उदयपुरको ताप्ली गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ। गएको १० गते गाउँसभामा उपाध्यक्ष धनमाया मगरले प्रस्तुत गरेको ४० करोड १ लाख ९ हजार ५ सय ६० रुपैंयाको बजेटसहितको नीति कार्यक्रम पारित भएको हो।
गाउँसभामा अध्यक्ष ढुंगराज बिकले प्रस्तुत गरेको आर्थिक ऐन २०७९ र बिनियोजन ऐन २०७९ पारित भएसँगै बजेट तथा नीति कार्यक्रम पनि सर्वसम्मत पारित भएको हो। आगामी वर्षका लागि बिनियोजित बजेटले राष्ट्रिय विद्युत प्रशारणमार्फत गाउँपालिकाभरी विद्युतीकरण गरिसक्ने योजनालाई मूर्तरुप दिने, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको छ।
नीति कार्यक्रमले गाउँपालिकामा करार सेवामा कार्यरत गाउँ शिक्षक तथा स्वास्थ्य स्वयं सेविकाहरुको तलब सुविधा वृद्धि गर्ने नीति लिएको छ। त्यसैगरी साविक गाउँ विकास समिति हुँदा अस्थायी नियुक्त भएर पछि स्थायी भई सेवारत कर्मचारीलाई लक्षित गरी अवकाश कोष स्थापना गरिने भएको छ।
कर्मचारी अवकाश हुँदा भरणपोषणका लागि कोष स्थापना गर्ने नीति लिइएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले बताए। लामाका अनुसार त्यसबेला स्थानीय स्वायत्त शासन ऐन २०५५ बमोजिम नियुक्त भएर हाल गाउँपालिकामा कार्यरत रहेका कर्मचारीलाई अवकाश हुदाँ निबृत्तिभरण (उपदान)लगायत सेवासुविधा सुनिश्चित गर्न ‘कर्मचारी अवकाश कोष’ स्थापना गरिएको हो।
सो कोषको स्थापना यसै आर्थिक वर्ष सुरु गरिने छ। त्यसका लागि बजेट र नीति कार्यक्रमले बाटो खुलाएको अधिकृत लामाले बताएका छन्। नेपाल सरकारले आगामी वर्षका लागि दिएको बित्तीय समानीकरण, सशर्त र विशेष तथा सम्पूरक गरी २९ करोड २५ लाख अनुदान रकममा प्रदेश सरकार र आन्तरिक स्रोतको आम्दानी थपेर बजेटको आकार ४१ करोड १ लाख ९ हजार ५ सय ६० पुर्याइएको लामाले बताए।