उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले विराटनगरस्थित रघुपति जुट मिल्सको हातामा उद्योगको क्षमता वृद्धिको लागि थप गर्न लागिएको भवनको शिलान्यास गरेका छन्। रघुपति जुट मिल्सले आफ्नो स्थापनाको ७५ औं वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रमका बीच मन्त्री बडुले शिलान्यास गरेका हुन्।
यसैगरी उद्योग हातामा विभिन्न वृक्षारोपण कार्य समेत सम्पन्न भएको प्रबन्धक श्यामकुमार आर्चायले बताए।
यसै क्रममा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री बडुले उद्योगको निरीक्षण गर्नुका साथै समग्र उद्योगको विकास र हितका लागि सरकार प्रतिवद्ध रहेको बताए। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बडुले हनुमान इण्डष्ट्रिज प्रालिमा ५८ वर्ष र रघुपति जुट मिल्सका सञ्चालक मोहनलाल राखेचा एवं ५१ वर्षदेखि निरन्तर मेट (जुट पहिचानकर्ता) पदमा कार्यरत मो जफ्फरलाई दोसल्ला ओढाइ सम्मानपत्रद्वारा सम्मान गरेका थिए।