विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड
१० असार २०७९
•
३ मिनेट पाठ
विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ६२ करोड
विराटनगर महानगरपालिकाको नीति कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा सहभागिहरू। तस्बिरः चुमन बस्नेत/नागरिक
विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार सम्पन्न दशौं नगरसभामा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगर महानगरपालिकाको आर्थिक वर्ष ०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी  हुन्।  




बजेट प्रस्तुत गर्दै कार्कीले कुल बजेट मध्ये कार्यालय सञ्चालन  तथा प्रशासनिक क्षेत्र तर्फ ५५ करोड ३५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्। यस्तै पूर्वाधार विकास क्षेत्रतर्फ, १ अर्ब ८९ करोड ७१ लाख १७ हजार रुपैयाँ विनियोजन गरेको छ। आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकास तर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७ करोड ७७ लाख र वातावरण तथा विजपद् व्यवस्थापन तर्फ ३ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ।

आर्थिक वर्ष ०७९/८०मा सञ्चालन हुने मुख्य आयोजनाहरूमा वडा स्तरिय आयोजनामा ४१ करोड ६८ लाख १७ हजार, नगर स्तरिय आयोजनाका लागि ३० करोड  रुपैयाँ महानगरपालिकाले विनियोजन गरेको छ। बहु वर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत आयोजनाको भुक्तानीकक लागि ४० करोड, सडक मर्मत सम्भार १४ करोड, अन्य पूर्वाधारतर्फ ९ करोड ८० लाख विनियोजन गरेको छ। फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ५० लाख र समपुरका कोषका लागि ४ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको उपप्रमुख कार्कीले जानकारी दिइन्।  

खर्च वेहोर्नेस्रोतमा संघीय सरकार अन्तर।वित्तीय हस्तान्तरणतर्फबाट १ अर्ब २१ करोड ८५ लाख, प्रदेश सरकारतर्फबाट ४ करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँट १ अर्ब १३ करोड ९९ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान छ। यस्तै विराटनगर महानगरपालिकाले आन्तरिक आय १ अर्ब हुने अनुमान गरेको छ। जनसहभागिताबाट ८ करोड, अनुदान तथा ऋणबाट १० करोड १९ लाख र अन्य संघ संस्थाबाट ३ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।  

विराटनगर महानगरपालिकाले  आर्थिक वर्ष ०७९/८०को बजेटमा कृषि क्षेत्रमा किसानलाई प्राङ्गारिक मलमा अकर्षण गर्ने, माटो सुधार गर्ने, धान, गहुँ र मकैको गुणस्तरिय वीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराउने, शहरी कृषि, कोसी तरकारी खेती, करेसावारी र प्ष्पखेति कार्यक्रम प्रबद्र्धन गर्ने नीतिगत व्यवस्था गरेको छ। यस्तै बाली उपचार शिवीर, वेमौसमी तरकारी खेति प्रबद्र्धनकार्यक्रम लगायतलाई प्राथमिकतामा राखेको छ। यस्तै छोरी बचाउ, छोरी पढाउ कार्यक्रमलाई निरन्तरतादिने, गर्भवती, सुत्केरी महिला, अपाङ्ग तथा जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम अघि सारेको छ। 

महानगरपालिका क्षेत्रमा मेट्रो सिटी अस्पताल निर्माण गर्ने र ६५ वर्ष माथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य विमा गर्ने व्यवस्था गरिएको छ। विराटनगर महानगरपालिकाले प्राविधिक तथा व्यवसायिक शिक्षालाई जोड दिने नीतिगत व्यवस्था गरेको छ। भौतिक विकास तर्फ सुकुम्वासी र  विपन्न समुदायलाई लक्षित गरी सञ्चालनमा रहेको महानगर आवास कार्यक्रमलाई बजेटले विशेष प्राथमिकतामा राखेको छ। एक वडा एक पार्क, सार्वजनिक शौचालय, पार्किङ र स्मार्ट पार्किङको व्यवस्था, ल्याण्डपुलिङ मार्फत व्यवस्थित र नयाँ शहर निर्माणलाई बजेटले समेटेको छ। 

अन्तराष्ट्रिय रंगशाला , स्मार्टसिटी जस्ता आयोजनालाई विकास साझेदारहरूको सहयोगमा अघि बढाउने, विराटगरलाई गर्व गर्नलायक प्रादेशिक राजधानीका रुपमा अघि बढाउने योजना पनि महानगरपालिकाले अघि सारेको छ। निर्माण सम्पन्न भएका विकास परियोजनाहरूको मर्मत सम्हार, जापान सरकारको सहयोगमा खानेपानी सुधार परियोजना सञ्चालनलाई पनि महानगरपालिकाले प्राथमिकतामा राखेको जनाएको छ। यस्तै महानगरपालिकाले अनलाईन मार्फत कार्यस्थलबाटै घर तथा व्यवसाय कर तिर्ने व्यवस्था गर्ने पनि नीतिगत व्यवस्था गरेको छ।
अर्को समाचार
विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड
१० असार २०८३
•
४ मिनेट पाठ
विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३।८४ का लागि कूल रु तीन अर्ब ५६ करोड ४७ लाख बराबरको आयव्ययको बजेट सार्वजनिक गरेको छ।  




नगरसभाको १८औँ अधिवेशनको कार्यसूचीअनुसार महानगर प्रमुख एवं नगरसभाका अध्यक्ष नागेश कोइरालाले उपप्रमुख शिल्पा निराला कार्कीलाई बजेट सार्वजनिक गर्न अनुमति दिएका थिए। सार्वजनिक बजेटअनुसार सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान रु ३३ करोड ४३ लाख, सशर्त अनुदान चालुतर्फ रु ७३ करोड २९ लाख र सशर्त अनुदान पुँजीगततर्फ रु ५६ लाख गरी सङ्घीय सरकारबाट रु एक अर्ब सात करोड २८ लाख अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट आय हुने अनुमान गरिएको छ। 

यसैगरी प्रदेश सरकारको समानीकरण अनुदान रु तीन करोड ६२ लाख ५० हजार, सशर्त अनुदान चालुतर्फ रु चार करोड एक लाख २४ हजार तथा सशर्त अनुदान पुँजीगततर्फ रु ६ करोड ६३ लाख गरी प्रदेश सरकारबाट जम्मा रु १४ करोड २६ लाख ७४ हजार आय हुने अनुमान गरिएको छ। 

बाँडफाँटबाट प्राप्त हुने राजस्वमध्ये सवारीसाधन करबापत रु तीन करोड आठ लाख, मनोरञ्जन कर रु ४० लाख, विज्ञापन कर रु ६० लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुर रु ६७ करोड ९५ लाख ७९ हजार, मूल्यअभिवृद्धि करबाट रु १५ करोड ३९ लाख २८ हजार, अन्तःशुल्कबापत रु पाँच करोड १३ लाख नौ हजार गरी कूल रु ९२ करोड ५६ लाख १८ हजार राजस्व बाँडफाँटबाट आय हुने अनुमान गरिएको छ।   

आन्तरिक आयतर्फ रु एक अर्ब २७ करोड २० लाख आठ हजार, विभिन्न सङ्घसंस्थाबाट अनुदानबापत रु एक करोड १६ लाख र बैंक मौज्दातबापत रु १४ करोड गरी कूल रु तीन अर्ब ५६ करोड ४७ लाख आय हुने बजेटमा उल्लेख छ।

आर्थिक वर्ष २०८३।८४ को अनुमानित क्षेत्रगत व्ययतर्फ सामाजिक विकासअन्तर्गत शिक्षामा रु १० करोड नौ लाख २८ हजार, स्वास्थ्यमा रु सात करोड तीन लाख ९० हजार, महिला विकासमा रु ६६ लाख, बालबालिकामा रु ४८ लाख ६० हजार, अपाङ्गतामा रु ५७ लाख, ज्येष्ठ नागरिकतर्फ रु १६ लाख, लैङ्गिक हिंसा निवारणतर्फ रु ४२ लाख ७५ हजार, खानेपानी तथा सरसफाइमा रु १६ लाख, सामुदायिक विकास कार्यक्रममा रु ५९ लाख ३६ हजार तथा सङ्घसंस्थालाई अनुदानस्वरूप रु ६ करोड ३१ लाख ७० हजार गरी सामाजिक विकासतर्फ कूल रु २६ करोड ५० लाख ५९ हजार खर्च हुने अनुमान गरिएको छ।   

आर्थिक विकासतर्फ कृषि विकासमा रु ४६ लाख ५० हजार, पशुपन्छी तथा भेटेनरीतर्फ रु एक करोड ४२ लाख ५० हजार, सहकारीतर्फ रु ११ लाख ५० हजार, उद्यमशीलता विकासमा रु ६४ लाख, उपभोक्ता हित संरक्षणमा रु आठ लाख, रोजगार प्रवर्द्धनमा रु २१ लाख ४७ हजार, पर्यटन प्रवर्द्धनमा रु १२ लाख, सार्वजनिक–निजी साझेदारीमा रु १० लाख तथा सुरक्षित आप्रवासनमा रु १० लाख ४० हजार गरी कूल रु तीन करोड २६ लाख ३७ हजार खर्च हुने अनुमान गरिएको छ। 

पूर्वाधार विकासतर्फ म्याचिङ फण्डका लागि रु एक करोड, वडास्तरीय योजनामा रु ४३ करोड ५६ लाख ३२ हजार, सहरी विकास तथा घर नक्सा इजाजतका लागि रु ४० लाख, भूउपयोग, आवास तथा बस्ती विकास कार्यक्रममा रु २३ लाख, बहुवर्षीय तथा गौरवका आयोजनामा रु १५ करोड, बहुवर्षीय ठेक्का तथा दायित्व सरी आएका योजनामा रु २५ करोड, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि रु ६० करोड, विद्युत्तर्फ रु एक करोड तथा सडक बोर्डबाट सञ्चालित योजनामा रु एक करोड गरी कूल रु एक अर्ब ६० करोड ३९ लाख ३२ हजार खर्च हुने उल्लेख गरिएको छ। 

सुशासन तथा संस्थागत विकासतर्फ राजस्व व्यवस्थापनमा रु २४ लाख, कानुन तथा न्यायिक क्षेत्रमा रु ४७ लाख, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापनमा रु ३२ लाख ८० हजार, सूचना तथा सञ्चारमा रु ४८ लाख, सूचना प्रविधिमा रु ६६ लाख ८० हजार, सुशासन तथा सेवाप्रवाहमा रु ४० लाख ५० हजार तथा सामाजिक सुरक्षा र पञ्जीकरणमा रु ३४ लाख गरी कूल रु दुई करोड ९३ लाख १० हजार खर्च हुने बताइएको छ। 

वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ फोहरमैला व्यवस्थापनमा रु एक करोड २८ लाख, विपद् व्यवस्थापनमा रु ९६ लाख तथा वन, वातावरण र हरियाली प्रवर्द्धनमा रु ३५ लाख ६० हजार गरी कूल रु दुई करोड ५९ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ। 

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु ७६ करोड २८ लाख ७८ हजार, सङ्घीय सरकारको सशर्त चालु अनुदानअन्तर्गत रु ७३ करोड २९ लाख, पुँजीगत अनुदानअन्तर्गत रु ५६ लाख, प्रदेश सरकारको सशर्त चालु अनुदानअन्तर्गत रु चार करोड एक लाख २४ हजार तथा पुँजीगत अनुदानअन्तर्गत रु ६ करोड ६३ लाख गरी कूल रु तीन अर्ब ५६ करोड ४७ लाख व्यय हुने उल्लेख गरिएको छ। 

अधिवेशनमा विभिन्न विधेयक तथा समितिका प्रतिवेदनमाथि छलफल हुने तथा विभिन्न समयमा भएका बैठकका निर्णय अनुमोदन गरिने महानगर प्रमुखका प्रेस सल्लाहकार मीनकुमार नवोदित श्रेष्ठले जानकारी दिएका छन्।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस