ताप्लेजुङ सिरिजंगाद्वारा स्वास्थ्य बीमा निःशुल्क, करिब ५२ करोड बजेट आयो
१० असार २०७९
•
४ मिनेट पाठ
ताप्लेजुङ सिरिजंगाद्वारा स्वास्थ्य बीमा निःशुल्क, करिब ५२ करोड बजेट आयो
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिका क्षेत्र भित्र निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अभिवृद्धि गर्न नागरिक उपचार सहयाता कोषको रकम प्रयोग गरी प्रर्वद्धनात्मक कार्यक्रम अघि सार्ने भएको छ। गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले पालिकाको नियमित गाउँसभा तथा अधिवेसन (११औं) ४३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।




पालिकाले प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा प्रसुती हुन नसकी अन्यत्र अस्पतालमा रेफर गरिने गर्भवती महिला, बाढी/पहिरो, चट्याङ जस्ता प्राकृतिक प्रकोपबाट घाइते भइ अन्यत्र रेफर गरिने स्थानीयबासी, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका व्यक्ति, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र सहिद तथा वेपत्ता पारिएका व्यक्तिको एकाघरका परिवारलाई गाउँपालिकाबाट सञ्चालनमा ल्याइएको एम्बुलेन्स सेवा निःशुल्क गर्ने, 'स्वस्थ आमा, स्वस्थ बच्चा' अभियान सञ्चालनमा ल्याइने भएको छ।

यो अभियान कार्यान्वयन गर्न गर्भवती भएको १६ हप्तादेखी सुत्केरी भएको ६ हप्तासम्मका सम्पूर्ण गर्भवती एवम् सुत्केरी महिलाहरुलाई सम्बन्धित स्वास्थ्य संस्था मार्फत नै निःशुल्क क्याल्सियम चक्की वितरणको व्यवस्था मिलाइने कार्यक्रमलाई पालिकाले निरन्तरता दिने भएको छ।

यस्तै चिकित्सक एवम् तोकिएको स्वास्थ्यकर्मीको सिफारिसमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, भिन्न क्षमता भएका व्यक्ति, एकल महिला र शहीद तथा वेपत्ता परिवारका सन्तती र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई गाउँपालिकाबाट सञ्चालित ल्याब एवम् एक्सरे सेवा निःशुल्क गर्ने व्यवस्था मिलाइने घोषणा गरेको छ।

‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियानलाई निरन्तरता दिने घोषणा गरेको पालिकाले गाउँपालिका क्षेत्रभित्रका दलित महिला र अपाङ्गता परिचयपत्र प्राप्त विद्यार्थीहरुको उच्च शिक्षामा पहुँच अभिवृद्वि गर्न ‘उपाध्यक्ष–छात्रवृत्ति’ कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ।

यस कार्यक्रम कार्यान्वयन गर्न सिनाम बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययनका लागि भर्ना भएका गाउँपालिका क्षेत्रभित्रका सबै दलित महिला र अपाङ्गता परिचयपत्र प्राप्त विद्यार्थीको भर्ना शुल्क, मासिक शुल्क, रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क वापतको खर्च गाउँपालिकाबाटै व्यहोरिने व्यवस्था मिलाइनेछ घोषणा गरेको छ।

‘निःशुल्क शिक्षा, हामी सबैको इच्छा’ कार्यक्रमलाई निरन्तरता दिइएको पालिकाले घोषणा गरेको छ। ‘कञ्चनजङ्घाको पानी, हाम्रो आम्दानी’ अभियान कार्यान्वयनका लागि विषयविज्ञ मार्फत गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदनले मिनरल वाटरको सम्भावना देखिएको भनी औँल्याइ समेत सकेको भन्दै पालिकाले मिनरल वाटर उद्योग स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयारीको कार्य अघि बढाउने घोषणा गरेको छ।

गाउँपालिकाले ‘गाउँमै रोजगार, गर्वको आधार’ नामक कार्यक्रमलाई निरन्तरता दिने भएको छ। वैदेशिक रोजगारबाट फर्केका स्थानीय युवा, कोभिड–१९ बाट संक्रमित न्यून आय भएका एवम् सुकुम्बासी परिवारलाई यस कार्यक्रमबाट उद्यम सञ्चालनमा विशेष सुविधा उपलब्ध गराउने पालिकाले नीति तथा कार्यक्रम पारित गरेको छ।

गाउँपालिकाले अध्यक्ष रोजगार कार्यक्रम, एमबिबीएस डाक्टर पढाउने कार्यक्रम, कक्षा १२ सम्म निःशुल्क पढाउने कार्यक्रम, प्राविधिकधारतर्फ उच्च शिक्षा अध्ययन गर्न दिइने छात्रवृत्ति कार्यक्रम, कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दिने विद्यालय पोशाक र झोला कार्यक्रमलाई निरन्तरता दिने भएको छ। सुरु भएका वडा कार्यालयका प्रशासकीय भवनलाई आउँदो मंसिर महिना भित्रमा पूरा गरी सञ्चालनमा ल्याउने पालिकाको प्रतिबद्धता रहेको छ।

करिब ५२ करोड रुपैयाँको बजेट

सिरिजंगा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि झण्डै ५२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ। पालिका उपाध्यक्ष डाक्टर चित्र मावोले ५१ करोड ८२ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन्। मावोद्वारा प्रस्तुत बजेट अनुसार गाउँपालिकाको चालूखर्च ७ करोड ४२ लाख, आर्थिक विकासतर्फ ३९ लाख, सामाजिक विकासतर्फ ५ कोड २४ लाख र पूर्वाधार विकासतर्फ ७ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।

यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ६० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १९ लाख ५० हजार, समपुरक कोषतर्फ १ करोड, ८ वटै वडालाई वडागत सिलिङतर्फ २ करोड ७१ लाख, नेपाल सररकारको सर्शत अनुदान २२ करोड ८९ लाख, समपुरक अनुदान १ करोड, विशेष अनुदान १ करोड ५० लाख खर्च हुने गरी प्रस्ताव गरिएको छ। यस्तै प्रदेश सरकारको समपुरक अनुदान १ करोड र सर्शत अनुदान १ लाख २३ हजार रुपैयाँ खर्च प्रस्ताव गरिएको छ। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१० घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस