्या नभएको कोलेनिकाका लेखापाल कृत रायमाझीले बताए। २४ गतेदेखि २५ गते रातिसम्म सर्भर निकै सुस्त भएर केही समस्या आए पनि त्यसपछि स्थानीयतह र प्रदेशको सुत्र बन्द भएकाले संघतर्फको काम फटाफट भईरहेको उनले बताए। उदयपुरमा संघतर्फ जिल्ला प्रशासन, मालपोत, नापी, शिक्षा विकास समन्वय, प्रहरी, सशस्त्र, नेपाली सेना, अदालत, सरकारी वकिल, सडक, मदन भण्डारी लोकमार्ग आयोजना, त्रियुगा नदी व्यवस्थापन कार्यालयलगायत छन्।
त्यसैगरी स्थानीयतहतर्फ त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका तथा गाउँपालिकातर्फ लिमचुङबुङ, ताप्ली, रौतामाई र उदयपुरगढी गरी ८ वटा पालिका रहेका छन्। पालिकातर्फ प्राय सबैमा केही न केही भुक्तानी रोकिएको उनीहरुले जनाएका छन्। सबभन्दा बढी रौतामाई गाउँपालिकाको झण्डै ५ करोड हाराहारी भुक्तानी रोकिएको छ। समयमा अनुगमन र बील नबनेका कारण भुक्तानी गर्न नसकिएको लेखापाल भुपध्वज रायमाझीले बताए। उनका अनुसार बील ढिला आउनुका साथै सुत्र सुस्त हुँदा सडक, भवन र मर्मतलगायत योजनाको भुक्तानी रोकिएको हो। उनले पुँजीगत बजेट भएकाले फ्रिज हुने हुँदा केही घण्टा मात्र सुत्र सुचारु भए पनि भुक्तानी दिन पाए उत्तम हुने बताए।
यता सदरमुकामस्थित त्रियुगा नगरपालिकाकै दुईदर्जन हाराहारी योजनाको भुक्तानी रोकिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले बताएका छन्। काम सकिएर रकम निकासाको लाईनमा रहेका २३ वटा योजना र अन्य थुपै्र शीर्षकको भुक्तानी सुत्र नचलेकै कारण रोकिएको ढकालले बताए। उनले २४ घण्टा मात्र सुत्र सुचारु गर्ने हो भने सबै भुक्तानी गर्न सकिने बताउँदै मलेनिकाले यति काम गरिदिए धेरै योजनाको रकम फ्रिज हुनबाट बँच्ने बताए।
नगरपालिकाकी लेखा अधिकृत बिनया बस्नेतले असार मसान्तको अन्तिम समयमा हरेक वर्ष सुत्रमा समस्या आउने गरेको बताईन्। देशभरका कार्यालयले एकैचोटी चलाउने हुँदा सुत्र ढिला हुने गरेको उनले बताईन्। एउटा चेक बनाउन अरु बेला ३ मिनट लाग्ने गरेकोमा असार २४ गतेयता आधा घण्टासम्म समय लाग्ने गर्दा चाहेर पनि फटाफट भुक्तानी गर्न नसकिएको उनले बताईन्। लेखापाल बाबुराजा प्रजापतिले सुत्र ढिला चल्नुसँगै केही योजनाको फाईल लेखा शाखामा ढिला आउनुले पनि भुक्तानी हुन नसकेको बताए।