बाग्मती प्रदेशमा आठ महिनामै १ लाख १५ हजार सवारी साधन थपिए
२० असार २०७९
•
२ मिनेट पाठ
बाग्मती प्रदेशमा आठ महिनामै १ लाख १५ हजार सवारी साधन थपिए
चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा बाग्मती प्रदेशमा एक लाख १५ हजार ५७ वटा सवारीसाधन थपिएका छन्। बाग्मती प्रदेश यातायात, श्रम तथा रोजगार मन्त्रालयका अनुसार सो अवधिमा दुई पाङ्ग्रे ९६ हजार ५ सय २७ वटा र चार पाङग्रे १८ हजार ५ सय ३० वटा सवारी साधन थपिएका हुन्। मन्त्रालयका अनुसार चालु आवको फागुन मसान्तसम्मको अवधिमा बाग्मती प्रदेशमा दर्ता हुने कुल सवारी साधनको संख्या झण्डै १८ लाख पुगेको छ।




संघीय राजधानी शहर काठमाडौं उपत्यकासहितको बाग्मती प्रदेशमा सवारी साधन बर्सेनी डेढ लाखको हाराहारीमा सवारीको संख्या थपिँदै आइरहेको छ। मन्त्रालयका अनुसार आव २०७५/७६ को असार मसान्तसम्मको अवधिमा १४ लाख २९ हजार १ सय ६९ सवारीसाधन दर्ता भएका थिए। त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा कोभिड १९ को कारणले एक लाख ६ हजार २ सय २७ सवारीसाधन बाग्मती प्रदेशमा थपिएर कुल सवारी साधनको संख्या १५ लाख ३५ हजार ३ सय ९६ वटा पुगेको थियो।  

त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा १ लाख ४६ हजार ४ सय १४ सवारीसाधन बाग्मती प्रदेशमा थपिएर १६ लाख ८१ हजार ८ सय १० वटा पुगेको थियो। चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा बाग्मती प्रदेशमा एक लाख १५ हजार ५७ वटा सवारी साधन थपिएका छन्। अहिले उपत्यकामा सडकको कुल लम्बाइ २ हजार ८६ किलोमिटर पुगेको छ। यस अवधिमा उत्पत्यकामा सवारी साधन भने दोब्बर बढी थपिएका छन्। ट्राफिक इञ्जिनियर आशिष गजुरेलले सार्वजनिक यातायातमा सुधार नभएकाले पनि नेपालमा दुई पाङग्रे सवारीसाधनको आयात ह्वातै बढेको बताउँछन्।

‘जुन मुलुकमा सार्वजनिक यातायात सुध्रिएको हुँदैन। त्यो मुलुकमा अत्यधिक मात्रामा दुई पाङ्ग्रे सवारीसाधन आयात हुँदै आइरहेको छ,’ उनले भने, ‘दुई पाङग्रे सवारी साधन खरिदमा तुलनात्मक रूपमा सस्तो र चलाउन पनि सहज हुने भएकाले ग्राहकको उपयुक्त विकल्प बन्न पुगेको हो।’  

दुई पाङग्रे सवारीसाधनको लहर

कोभिड १९ महामारीपछि दुई पाङग्रे सवारी साधन चढ्ने यात्रुको संख्या ह्वातै बढेको छ। कोभिडको समयमा सार्वजनिक यातायातमा अत्यधिक भीडभाड हुने भएकाले पनि सर्वसाधारणको दुई पाङग्रे सवारीसाधनतर्फ आकर्षण बढेको हो। मन्त्रालयका अनुसार दुई पाङग्रे सवारीसाधनको दर्ता अत्यधिक हुने गरेको देखाएको छ। आव २०७६/७७ मा कुल एक लाख ६ हजार २ सय २७ सवारीसाधन थपिएका मध्ये दुईपाङग्रे सवारीसाधनको संख्या भने ८७ हजार ८ सय ३० रहेको थियो। त्यस्तै गरी आव २०७७/७८ मा पनि बागमती प्रदेशमा दुई पाङ्ग्रे सवारी साधन थपिने क्रम ह्वातै बढ्यो। सो अवधिमा १ लाख २६ हजार ५ सय ४९ दुई पाङ्ग्रे सवारी साधन थपिएका थिए। त्यसैगरी आव २०७८/७९ को फागुन मसान्तसम्मको अवधिमा ९६ हजार ५ सय २७ दुई पाङग्रे सवारी साधन दर्ता भएका छन्।  

ट्राफिक इञ्जिनियर गजुरेलले चार पाङ्ग्रे सवारी साधनको तुलनामा दुई पाङग्रे सवारीसाधन चलाउँदा रिस्क धेरै हुने गरेको बताउँछन्। ‘चार पाङग्रे सवारी साधनको तुलनामा दुई पाङ्ग्रे सवारी साधन चलाउन धेरै रिस्क भए पनि सर्वसाधारणले बाध्यताले चलाउँदै आइरहेका छन्,’ उनले भने, ‘सरकारले जबसम्म सार्वजनिक यातायात सहज र सरल बनाउँदैन तबसम्म दुई पाङ्ग्रे सवारी साधनको आयात पनि घट्ने देखिँदैन।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस