सिक्टालाई बर्सेनि बजेट लम्बिँदै आयोजनाका काम
१७ जेष्ठ २०७९
•
५ मिनेट पाठ
सिक्टालाई बर्सेनि बजेट लम्बिँदै आयोजनाका काम
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाका लागि सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमार्फत १ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ।




अर्थमन्त्री जनार्दन शर्माले आयोजनाको पश्चिम मूल नहर मर्मत र सञ्चालनलाई निरन्तरता दिनुका साथै पूर्वी मूल नहरको २६ किलोमिटर र त्यसका शाखा नहरहरू निर्माण सम्पन्न गर्न उक्त बजेट विनियोजन गरिएको उल्लेख गरेका थिए।

सरकारले सिक्टा सिँचाइ आयोजनाका लागि यसरी नै हरेक वर्ष बजेट विनियोजन गर्न थालेको दुई दशक पुग्न लागिसकेको छ। सरकारले आयोजनाका लागि आवश्यक मात्रामा विनियोजन गरे पनि निर्माण कार्यले भने गति लिन सकेको छैन। सरकारले विनियोजन गरेको बजेटअनुसार आयोजनाले किसानलाई अहिलेसम्म सन्तुष्ट बनाउन सकेको छैन। बाँकेको कुल ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ निर्माण सुरु भएको आयोजनाका काममा अनेक अल्झन देखिने गरेका छन्।

२०३२ सालबाट आयोजनाका काम सञ्चालन गर्ने प्रयास भए पनि भारतीय अवरोधका कारण आर्थिक वर्ष २०६३/०६४ बाट मात्र भौतिक पूर्वाधार निर्माणका काम सुरु भएको थियो। तत्कालीन समयमा बाँकेको राप्तीसोनारी गाउँपालिका २ अगैयास्थित राप्ती नदीमा हेडवर्कस् निर्माण गरी आयोजनाका काम अगाडि बढाइएको थियो। पहिलो गुरुयोजनाअनुसार आयोजनाका काम सम्पन्न हुँदासम्म १२ अर्ब ८० करोड रुपैयाँ मात्र खर्च हुने अनुमान गरिएको थियो।

उक्त गुरुयोजनाअनुसार ४२.२५० किमि पश्चिम मूल नहरमार्फत ३३ हजार ७ सय ६६ हेक्टर क्षेत्रफललाई मात्र सिँचित गर्ने लक्ष्य राखिएको थियो। संशोधित गुरुयोजनामा साढे ५३ किमि पूर्वी मूल नहर निर्माणका काम पनि समेटियो। उक्त नहरबाट राप्तीपारिको ९ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखियो। साथै आयोजनाका शाखा र प्रशाखा नहर निर्माणका काम पनि थप गरियो। संशोधित गुरुयोजनामार्फत लागत खर्च र कामको दायरा बढाएर सरकारले आव २०७६÷०७७ भित्रमा सिक्टाका सम्पूर्ण काम सम्पन्न गर्ने अठोट लियो।

संशोधित गुरुयोजनाअनुसार आयोजनाका सबै काम सम्पन्न हुँदा कुल लागत खर्च २५ अर्ब रुपैयाँ नाघ्ने तत्कालीन सरकारको अनुमान थियो, तर उक्त अवधिभित्र आयोजनाले ६५.७७ प्रतिशत मात्र प्रगति गर्‍यो। उक्त समयभित्र १५ अर्ब ९४ करोड रुपैयाँ खर्च भयो।

आयोजनाका काम तोकिएको समयभित्र सम्पन्न हुन नसकेपछि दोस्रो गुरुयोजना तयार गरी कार्यान्वयनमा लगिएको छ। दोस्रो संशोधित गुरुयोजनाअनुसार आव २०८५/८६ भित्र आयोजना सम्पन्न गर्न ३९ अर्ब लागत अनुमान गरिएको छ। आयोजना कार्यालयका अनुसार हरेक आर्थिक वर्ष सरकारले डेढ अर्ब बराबरको बजेट विनियोजन गर्दै आएको छ।

सरकारले बजेट विनियोजनमा उच्च प्राथमिकता दिए पनि उक्त आयोजनाबाट बाँकेका किसानले अहिलेसम्म सिँचाइ सुविधा पाउन सकेका छैनन्। आयोजनाले थोरै मात्रामा पानी छाड्दा केही किसानले मात्र आंशिक राहत पाउने गरेका छन्। ५० क्युमेक्स क्षमताको पश्चिम मूल नहरबाट आयोजनाले २ देखि ४ क्युमेक्ससम्म पानी छाड्ने गरेको छ।

यस्तै पूर्वी मूल नहरसँगै जोडिएको राजकुलो सिँचाइ प्रणालीबाट राप्तीसोनारी गाउँपालिका ३ मा पानी छाडिन्छ। आयोजनाले शाखा र प्रशाखा नहरका काम समयमै पूरा गर्न नसक्दा बाँकेका लाखौं किसान वर्षौंदेखि सिँचाइ सुविधाबाट वञ्चित भइरहेका छन्, तर आयोजना कर्मचारीको तर्क भने फरक छ। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर एवम् सूचना अधिकारी विशाल यादव सिक्टाको निर्माण कार्य चलिरहे पनि कतिपय ठाउँमा किसानलाई सिँचाइ सुविधा दिइरहेको दाबी गर्छन्। उनका अनुसार अहिलेसम्म सिक्टाको मूल भौतिक प्रगति करिब ७० प्रतिशत र वित्तीय प्रगति ७३ प्रतिशत पुगेको छ। सिक्टाको पूर्वी नहर र पश्चिम मूल नहरका शाखा र प्रशाखा नहर निर्माणका काम चलिरहेको उनले बताए।

सरकारले अहिलेसम्म सिक्टाका लागि २५ अर्ब २ करोड रुपैयाँ बराबरको रकम विनियोजन गरेमध्ये १८ अर्ब ३० करोड रुपैयाँ खर्च भइसकेको सिनियर डिभिजनल इन्जिनियर यादवले सुनाए। सिक्टाका सम्पूर्ण काम सम्पन्न हुन अझै १० वर्षजति समय लाग्ने र लागत खर्च कुल ३९ देखि ४० अर्बजति पुग्ने उनले बताए।

आयोजनाका काम लम्बिँदा खेतीयोग्य जमिन बाँझै छाड्नु परिरहेको जिल्लाका अधिकांश किसानको दुखेसो छ। बाँके, टिटिहिरियाका किसान मंगल थारू सिक्टा सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा पाउने आशा मरिसकेको बताउँछन्। ‘सरकारले हरेक वर्ष अर्बभन्दा बढी बजेट छुट्याएको सुन्छौं, तर अहिलेसम्म हाम्रो खेतबारीमा पानी पुर्‍याउन सकेको छैन’, उनले नागरिकसँग भने। बाँकेको कुल ५८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५२ हजार हेक्टर क्षेत्रफलमा किसानले खेती गर्दै आएका छन्।

सिक्टा सिँचाइ आयोजना कार्यान्वयनमा आएपश्चात् पनि जिल्लामा करिब १० देखि १५ हजार हेक्टर क्षेत्रफलले सिक्टाको पानी नपाउने अवस्था देखिएको छ। विशेषगरी राप्तीसोनारी गाउँपालिका १ मा पर्ने साविक खासकुश्मा गाविस सिक्टाको सिँचाइ सुविधाबाट पूरै वञ्चित हुने देखिन्छ।

यस्तै पश्चिम मूल नहर फैलिएको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २, ८ र ९ तथा कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिकाका उत्तरी क्षेत्रका खेतीयोग्य जमिनमा सिक्टाको पानी पु¥याउन समस्या छ। आयोजनाका कर्मचारीले भने ठेक्का व्यवस्थापन, बजेट अभाव, जग्गा अधिग्रहण, नहर अतिक्रमण र जनशक्ति अभावलाई कार्यान्वयनको प्रमुख समस्या ठान्ने गरेका छन्।

आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पहिलोपटक ढकेरीस्थित झिझरी खोला र दोस्रोपटक चंगाई नालानजिक मूल नहर भत्किएको थियो। राज्यको अर्बौं रुपैयाँ लगानी लागिसकेको सिँचाइ नहर पटकपटक भत्किएपछि सर्वत्र चासो बढेको थियो। संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिँचाइ मन्त्रालय, विभाग, विदेशी विज्ञ टोलीलगायतले अध्ययन तथा अनुसन्धान गरेका थिए। 

लामो अनुसन्धानपश्चात् अख्तियारले सिक्टामा साढे आठ अर्ब बराबर भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन आयोजनाका कर्मचारी, ठेकेदार, परामर्शदाता कम्पनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोजनाको मूल नहर निर्माणमा गम्भीर खेलाँची र अनियमितता भएको अख्तियारको ठहर छ।

राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखे पनि निर्माणका क्रममा आयोजनाका कर्मचारी, ठेकेदार र परामर्शदाता कम्पनीको मिलेमतोमा व्यापक भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ। उक्त मुद्दा विशेष अदालतमा चलिरहेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस