‘रुख कटान अनुमति देऊ, महिना दिनभित्रै त्रिदेशीय सडक सञ्जाल जोड्छौं’
०८ असार २०७९
•
३ मिनेट पाठ
‘रुख कटान अनुमति देऊ, महिना दिनभित्रै त्रिदेशीय सडक सञ्जाल जोड्छौं’
उत्तर–दक्षिण सडक योजना अन्तरगत लेलेप–गोला–टिपताला खण्डमा सडक निर्माण हुँदै।
रुख कटान अनुुमति प्राप्त भए काम सुरु गरेको एकमहिना भित्रमा मोरङको रानीबाट उत्तरी सीमावर्ती क्षेत्र टिपताला जोड्ने उत्तर–दक्षिण लोकमार्गमा गाडी गुडाउन सकिने नियमक कार्यालयले दाबी गरेको छ।




ताप्लेजुङस्थित उत्तर-दक्षिण मूलघाट–ओलाङचुङगोला सडक योजनाले रुख कटान अनुमति र जग्गाको भोगाधिकारको अभावमा निर्माणाधिन कार्य रोकिएको भन्दै यी दुई अवरोध पन्छिए महिना भित्रमा ओलाङचुङगोलासम्म गाडी गुडाउन सकिने दाबी गरेको हो।

योजना प्रमुख डिभिजनल ईञ्जिनियर अमेन्द्र खड्काले भने ‘रुख कटान अनुमति र जग्गाको भोगाधिकार प्राप्त नभएकोले सुकेपानी नजिकको चट्टान फोर्न पाइएन।’ यो क्षेत्रको गोला खण्ड जोडिन अब करिब २ किलोमिटर भन्दा कम क्षेत्र मात्र बाँकी रहेको छ।

यो क्षेत्रमा ट्रयाक ओपन भए विराटनगरको रानीबाट धरान–मुलघाट–टिपाताला हुँदै चीनको स्वसासित क्षेत्र तीब्वतसम्म सडक सञ्जाल जोडिन्छ। ‘मिलीसकेको कुरा समेत फेरबदल भएर नेपाल–भारत र चीनबीचको सडक सञ्जाल स्थापित हुने सबैभन्दा छोटो दुरीको भाग्य अलपत्र पर्‍यो’ खड्काले भने।

खड्काका अनुसार सुकेपानीको चट्टान फोर्न ब्लास्टिङ अनिवार्य छ। आफुहरुले सबै प्रकृया पुर्‍याएर ब्लास्टिङका लागि चाहिने विष्फोटक पदार्थ समेतको व्यवस्थापन गरिसकेको भएपनि रुख कटान अनुुमति प्राप्त नभएकोले निर्माण कार्यमा अवरोध सृजना भएको उनले जानकारी दिए।

जग्गाको भोगाधिकार प्राप्त नभई रुख कटान गर्न नमिल्ने भएकोले यस्तो अवस्था आएको उनको भनाइ रहेको छ। सडक विभागले यो क्षेत्रमा करिब ३१.१७४ हेक्टर क्षेत्रफलको भोगाधिकार प्राप्त गर्नुपर्छ। बदलामा उसले भोगाधिकार लिए बराबरको जग्गा शोधभर्ना गरिदिनुपर्ने हुन्छ।

सुरुमा अर्थ मन्त्रालयले सडक विभागले भोगाधिकार लिए बराबरको जग्गाको मूल्य वन विकास कोषमा दिइ जग्गाको भोगाधिकार सडक विभागलाइ दिन सकिने आशय प्रकट गर्दै त्यसका लागि ५ करोड २३ लाख ७२ हजार ३ सय २० रुपैयाँ निकासका लागि सैद्धान्तिक सहमति जनाएको थियो।

अर्थले यो रकम सिधै वन विकास कोषमा निकासा गर्न सकिने सहमति दिएको थियो। अर्थको त्यो पत्रपछि वन मन्त्रालयले नेपाल सरकार समक्ष वन क्षेत्र भोगाधिकार र रुख कटान अनुमतिका लागि प्रस्ताव पेश गरेकोमा अर्थको सहमति पत्रको आशय विपरीतको प्रस्ताव लगेपछि समस्या सृजना भएको आशंक गरिएको छ।

‘अर्थले दिएको सहमति अनुसार रकम निकासका लागि प्रक्रिया अघि बढेको भए सडकको निर्माणमा कुनै प्रक्रियागत अवरोध आउने थिएन’ डिई खड्काले भने ‘जग्गाको सट्टा जग्गै चाहिन्छ भन्ने निर्णयले समस्या सृजना गर्‍यो।’ मन्त्रिपरिषद्को २०७९ वैशाख १३ गतेको निर्णयले जग्गाको जग्गै चाहिने आशय प्रकट भएकोले समस्या आएको सडक योजना कार्यालयले बताएको छ।

‘जग्गा किन्न पर्‍यो, तत्काल जग्गा पाइन्न, अर्थ मन्त्रालयले फेरी जग्गा भोगाधिकार वापतको रकम वन विकास कोषमा जम्मा गर्न सकिने भनेको छ, यसको अर्थ भौतिकमा त्यो पैसा छैन‘ डिई खड्काले भने। उनले यी सबै प्रकृया पूरा गर्ने दिशामा केन्द्रित हुने हो भने सडक निर्माणको प्रक्रियागत झन्झट समाधानका लागि २–३ वर्षको समय लाग्न सक्ने अनुमान गरे। यो क्षेत्रमा सडक निर्माणको क्रममा ६ सय २७ वटा रुख कटान गर्नुपर्ने हुन्छ।

त्यो वापत नियमक निकायले २५ गुणा बढी विरुवा रोपण गरी कम्तिमा ५ वर्ष अवधिसम्म त्यसको हेरचाह र गर्नुपर्ने नियम रहेको छ। यसो गर्दा १५ हजार ७ सय ७५ थान विरुवा रोपण गर्नुपर्ने अवस्था रहेको भन्दै सडक योजनाले त्यसको प्रारुप र खर्चको सिलिङ समेत तयार गरेको थियो। यो कार्यका लागि बजेट व्यवस्थापन समेत भइ प्रक्रिया अघि बढाउने तयारी भइरहेको बेला अचानक निर्माण कार्य रोकिने गरी भएको निर्णयले एउटा सुखद् सपनामै ठेस लागेको सडक कार्यालयको बुझाइ रहेको छ।

खड्काका अनुसार रानीबाट धरान हुँदै मूलघाटसम्मको दुरी ८३ किलोमिटर हो। मूलघाटबाट नेपाल–तिब्वत सीमा क्षेत्र टिपतालसम्मको दुरी २ सय १७ किलोमिटर रहेको छ। टिपतालाबाट चीनको स्वसासित क्षेत्र तिब्वतको रिउ बजारको दुरी ३० किलोमिटर रहेको सडक योजनाले बताएको छ।

ओलाङचुङगोलाबाट टिटपतालासम्मको २५ किलोमिटर दुरीमा यसअघि नै सडकको ट्रयाक ओपन भइसकेको छ भने रिउस्थित डिङजी काउन्टी सरकारले टिपातालाबाट रिउसम्मको सडकमा बाह्रैमास सवारी गुड्ने तहको बनाएको छ। अब सुकेपानी क्षेत्रको चट्टान फोरेर बाँकी (१ हजार २ मिटर देखि १ हजार ६ मिटर सम्म) दुरी ट्रयाक ओपन भए नेपाल–भारत–चीन बीच छोटो दुरमै त्रिदेशीय सडक सञ्जाल स्थापित हुने छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१० घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस