त्रियुगा नगरपालिकालाई चालु आर्थिक वर्षको राजस्व संकलनमा लक्ष्य पूरा गर्न कठिनाइ देखिएको छ। गतवर्ष झण्डै ११ करोड संकलन गरेको त्रियुगाले चालुवर्ष १२ करोड २० लाख संकलन गर्ने संशोधित अनुमान गरेकोमा जेठ मसान्तसम्म ९ करोड १० लाख मात्र संकलन भएको हो।
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालका अनुसार त्रियुगाले जेठ मसान्तसम्म ९ करोड १० लाख ५३ हजार ४ सय १९ रूपैंया राजस्व संकलन गरेको छ। यो परिमाण लक्ष्यको झण्डै ७५ प्रतिशत मात्र हो। ढकालले लक्ष्य अनुरूप राजस्व संकलन गर्न जेठ मसान्तसम्मको संकलन परिमाण माथि २५ प्रतिशत हाराहारी थप संकलन हुनुपर्ने बताए। ढकालले असारमा आक्रामक रूपमा संकलन भए मात्र लक्ष्य पुग्ने बताए। उनका अनुसार चालु वर्ष जेठ मसान्तसम्म सबभन्दा बढी राजस्व घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट संकलन भएको छ भने अन्य विभिन्न ५ शीर्षकमा पनि राजस्व बढी उठेको छ।
घरजग्गाबाहेक धेरै राजस्व उठेका अन्य ५ शीर्षकमा नदीजन्य पदार्थ, सिफारिस दस्तुर, नक्शा पास, एकीकृत सम्पत्ति कर र व्यवसाय कर रहेका छन्। ती शीर्षकमा नगरपालिकाले ५० लाखभन्दा माथि कर संकलन गर्न सफल भएको छ। त्यस्तै २० लाखभन्दा माथिको राजस्व संकलन हुने शीर्षकहरू बेरुजु फछ्र्योट, बहाल बिटौरी कर, प्रदूषण नियन्त्रण, सामुदायिक वनको रोयल्टी रहेको कार्यालय प्रमुख ढकालले बताए।
नगरपालिकाका राजस्व शाखा प्रमुख नासु गुरूप्रसाद ढकालका अनुसार सबभन्दा बढी राजस्व उठेको घरजग्गा रजिस्ट्रेसन दस्तुर अहिलेसम्मको संकलनले लक्ष्य भेट्न झण्डै ६८ लाख कम छ। उनका अनुसार हालसम्म ४ करोड ८२ लाख ५९ हजार ८ सय ८९ रूपैयाँ संकलन भइसकेको यो शीर्षकमा नगरपालिकाले चालु संशोधित अनुमान ५ करोड ५० लाख गरेको छ। असार एक महिनामा सो परिमाणको राजस्व संकलन हुन सके लक्ष्य पूरा हुने उनले बताए।
त्यसपछि अर्को ठूलो राजस्व संकलन अपेक्षा गरिएको शीर्षक नदीजन्य पदार्थको बिक्री वितरण हो। यो शीर्षकमा पनि लक्ष्यभन्दा निकै टाढा राजस्व उठेको छ। नदीजन्य पदार्थमा चालु संशोधित अनुमान २ करोड ५० लाख राखेको नगरपालिकाले ८६ लाख ४२ हजार ५ सय ३५ रूपैयाँ संकलन गरिरहेको छ। गतवर्ष २ करोड १३ लाख संकलन भएकाले यो शीर्षकमा चालुवर्ष ३७ लाख बढाएर अढाइ करोडको लक्ष्य निर्धारण गरेको थियो तर विगत वर्षहरूजस्तो चालुवर्ष समयमा ठेक्का नलागेका कारण राजस्व लक्ष्य प्राप्तिमा कठिनाइ हुने अनुमान गरिएको छ।