उदयपुर सिमेन्ट उद्योग ३५ औँ वर्षमा प्रवेश, संचित सम्पत्ति ५६ करोड
२९ जेष्ठ २०७९
•
४ मिनेट पाठ
उदयपुर सिमेन्ट उद्योग ३५ औँ वर्षमा प्रवेश, संचित सम्पत्ति ५६ करोड
उदयपुर सिमेन्ट उद्योग लि. जलजले। तस्विरः महेश्वर
पूर्ण सरकारी स्वामित्वको गैंडाछाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लि. (उसिउलि) जलजले सोमबारदेखि स्थापनाको ३४ औं वर्ष पार गर्दैछ। यस अवसरमा उद्योगले स्थापनाको ३४ औं साधारणभा र ३५ औं वार्षिकोत्सव मनाउँदैछ।  




गत वर्ष ०७८ जेठ ३० गते ०४४ देखि ०७८ सालसम्म १४ वर्षको साधारणसभा एकै दिन सम्पन्न गरेको उद्योगले अव भने वर्षेनी साधारणसभा गर्दै वार्षिकोत्सव मनाउने परम्पराको सुरुवातका लागि बिबिध कार्यक्रम गर्न लागेको उसिउलिका सूचना अधिकारी लक्ष्मण पोखरेलले बताए। उनका अनुसार ३४ औँ साधारणसभामा उद्योग सञ्चालक समितिको वार्षिक प्रतिवेदनमार्फत गत आर्थिक वर्षको वासलात र वर्षभरीको व्यवसायिक नाफा नोक्सानको बिबरण प्रस्तुत तथा पारित गर्ने कार्यक्रम छ ।

त्यसैगरी अबदेखि नियमित समयमै लेखा परीक्षण गराउन लेखा परीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव, उद्योगको प्रबन्धपत्र र नियमावलीमा आवश्यक्ता अनुसार समसामयिक संशोधन गर्ने विषयका प्रस्तावहरु पनि प्रस्तुती र पारित गर्ने कार्यक्रम तय भएको पोखरेलले बताए। उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्यो्ग विभाग र खानी विभाग शेयर सदस्य रहेको उसिउलिको साधारणभाले अन्य बिबिध विषयमा छलफल  गरी निर्णय गर्ने पोखरेलले बताए।  

उद्योग मन्त्रालयकी सहसचिव चन्द्रकला पौडेल अध्यक्ष रहेको उद्योग सञ्चालक समितिमा उद्योग मन्त्रालयका उपसचिव विशाल सापकोटा, अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख राजकुमार खतिवडा र सदस्यसचिव उद्योगका महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपाने छन्। १० सदस्यीय सञ्चालक समितिका अन्य ५ सदस्य तथा २ जना विज्ञ सदस्यको भने ३ वर्षे पदावधि सकिएकाले उनीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि साधारणसभामा राखिएको छ। सञ्चालक सदस्यहरु सम्झना पाख्रिन, पदम दाहाल, सुभाष राउत, महेशलाल यादव र कृष्णचन्द्र मण्डल तथा विज्ञ सदस्यद्वय देवीप्रसाद बराल र विशाल ढकाललाई सम्मानसहित बिदाई गर्ने कार्यक्रम तय भएको छ।  

महाप्रबत्रन्धक न्यौपानेका अनुसार चालु वर्षको जेठ २८ गतेसम्म उद्योगले २० लाख ७५ हजार बोरा सिमेन्ट बिक्री वितरण गरेर वार्षिक लक्ष्यको नजिक पुगेको छ। वार्षिक लक्ष्य चुम्न भने असारभित्र उद्योगले ३ लाख २५ हजार बोरा सिमेन्ट थप बेच्नुपर्ने उनले बताए। उद्योगले चालु वर्षको वार्षिक बिक्री लक्ष्य २४ लाख बोरा लिएको थियो। आर्थिक वर्षको अन्त्यतिर भौतिक पूर्वाधार संरचना निर्माणको ‘पिक सिजन’ भएकाले असारमा लक्ष्यभन्दा बढी नै सिमेन्ट बिक्री हुने अनुमान उद्योगलले लिएको जिएम न्यौपानेले बताए।  

अघिल्लो आर्थिक वर्षको नोक्शानीका कारण उ्रद्योगले गत आर्थिकवर्ष ०७७/७८ को पछिल्लो ६ महिना खर्च मितव्ययिता अपपनाउँदा अपनाउँदै पनि वार्षिक ३० करोड नोक्शानी बेहोर्नु परेको उद्योगले चालु वर्ष सो नोक्शानी पूर्ति गरेर थोरै भए पनि नाफामा लानका लागि व्यवस्थापन, ट्रेड युनियनहरु, कर्मचारी र मजदुरहरुलाई एकाकार गरेर लक्ष्य प्राप्तीको बाटोमा अघि बढिरहेको अवस्था जिएम न्यौपानेले सुनाए। उनका अनुसार ०७७/७८ को बित्तीय बिबरणहरु ‘नेपाल बित्तीय प्रतिबेदन मापदण्ड’ (एनएफआरएस) अन्तर्गत सम्पत्ति तथा दायित्वको मूल्यांकन गराई तयार गराउँदा हाल उद्योग ५६ करोड संचित मुनाफामा लेखांकित भएको छ। मूल्यांकन गर्नुअघि उद्योग ५ अर्ब ५० करोड संचित नोक्शानी रहेको न्यौपानेले बताए।  

३० गते साधारणसभा गरेलगत्तै जेठ ३१ गते हुने ३५ औं वार्षिकोत्सवमा उद्योगले नवनिर्मित ‘कोल मिल बेल्ट’को उदघाटन गर्ने तयारी भएको छ। सिमेन्ट बनाउन आवश्यक कच्चा पदार्थ कोईला राख्ने गोदाम (कोल यार्ड)बाट सोझै भट्टीसम्म कोईला लान मिल्ने गरी जडान भएको कोल मिल बेल्टको उद्घाटन उद्योग मन्त्रालयका सचिव अर्जुन पोखरेलबाट गराउने कार्यक्रम रहेको छ। उद्योगका मेकानिकल विभाग प्रमुख टीका कुँवरले आफ्नै नेतृत्वको प्राविधिक टोलीले १५ लाख रुपैंया लगानीमा यो काम गरेको बताए। उनका अनुसार कोल मिल बेल्ट निर्माण भएपछि वर्षेनी कम्तीमा ३५ लाख रुपैयाँ उद्योगलाई बचत हुने छ। यसअघि यार्डदेखि भट्टीसम्म टिपर, ट्रक र ट्याक्टरमार्फत कोईला लानु पर्दा एकातिर झन्झटिलो थियो भने अर्कातिर कोईला खेर जाने समस्या अव अन्त्य भएको कुँवरले बताए।  

वार्षिकोत्सवको अवसरमा उद्योगले नवनिर्वाचित जनप्रतिनिधिहरु त्रियुगाका नगरप्रमुख, उपप्रमुख र उद्योग परिसरसँग जोडिएका वडाध्यक्षहरुलाई बधाई र अभिनन्दन गर्ने कार्यक्रम पनि राखेको छ। त्यसैगरी उद्योग क्षेत्रको खाली जमिन हराभरा बनाई स्वच्छ वातावरण बनाउन बिभिन्न जातका १ हजार बिरुवा रोप्ने कार्यक्रम पनि त्यसैदिन तय भएको जिएम न्यौपानेले बताएका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
११ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस