सदरमुकाम गाईघाटका होटलहरुलाई स्तरीकरणको स्टीकर (लोगो) प्रदान गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन उदयपुरले १ वर्षयताको नियमित अनुगमनपछि होटलहरुलाई गुणस्तर प्रमाणस्वरुप स्तरीकरण लोगो प्रदान गरेको हो।
गाईघाट बजार, बोक्से, मोतिगडा, पुरानो गाईघाट र आसपास बजारमा सञ्चालित साना ठूला होटल तथा रेस्टुरेन्टको अनुगमन गरी लोगो वितरण गरिएको डिभिजनले जनाएको छ। डिभिजन प्रमुख रमेश दाहालका अनुसार होटल तथा रेस्टुरेन्टलाई अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी ४ वर्गमा विभाजन गर्ने मापदण्ड तय गरिएको छ।
जस अनुसार एउटा होटल उत्तम वर्गमा परेको छ भने ८ वटा सन्तोषजनक तथा ४ वटा होटलले सामान्य वर्गको स्रीकरण लोगो पाएका छन्। दाहालले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन सप्तरीका प्रमुख सुरेशकुमार सिंह र सर्लाही डिभिजन प्रमुख जगतप्रकाश चौधरी तथा स्थानीय पत्रकारहरु सम्मिलित टोलीले वर्गीकृत होटलहरुमा पुगी स्तरीकरण लोगो टाँसेको बताए।
उनका अनुसार बोक्सेस्थित होटल कोहवर एक मात्र उत्तम वर्गमा परेको छ। उत्तम वर्गमा परेको होटल सञ्चालक सागर थापामगरलाई डिभिजन प्रमुखत्रय दाहाल, सिंह र चौधरीले प्रमाणपत्र वितरण गर्दै दुईतारे लोगो टाँसे। सो अवसरमा सञ्चालक मगरले होटल सञ्चालन र उपभोक्ताको खाद्य अधिकारबारे ११ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे।
बोक्सेकै होटल वर्ल्ड दरवार, मोतिगडाको होटल द इम्पाइर इन, गाईघाटका होटल हिमालय, होटल आरएन, ग्राभिटी, युनिक, टिप एण्ड फ्लिप वर्गर हाउस र डिएमगेटस्थित होटल टाउनहल सन्तोषजनक वर्गमा स्तरीकरण भएका छन्। त्ययैगरी गाईघाटका होटल ड्रिमल्याण्ड, होटल ए वान पार्टी प्यालेस, रोयल स्टार र थकाली भान्सा घर तथा डिएमगेटस्थित होटल गृन प्यालेस सामान्य वर्गमा स्तरीकरण भएका छन्।
डिभिजन प्रमुखहरु दाहाल, सिंह र चौधरी संलग्न टोली सबै होटल पुगेर गुणस्तर प्रमाण लोगो टाँसेको थियो। उपभोक्ताको खाद्य अधिकारप्रति सचेत हुँदै गुणस्तरीय खाना बिक्री वितरण गर्ने होटलहरुको नियमित अनुगमन गरी वर्षेनी स्तरीकरण प्रमाण चिन्ह प्रदान गर्ने गरिएको दाहालले बताए। जस अनुसार गतवर्ष पनि उत्तम वर्गमा परेको होटल कोहवर यसवर्ष पनि सोही वर्गमा निरन्तरता पाउन सफल भएको हो।
खासगरी होटल राम्रो हुनका लागि गुणस्तरीय खानेकुरा हुनुपर्ने र त्यसका लागि भान्सा घर (किचन)को सरसफाई, ताजा र सफा खानेकुरा, सफा खाद्य सामग्री र औजार उपकरण, भाँडाकुँडा राख्ने तरिका तथा सेवा गर्ने शैलीलाई ध्यानमा राखेर होटलहरु सञ्चालन हुनुपर्ने मापदण्ड छ। त्यस्ता होटलहरुलाई स्तरीकरण गर्ने गरिएको दाहालले बताए। खानेकुरा मानव स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले त्यसप्रति होटल सञ्चालकहरु पूर्ण जिम्मेवार हुनुपर्ने सरकारी निर्देशन अनुसार गुणस्तरीय खाना बिक्री वितरण गर्छ गर्दैन भनेर डिभिजनले होटलहरुको नियमित अनुगमन गर्ने गरेको छ। यसरी गरिने अनुगमनमा खरो उत्रने होटलहरुलाई मात्र स्तरीकरण प्रमाण चिन्ह दिने गरिएको प्रमुख दाहालले बताए।