अपांगता भएका युवकको अनुकरणीय व्यवसाय
१९ असार २०७९
•
४ मिनेट पाठ
अपांगता भएका युवकको अनुकरणीय व्यवसाय
इलामको माइजोगमाई गाउँपालिका–३, गुप्तीका किसान भानु थामी।
देशमा रोजगारीको अवसर नपाएको भन्दै विदेशिने युवाको संख्या इलाममा पनि थोरै छैन। कृषि क्षेत्रमा उर्बर मानिने इलामका युवा प्रोत्साहन र प्रविधिको अभावले कृषि क्षेत्रबाट विमुख हुँदै रोजगारी खोज्न विदेश जाँदैछन् तर यहीं सम्भावना देखेर मेहनत गर्ने युवाले चाहिँ निराश हुनु परेको छैन। ती युवा अहिले अरूका लागि समेत प्रेरणाको स्रोत बनिरहेका छन्। यतिसम्म कि शारीरिक अपांगता भएर पनि कृषि क्षेत्रमा उदाहरणीय बनेका युवकको सफलताको कथा पढ्न अब इलामभन्दा बाहिर गइरहनुपर्दैन। माइजोगमाई गाउँपालिका–३, गुप्तीका युवक भानु थामी अपांग छन् तर उनी कृषिकर्मबाट सफल युवा उद्यमीका रूपमा चिनिँदैछन्।  




थामीको दाहिने हातको नाडीभन्दा तलको भाग छैन। ६ वर्षको हुँदा हातमा घाउ भयो। त्यतिबेला इलामकै बांगिनमा घर भएका थामीको तत्काल उपचार सम्भव भएन। पछि भारतको दार्जिलिङमा उपचार त भयो तर हात काम लागेन। काटेर फाल्नुपर्ने भएपछि उनले नाडीभन्दा तलको भाग गुमाउनुपर्‍यो तर थामी निराश भएनन्। आर्थिक अवस्था कमजोर भएको परिवारको गर्जाे टार्नेक्रममा थामीले हरेस खाएनन्। ‘एउटा हातको मुख्य भाग नभए पनि म अरूभन्दा कमजोर छैन भन्ने नै लाग्थ्यो र लाग्छ,’ उनले सुनाए, ‘आफूलाई कमजोर ठानेर कहिल्यै प्रगति गर्न सकिँदैन।’  

बिहान–बेलुका हातमुख जोर्ने चाँजो मिलाउन उनले सुरुमा व्यापार–व्यवसाय गरे । गाउँमा उत्पादन भएको अदुवा, अलैंची, कुचो, मटरजस्ता नगदेबाली खरिद गर्दै घोडामा बोकाएर बजार लगेर बेच्न थाले। बजारबाट उपभोग्य सामग्री गाउँबासीलाई घर–घरमा पुर्‍याइदिन थाले। शुक्रबारे, गुप्ती, नयाँबजार र लप्सीबोटेमा उनका किराना पसल थिए। पत्नी संगीताले हरकाममा उत्तिकै साथ दिइन्। छोराहरू वैदेशिक रोजगारीमा गए, परिवार छुट्टियो। व्यवसाय राम्रो चलिरहे पनि त्यसलाई निरन्तरता दिन सकेनन्।  

व्यवसायबाट अलि–अलि जम्मा भएको पैसाले गुप्तीमा करिब ४० रोपनी जग्गा किने। ३० रोपनी जमिन पहिला नै थियो। निर्वाहमुखी हिसाबले खेतीपाती र पशुपालन गरिरहेका थामी अब विस्तारै व्यावसायिक खेतीतिर आकर्षित भए। जीवन चलाउन सहज बन्दैगयो।

२०७२ सालतिर उनले करुणा फाउन्डेसनबाट खेतीपातीसम्बन्धी तालिम लिने अवसर पाए। मौसमी–बेमौसमी खेतीको सीप सिके। मौरी, गाईवस्तु, बाख्रापालनको प्राविधिक ज्ञान हासिल गरे। उद्यमशीलता तालिम पाए। उनलाई अहिलेको सफलता हात पार्ने ‘टर्निङ’ पोइन्ट नै करुणासँगको सम्पर्क भइदियो। ‘करुणासँग जोडिएपछि मैले कृषिमा काम गर्ने आशारशीला पाएँ,’ उनले भने, ‘खेती गर्छु भनेर मात्र नहुनेरहेछ, थोरै लगानी र मेहनतबाट राम्रो आम्दानी लिन त्यहीअनुुसारको ज्ञान र सीप चाहिनेरहेछ ।’  

उनले सुरुमा अकबरेका ७ हजार बिरुवा लगाए। त्यसबाट एक वर्षमा ३ लाख रूपैयाँ आम्दानी भयो। दोस्रो वर्ष अकबरेका ११ हजार बिरुवा रोप्दा झन्डै ५ लाख रूपैयाँ आम्दानी भयो। अहिले उनले बारीमा १ सय १५ मन (प्रतिमन ४० किलो) अदुवा लगाएका छन्। त्यसबाट करिब अढाई सय मन उत्पादन भयो। प्रतिमन ५ सयदेखि एक हजार २ सय रूपैयाँसम्मले अदुवा बिक्री भयो।  

यसपटक उनको अलैंची खेती ‘जाँगरलाग्दो’ छ। ‘आउँदो वर्ष २० मन हाराहारी उत्पादन गर्ने लक्ष्य छ,’ उनले भने, ‘गतवर्ष १ देखि ११ मनसम्म भएको थियो, आउँदो वर्षका लागि नयाँ खेतीबाट उत्पादन बढ्छ, मल र पानी पनि पुगेकाले उत्पादन राम्रो होला भन्ने आशा छ।’ यो वर्ष प्रतिमन ३६ हजारदेखि ४० हजार रूपैयाँसम्ममा बिक्री भयो। यो वर्ष उनले १० हजार अकबरे रोपेका छन्। उनी प्रतिगोटा ३ देखि ५ रूपैयाँसम्ममा अकबरेको बिरुवा पनि बेच्छन्। अकबरे खोर्सानी प्रतिकिलो २ सयदेखि ३ सय रूपैयाँसम्ममा बिक्री हुन्छ। यसबाहेक उनको बारीमा बर्सेनि ४० देखि ५० मन कुचो उत्पादन भइरहेको छ। यो वर्ष कुचो प्रतिमन ५ हजार रूपैयाँले बिक्री भयो।

उत्पादन भएको अलैंची, अकबरे, कुचो, अदुवालगायत कृषिजन्य बालीनाली बेच्न पनि खास समस्या छैन। ‘स्थानीय नयाँबजार, फिक्कल हुँदै भारतीय बजारमा पनि बेच्छौं,’ उनले भने, ‘अहिले गाउँतिरै गाडी आउन थालेकाले ढुवानी पनि सजिलो छ।’ उनले १५ रोपनीमा चियासमेत लगाएका छन्। सिजनका बेला सातामा १५ क्विन्टलसम्म हरियोपत्ती उत्पादन हुन्छ। उनी आफ्नो चिया खेती अर्गानिक बनाउँदैछन्।  

उनले पशुपालनबाट पनि उत्तिकै राम्रो आम्दानी गरिरहेका छन्। उनको फार्ममा अहिले पुङपुङे जातका ४० खसी–बाख्रा छन्। गोठमा राँगा र गोरु पनि पालेका छन् तर खेतीपातीलाई मल नपुगेर बर्सेनि ८० हजार रूपैयाँसम्मको मल किन्नुपरेको थामीले सुनाए।  

सुरुमा बैंकबाटै ऋण काढेर खेतीपाती गर्न थालेका थामीले अरूतिरबाट अनुदान पाएका छैनन्। जे–जति गरे आफ्नै बलबुतामा गरे। करुणा फाउन्डेसनले एक पटक २० हजार र अर्काेपटक ३० हजार रूपैयाँ ऋण दिएको थियो। बाँकी आफ्नै लगानी गरे। त्यसैबाट आम्दानी बढाउँदै उनले बैंकको ऋण तिरे। गतवर्ष पक्की घर बनाए। सबैतिरबाट वार्षिक आम्दानी कति हुन्छ भन्ने उनले स्पष्ट खुलाएनन्। ‘गाउँमा खेताला धेरै लगाउनुपर्छ, आधुनिक प्रविधिको सुविधा पुगिसकेको छैन,’ थामीले भने, ‘उत्पादनमा लगानी अलि बढी नै हुने गरेकाले अनुमान गरेजति आम्दानी लिन सकेको छैन तर म आफ्नो व्यवसायमा सन्तुष्ट छु।’  

दाहिने हातको नाडीभन्दा तलको भाग नभए पनि थामी गाडी र मोटरसाइकलसमेत हाँक्छन्। ‘म अर्काे मान्छेपछि राखेरसमेत मोटरसाइकल हाँक्न सक्छु,’ उनले भने, ‘मानिसलाई कतिपय काम गर्न शारीरिक अपांगता निहुँ हुन्छ, मनैदेखि चाहने हो भने अपांगता भएका मानिसले धेरै काम गर्न सक्छन्, गरिरहेका पनि छन्।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
९ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस