यातायात व्यवसायीको पनि बदमासी
२८ जेष्ठ २०७९
•
५ मिनेट पाठ
यातायात व्यवसायीको पनि बदमासी
पोखराका पर्यटन व्यवसायी सन्तोष पोखरेलले बिहीबार मध्याह्नतिर काठमाडौं छाडे। सरासर आउन पाएको भए काठमाडौंबाट २ सय किलोमिटर टाढाको पोखरासम्म उनी बेलुका नै आइपुग्थे। तर पोखरेल शुक्रबार दिउँसो ३ बजेसम्म जसोतसो मुग्लिन पार गरेर केही अगाडि बढेका थिए।




पोखरा-मुग्लिन सडकखण्डअन्तर्गत आँबुखैरनीको पहिरोस्थलमा आइपुग्दा पोखरेलले राजधानी छाडेको २७ घन्टा बितिसकेको थियो। यो अवधिमा उनले न राम्रोसँग खान पाए न शौचालय जान पाए, सुत्न पाउनु त परैको कुरा। निजी गाडीमा काठमाडौंबाट हिँडेका पोखरेलसँग उनकी पत्नी थिइन्। ‘योपटक निकै नै सकस खेप्यौं। अझै कति समय रोकिनुपर्ने भन्ने यकिन छैन,’ पहिरोका कारण रोकिएका पोखरेलले भने, ‘राजमार्गमा यात्रुको बिचल्ली छ। घन्टौंदेखि भोकभोकै छन्। कतिपय यात्रु ३० घन्टादेखि सडकमा रोकिएका छन्।’

पोखरेल दम्पती बिहीबार बेलुकीदेखि राजमार्गमा फसेका हुन्। मुग्लिन–काठमाडौं खण्डको कुरिनटारमा झरेको पहिरोले सुरुमै रोकिएका उनीहरूले रात कुरिनटारमै बिताए। जसोतसो पहिरो पन्छाएर सडक खुल्यो। गाडी अघि बढ्यो। बिहानपख मुग्लिन कटेका पोखरेल दम्पती आँबुखैरेनी पुगेपछि फेरि पहिरोका कारण रोकिए।

शुक्रबार बिहान साढे ४ बजेतिर तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिककै राजमार्ग खस्दा दिनभर सडक अवरुद्ध भयो। ‘हामीले कम्तीमा २७ घन्टासम्म राजमार्गमा बितायौं। हामीसँगै अघिपछि गुडेका सवारीसाधन पनि गन्तव्यमा पुग्न नपाएर रोकिएका छन्, निकै सास्तीपूर्ण यात्रा गर्नुपर्‍यो,’ पोखरेलले भने।

काठमाडौं छाडेपछि राम्रोसँग खाना खान पनि नपाएको पोखरेलले सुनाए। २७ घन्टादेखि राजमार्गमा रोकिनुपर्दा सबैभन्दा सकस बिरामी, वृद्धवृद्धा र बालबालिकालाई भएको उनले बताए। विदेशी पर्यटक पनि उत्तिकै मारमा परे। ‘राजमार्गमा व्यवस्थित शौचालय कतै छैन। विदेशीले शौचालय जान नपाएर सकस खेपे,’ उनले भने, ‘राम्रो खाना खाने ठाउँ पनि छैन, सबैको बिजोग छ।’

पोखरेल दम्पती मात्र होइन, पोखराबाट काठमाडौं हिँडेकी राधिका कँडेलले पनि सास्ती खेपिन्। सामान्यतया पोखरा–काठमाडौं पाँच घन्टाको यात्रा हो। सडकमा समस्या हुँदा यो दूरी पार गर्न पछिल्लो समय आठ घन्टासम्म लाग्ने गरेको छ। तर बिहीबार बिहान ८ बजे पोखराबाट काठमाडौंका लागि बसमा हिडेकी कँडेल शुक्रबार बिहान ५ बजे मात्र काठमाडौं पुगिन्।

राजमार्गमा ठाउँठाउँमा पहिरो झरेका कारण पोखरा–काठमाडौं दुरी पार गर्न कम्तीमा २१ घन्टा लागेको उनले बताइन्। ‘सामान्य अवस्थामा ६/७ घन्टामा पार गर्न सकिने दुरी पार गर्न यसपटक २१ घन्टा लाग्यो। राजमार्गमा पहिरोसँगै जथाभाबी तेस्र्याइने सवारीसाधनले पनि अवरोध हुने गरेको छ,’ कँडेलले भनिन्, ‘पहिरो पन्छाएको घन्टौंसम्म पनि सवारीसाधन चल्ने अवस्था रहन्न। यस्तोमा स्थानीय प्रशासनको सक्रियता पनि देखिन्न।’

कुरिनटारको पहिरोमा फसेकी उनले पहिरो पन्छाइसकेपछि पनि यात्रा सहज नभएको बताइन्। ‘पहिरोको समस्याभन्दा जथाभाबी राखिएका गाडीले थप समस्या भयो। जथाभाबी गाडी रोक्ने र ओभरटेक गर्ने प्रवृत्तिका कारण पनि राजमार्ग घन्टौं जाम हुन्छ,’ उनले भनिन्। कँडेलका अनुसार मुख्य राजमार्ग अवरुद्ध हुँदा पनि सीमित संख्यामा मात्र ट्राफिक प्रहरी खटिएका थिए।

ती ट्राफिक प्रहरीलाई राजमार्गको बेहाल अवस्था सहज बनाउन हम्मेहम्मे परेको उनले बताइन्। ‘एकजना नेता आउँदा खटिने जति ट्राफिक प्रहरी अवरुद्ध भएको राजमार्गमा परिचालन मात्र हुने हो भने पनि केही सहज हुन्छ। सीमित संख्याका ट्राफिक प्रहरीले अस्तव्यस्त राजमार्ग व्यवस्थापन गर्न सक्दैनन्,’ उनले भनिन्, ‘त्यसको मार यात्रुलाई पर्छ।’

यातायात व्यवसायीका कारण पनि यात्रुले दुःख पाउने गरेको उनले बताइन्। उनका अनुसार सडक अवरुद्ध भएको जानकारी हुँदाहुँदै पनि व्यवसायीले गाडी हिँडाउनु र ट्राफिक प्रहरीले नरोक्नु लापरबाहीको पराकाष्टा हो। ‘राजमार्ग अवरुद्ध छ भन्ने ट्राफिक प्रहरीलाई जानकारी हुन्छ। यस्तो अवस्थामा कम्तीमा लामो दुरीका सवारी साधन छुट्न रोक्ने हो भने यात्रु घरै रोकिन्थे वा बीचबाटै फर्किन्थे,’ उनले भनिन्।

टिकटको पैसा फिर्ता गर्नुपर्छ भनेर यातायात व्यवसायीले राजमार्ग अवरुद्ध भएको थाहा पाउँदापाउँदै पनि गाडी छुटाउँछन्। राजमार्ग अवरुद्ध भएको थाहा नपाएका यात्रुलाई बसमा हालेर हिँड्छन, अनि बीचमै अलपत्र पार्छन्। कम्तीमा मुख्य ठाउँबाटै सवारी नछुटाउने हो भने यो अवस्था नआउने उनले बताइन्। ‘हामी आएको बसका सञ्चालकले चालकलाई जतिसक्दो छिटो पोखरा छाड्नु भनेर भनेका रहेछन्। राजमार्ग अवरुद्ध रहेको भन्ने उनलाई पहिल्यै थाहा रहेछ तर यात्रुलाई त्यो जानकारी दिइएन,’ कँडेलले भनिन, ‘त्यसको मारमा हामी पर्‍यौँ। कम्तीमा सवारी नै नगुडाउने हो भने यात्रु त अलपत्र पर्दैनन्।’

यात्रुको पैसा फिर्ता गर्नुपर्छ भनेर पनि त्यसो गरिएको हुन सक्ने उनले बताइन्। यातायात व्यवसायी पनि यो समस्या स्विकार्छन्। पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले भने, ‘राजमार्ग अवरुद्ध छ भन्ने थाहा पाउँदापाउँदै पनि शुक्रबार बिहान पोखराबाट काठमाडौं जाने भनेर एकजना व्यवसायीले जिद्दी गरे। राजमार्ग अवरुद्ध छ भन्ने थाहा पाएर पनि व्यवसायीले यात्रुलाई जबर्जस्ती लिएर हिँड्ने गरेका छन्।’

बदमासी व्यवसायीले पनि गर्न सक्ने उनको भनाइ छ। ‘जसरी पनि जान्छु भन्ने पनि छन्। राजमार्ग अवरुद्ध छ भन्दा पर्खिन्छौ भन्ने पनि छन्,’ केसीले भने। व्यवसायी जिम्मेवार बन्न नसक्दा यात्रुले दुःख पाएको उनले बताए। ‘राजमार्ग अवरुद्ध हुँदा यात्रुलाई निकै सकस हुन्छ,’ उनले भने, ‘व्यवसायी पनि यसमा सुध्रिनुपर्छ।’

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी गोविन्द अधिकारी अवरुद्ध राजमार्ग कतिबेला खुल्ने भन्ने यकिन नहुँदा गाडी रोक्न समस्या हुने बताउँछन्। ‘प्रकृति हेरेर अवरुद्ध भएको सडक खुल्ने समय यकिन हुन्छ। कहिलेकाहीं तत्कालै खुल्छ भने कहिले बढी समय लाग्छ,’ उनले भने, ‘तर थाहा पाएसम्म यात्रुलाई सहज होस् भनेर हामी हेरिरहेका हुन्छौं।’ सडकमा ट्राफिक जनशक्ति कम हुँदा अवरुद्ध सडक खुले पनि कहिलेकाहीं आवागमन सहज बनाउन नसकिएको उनले बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१० घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस