भारत वेस्ट सिक्किमको सोमबारिया बस्तीका व्यावसायिक किसान शैलेस राई सूर्याेदय नगरपालिका–१२, आठघरेका किसान मदन राईको अकबरे नर्सरीमा आइपुगे। मदनले अकबरेको पनि सबैभन्दा राम्रो जातको बिरुवा बेच्छन् भन्ने सुनेका शैलेससँग सिक्किमकै अर्का किसान पनि साथमा आएका थिए।
‘यहाँ (मदन राई कहाँ) उच्च गुणस्तरको अकबरेको बिरुवा पाइन्छ भन्ने युट्युबमा भिडियो हेरेर थाहा पाएँ,’ शैलेसले सुनाए, ‘ममात्र होइन, अर्काे साथी पनि अकबरेको बिरुवा लिन आउनुभएको छ।’ शैलेसले सिक्किमका अरू व्यावसायिक किसान पनि मदन कहाँ अकबरेका बिरुवा लिन आउने तयारीमा रहेको सुनाए। शैलेसले सिक्किममा आफूले अकबरेको फार्म सञ्चालन गर्न लागेको बताए। ‘यहाँको अकबरे हाम्रोतिर लगेर उत्पादन गर्ने हो भने राम्रो मूल्यमा विक्री हुनसक्छ,’ उनले भने, ‘यो पटक केही हजार बिरुवा लान्छौं, फस्टायो भने फेरि लिन आउँछौं।’
अकबरे खुर्सानी खेती गरेर उच्च मूल्यमा विक्री गर्ने जिल्लाका उदाहरणीय किसान हुन् मदन। उनी अकबरेको बिरुवामात्र होइन, यसको फल र बीउ पनि उत्पादन गरेर बेच्छन्। मदनकहाँ अहिले अरूभन्दा बढी पीरो हुने जातको डल्ले (अकबरे) खुर्सानीका बिरुवा लिन टाढा–टाढाबाट आउने किसानको लर्काे छ। तर, आफूलाई आएको माग धान्नै मुस्किल परेको मदन बताउँछन्। ‘पोहोर अकबरेका ४० हजार बिरुवा बेचेको थिएँ,’ उनले भने, ‘यो साल चाहिँ बिक्दैन होला भनेर १८ हजार बिरुवामात्र राखेको थिएँ, माग चाहिँ ५० हजारभन्दा बढीको छ।’
आफूसँग भएको अकबरे अन्य अकबरेभन्दा फरक र उच्च गुणस्तरको भएको मदन बताउँछन्। अरू अकबरेभन्दा बढी पीरो र दाना केही ठूलो हुने यो अकबरेका बिरुवा लिन आउनेको ताँती लाग्ने गरेको उनको भनाइ छ। ‘इलाम जिल्लाभित्र र नेपालकै अन्य जिल्लामात्र होइन, भारतका विभिन्न ठाउँबाट पनि बिरुवाका लागि फोन आएको छ,’ उनले भने, ‘तर, यो वर्ष बिरुवा नै थोरै राखेकाले माग धान्न सकिएन।’ उनले बिरुवा प्रतिगोटा ५ रुपैयाँले बेचिरहेका छन्।
मदनको बारीमा अहिले अकबरेका ६ हजार बोट छन् भने ४ हजार बिरुवा उनले यसपटक थपेका छन्। बयस्क बोटबाट फल उत्पादन भइरहेको छ। चैतदेखि उत्पादन भएको अकबरेको फल उनले सुरुमा प्रतिकिलो १ हजार २ सय रुपैयाँले बेचे। वैशाख १५ पछि उत्पादन बढेकाले प्रतिकिलो ८ सयमा झर्यो। अहिले प्रतिकिलो ६ सय रुपैयाँमा विक्री भइरहेको उनको भनाइ छ। अहिले १ टिपाइमा २ क्विन्टलसम्म अकबरे उत्पादन भइरहेको छ। ‘टनेलभित्र मलजल पुग्दा यो अकबरे बाह्रै महिना उत्पादन हुन्छ,’ उनले भने, ‘अहिले लगाएको नयाँ बिरुवाको उत्पादन आउँदो भदौदेखि फागुनसम्म हुन्छ।’
गतवर्ष मदनले २५ क्विन्टलजति खोर्सानी (फल) बेचे। ‘गतवर्ष यहाँको खुर्सानी नेपाल र भारतमात्र होइन, अमेरिका, मलेसिया, जापानसम्म पुग्यो,’ मदनले सुनाए, ‘हामी झापाको बिर्तामोड र काठमाडौंसम्म पुर्याइदिन्छौं,’ त्यहाँबाट व्यापारीले लान्छन्।’ आन्तरिक बजारमा प्रतिकिलो ५ सय रुपैयाँसम्ममा विक्री हुने अकबरे विदेश पठाउँदा आफूले ९ सयदेखि हजार रुपैयाँसम्म पाएको मदनले सुनाए।
गतवर्ष खुर्सानीको बियाँ (बीउ) चाहीँ उनले ४३ किलो बेचेका थिए। बियाँ चाहीँ प्रतिकिलो २५ देखि ३० हजार रुपैयाँसम्ममा बिक्री भएको उनको भनाइ छ। ‘बयरे जातको अकबरेको १४ किलो फलको एक किलो बियाँ बस्छ,’ उनले भने, ‘मेरो फार्ममा भएको खुर्सानीको चाहीँ ३२/३३ किलो फलको मात्र एक किलो बियाँ हुन्छ।’