नेपालका चार वटा औद्योगिक प्रतिष्ठानले एक वर्षको अवधिमा १२ खर्ब एक अर्ब मूल्य बराबरको वस्तु तथा सेवा उत्पादन गरेका छन्। केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/७६ मा चार वटा औद्योगिक प्रतिष्ठानले आठ खर्ब ४६ अर्ब लागत खर्च गरेर १२ खर्ब एक अर्ब रूपैयाँ बराबरको वस्तु तथा सेवा उत्पादन गरेको देखाएको छ।
केन्द्रीय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ को राष्ट्रिय तहको नतिजा सार्वजनिक गर्दै औद्योगिक उत्पादन, खानी तथा उत्खनन्, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा पानीको आपूर्ति, ढल–निकास लगायतका चारवटा औद्योगिक प्रतिष्ठानले नेपालको अर्थतन्त्रमा तीन खर्ब ५४ अर्ब बराबरको मूल्य अभिवृद्धि गरेको जानकारी गराएको छ।
केन्द्रीय तथ्यांक विभागका निर्देशक विनोदशरण आचार्यले विभागले राष्ट्रिय औद्योगिक सर्वेक्षणले नेपालका चार वटा औद्योगिक प्रतिष्ठानमा करिब पाँच लाख संलग्न रहेको बताए। ‘चार वटा औद्योगिक प्रतिष्ठानमा चार लाख ९१ हजार आवद्ध रहेका छन्,’ उनले भने– ‘चारवटा औद्योगिक प्रतिष्ठानमा वार्षिक तलवी कामदारको रूपमा कार्यरतको संख्या भने तीन लाख ८१ हजार मात्र रहेका छन्। यी भन्दा बाहेकका प्रतिष्ठानका रहेका आफन्त तथा परिवारका सदस्य रहेका छन्।’
सर्वेक्षण अनुसार औद्योगिक उत्पादन क्षेत्रमा तीन लाख ४६ हजार, विद्युत् ग्यास लगायतको क्षेत्रमा १७ हजार २ सय, खानी तथा उत्खनन् क्षेत्रमा ५७ सय र पानीको आपूर्ति तथा ढल निकास लगायतको क्षेत्रमा १२ हजार ५ सय भन्दा धेरैले रोजगारी पाएका छन्।
विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ को सन्दर्भ वर्षमा नेपालमा ६० हजार एक सय ८५ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेका छन्। औद्योगिक उत्पादन क्षेत्रमा ५६ लाख ६ सय ११ वटा, पानीको आपूर्ति, ढल–निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा २२ सय २४ वटा, विद्युत् ग्यास, बाफ तथा वातानुकूलित सेवामा ९ सय ९४ वटा र खानी तथा उत्खनन् क्षेत्रमा ३ सय ५६ वटा औद्योगिक प्रतिष्ठान रहेका छन्।
लकडाउनको समयमा ६३ प्रतिशत उद्योगधन्दाको उत्पादन ठप्प
कोभिड –१९ को महामारीको समयमा सरकारले गरेको करिब चार महिनाको लकडाउनको अवधिमा ६३ प्रतिशत उद्योग प्रतिष्ठानहरू पूर्ण रूपमा बन्द भएको सर्वेक्षणले देखाएको छ। २४ प्रतिशत उद्योग प्रतिष्ठानहरू आशिंक रूपमा मात्रै सञ्चालनमा रहेका थिए। १३ प्रतिशत उद्योग प्रतिष्ठानहरू मात्रै पूर्ण रूपमा सञ्चालनमा रहेको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणले लकडाउनको समयमा करिब १७ प्रतिशत कामदारहरूले बिना सुविधा स्थायी रूपमा आफूले गरिरहेको काम छाड्नुपरेको देखाएको छ। त्यसैगरी ६० प्रतिशत कामदारहरू बिना तलव सुविधा अस्थायी रूपमा कामबाट अलग भएका थिए। त्यसैगरी ११ प्रतिशत कामदारले तलब/सुविधा आशिंक रूपमा कटौती भएको थियो। बाँकी १२ प्रतिशत कामदारले तलब/सुविधा निर्धारित समयभन्दा ढिला भएको सर्वेक्षणले देखाएको छ।
औद्योगिक सर्वेक्षण अनुसार औद्योगिक प्रतिष्ठानहरूले ६ खर्ब २५ अर्ब ७२ करोड बराबरको रकम खर्चेर ८ खर्ब ६१ अर्ब ५ करोड मूल्य बराबरको औद्योगिक वस्तु उत्पादन गरेका छन्। केन्द्रीय तथ्यांक विभागले शुक्रबार राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ को राष्ट्रिय तहको नतिजा सार्वजनिक गर्दै विगतको वर्षको तुलनामा औद्योगिक वस्तुको लागत खर्च बढेको देखाएको छ।
राष्ट्रिय औद्योगिक गणना, २०६९ मा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानहरूले करिब २ खर्ब ४१ अर्ब ७७ करोड मूल्य बराबरको रकम लागतको रूपमा खर्च गरेर ३ खर्ब २२ अर्ब ५५ करोड मूल्य बराबरको औद्योगिक वस्तु उत्पादन गरेका थिए। विभागका अनुसार २०६९ सालमा ठूला उत्पादनशील औद्योकि प्रतिष्ठानहरूले नेपालको अर्थतन्त्रमा ८० अर्ब ७८ करोड बराबरको मूल्यअभिवृद्धि गरेका थिए भने। हालसालै गरिएको औद्योगिक सर्वेक्षणबाट ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानहरूले नेपालको अर्थतन्त्रमा करिब खर्ब ३५ अर्ब ३३ करोड बराबरको मूल्यअभिवृद्धि गरेको देखिन्छ।
सर्वेक्षण अनुसार सन्दर्भ अवधिमा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरूमध्ये करिब ७६ प्रतिशत उद्योगप्रतिष्ठानहरू २७० दिन वा सोभन्दा धेरै दिन सञ्चालनमा आएको देखाएको छ। त्यसैगरी १९ प्रतिशत उद्योग प्रतिष्ठान भने १८० देखि २६९ दिन सञ्चालनमा आएका थिए। ४ प्रतिशत उद्योग प्रतिष्ठानहरू ९० देखि १७९ दिन मात्रै सञ्चालनमा आए। बाँकी रहेका १ प्रतिशत उद्योग प्रतिष्ठानहरू ९० दिनभन्दा कम सञ्चालनमा आएका थिए।