सस्तो विद्युतीय गाडीमा छुट, विलासीमा थप कर
१७ जेष्ठ २०७९
•
५ मिनेट पाठ
सस्तो विद्युतीय गाडीमा  छुट, विलासीमा थप कर
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत ल्याएको आर्थिक विधेयकमा विलासी खालका विद्युतीय सवारीसाधनमा अन्तःशुल्क र भन्सार महसुल दुवै वृद्धि गर्ने निर्णय गरेको छ।




अर्थमन्त्री जनार्दन शर्माले आगामी आवदेखि महँगा तथा विलासी खालका विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने प्रस्ताव गरेका हुन्। सरकारले तीन सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधनको भन्सार महसुल ४० प्रतिशतबाट वृद्धि गरेर ६० प्रतिशत बनाएको छ। त्यसैगरी ३ सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको ४५ प्रतिशत अन्तःशुल्क बढाएर ६० प्रतिशत पुर्‍याउने निर्णय गरेको छ। यी तीन सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधन अन्यन्तै न्यून संख्यामा मात्रै आयात हुँदै आइरहेका छन्।

सरकारले आर्थिक ऐन मार्फत एक सय किलोदेखि दुई सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको १५ प्रतिशत भन्सार महसुललाई वृद्धि गरेर ३० प्रतिशत पुर्‍याएको छ। आर्थिक ऐन मार्फत दुई सय किलोवाटदेखि तीन सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारी साधनको भन्सारदर ३० प्रतिशत रहेकोमा अहिले वृद्धि गरेर ४५ प्रतिशत भन्सार कायम गरेको छ। तीन सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधनको भन्सार महसुल ४० प्रतिशतबाट वृद्धि गरेर ६० प्रतिशत बनाएको छ।

तत्कालीन अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/८९ को अध्यादेशमार्फत ल्याएको बजेटमा एक सय किलोवाट क्षमताको विद्युतीय सवारीसाधन आयात गर्दा १० प्रतिशत भन्सार दर कायम गरेका थिए। त्यसैगरी दुई सय किलोवाटसम्मको विद्युतीय सवारीमा १५ प्रतिशत र दुई सयदेखि तीन सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधन आयात गर्दा ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको थियो।

अर्थमन्त्री शर्माले सर्वसाधारणले धेरै चढ्ने भनिएको एक सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधनमा भने अन्तःशुल्क लगाएका छैनन्। एक सय किलोवाटदेखि दुई सय किलोवाट क्षमताका विद्युतीय गाडीमा भने ३० प्रतिशत अन्तःशुल्क लगाइएको छ। त्यसैगरी दुई सय किलोवाटदेखि ३ सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनमा ४५ प्रतिशत र तीन सय किलोवाट माथिका विद्युतीय सवारीसाधनमा ६० प्रतिशत अन्तःशुल्क लगाउने भएको छ।

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रव थापा सरकारले नीति तथा कार्यक्रममा विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्ने नीति अघि सारे पनि बजेट वक्तव्यमा भने विद्युतीय सवारी साधनको अन्तःशुल्क तथा भन्सार महसुल वृद्धि गर्ने निर्णय उपयुक्त नभएको बताए।

‘नेपालको सडकको सन्दर्भमा एक सय किलोवाट क्षमताभन्दा माथिका विद्युतीय सवारीसाधन धेरै उपयुक्त हुने थिए तर सरकारले भने सय किलोवाट क्षमताका सवारीसाधन मात्रै प्रवद्र्धन गर्दा केही प्राविधिक जटिलता देखिने सम्भावना बढेको छ’, उनले भने– ‘तराई, काठमाडौं र सहरी इलाकालाई मात्रै हेरेर विद्युतीय सवारीसाधनको क्षमता निर्धारण गर्नु भएन नि। अन्य क्षेत्रमा यो क्षमता निर्धारणले समस्या निम्त्याउने गर्छ ।’ सरकारले दुई सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्ने खालको नीति लिनुपर्ने उनको भनाइ छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चार अर्ब ५२ करोड रूपैयाँ खर्चेर १५ सय ५१ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। भन्सार विभागका अनुसार चालु आवको वैशाख मसान्तसम्म दुई अर्ब १५ करोड रूपैयाँ खर्चेर एक सय किलोवाट क्षमताका आठ सय ५ वटा विद्युतीय सवारीसाधन आयात भएको छ। दुई अर्ब ३० करोड रूपैयाँ खर्चेर सो अवधिमा एक सय किलोवाटदेखि २ सय किलोवाट क्षमताका सात सय २९ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन्।

सरकारले पछिल्लो समय वृद्धि गरेको भन्सार महसुल र अन्तःशुल्कको सबैभन्दा धेरै प्रभाव एक सय किलोवाटदेखि २ सय किलोवाट क्षमताका सवारीसाधनमा पर्ने देखिएको छ। त्यसैगरी एक सयदेखि १५० किलोवाट क्षमताका १३ वटा विद्युतीय सवारीसाधन आयात भएको छ। सो सवारी आयात गर्दा तीन करोड ६७ लाख रूपैयाँ खर्च भएको छ। सोही अवधिमा ३०० किलोवाट क्षमताको २ वटा मात्रै विद्युतीय सवारीसाधन आयात भएको छ। जसको मूल्य २ करोड ५६ लाख रूपैयाँ बराबर रहेको छ।

यद्यपि सरकारले भन्सार महसुल र अन्तःशुल्क धेरै वृद्धि गरेका विद्युतीय सवारी साधन भने अत्यन्तै न्यून आयात हुँदै आइरहेका छन्। वातावरणविद् तथा साझा यातायातका सञ्चालक समिति सदस्य भूषण तुलाधारले सरकारले चार पाङ्ग्रे महँगा विद्युतीय गाडीभन्दा पनि सस्तो खालका विद्युतीय सवारीसाधन आयात गर्ने नीति लिएको बताउँछन्।

‘सरकारले साना खालका विद्युतीय सवारी साधन प्रवद्र्धनको लागि त कर घटाएको छ’, उनले भने– ‘पछिल्लो समय धेरै महँगा र विलासी गाडीहरू आयात हुन थालेसँगै सरकारले त्यस्ता खालका गाडीहरूको करको दायरा बढाएको जस्तो लाग्छ’, एक सय किलोवाट क्षमताका सवारीसाधनमा १० प्रतिशत भन्सार शुल्क लाग्दै आइरहेकोमा अहिले घटाएको छ।

‘सरकारले अहिले ठूलो विद्युतीय सवारी साधनभन्दा पनि सानो खालको विद्युतीय सवारी साधन प्रवद्र्धन गर्ने नीति लिएको देखिन्छ’ उनले भने– ‘विभिन्न कारणले साना खालका विद्युतीय गाडीहरू आउन सकिरहेको थिएन। यो व्यवस्थासँगै साना विद्युतीय गाडीहरू भित्रिने आशा जगाएको छ।’  

एकातिर विद्युतीय सवारी साधन प्रवद्र्धन अर्काेतिर कर वृद्धि

सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को बजेटमा विद्युतीय सवारीसाधन सम्बन्धी दोहोरो नीति अख्तियारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले चार पाङ्ग्रे विद्युतीय सवारीसाधनको उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योगलाई प्रोत्साहन गर्ने नीति अघि बढाए पनि एक सय किलोवाट क्षमता भन्दा मााथिका विद्युतीय सवारी साधनको भने अन्तःशुल्क वृद्धि गरेको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा चार पाङ्ग्रे विद्युतीय सवारी साधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना गरेमा सो उद्योगले कारोबार शुरु गरेको मितिले ५ वर्षसम्म ४० प्रतिशत आयकर छुट दिने व्यवस्था गरेको छ। त्यसैगरी सरकारले विद्युतीय मोटरसाइकल वा स्कुटर उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन प्रयोजनका निमित्त पैठारी गर्ने विद्युतीय मोटरसाइकल वा स्कुटरमा प्रयोग हुने पार्टपुर्जाहरू तथा सहायक सामग्री पैठारी गर्दा लाग्ने भन्सार महसुलमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ।

वातावरणविद् तुलाधारले सरकारले विद्युतीय सवारी साधनको उत्पादन वा एसेम्बल गर्ने नीतिले विद्युतीय सवारीसाधन प्रवद्र्धन गर्नमा थप मदत पुग्ने बताए। ‘अन्य गाडीको तुलनामा विद्युतीय गाडीको पार्टपुर्जा धेरै कम हुने गर्छन्’, उनले भने– ‘संसारभरि नै विद्युतीय गाडी भर्खरै आइरहेकाले पनि एसेम्बल गर्न गाह्रो छैन। 

त्यसैले विदेशी कम्पनीलाई ल्याउन सकेको खण्डमा मुलुकलाई धेरै फाइदा पुग्ने थियो।’ अहिले नेपालमा यात्री मोटरसाइकलले पनि एसेम्बल गर्ने काम गर्दै आइरहेको छ। नाडाका अध्यक्ष थापा सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत एक सय किलोवाट क्षमतामाथिका विद्युतीय सवारीसाधनमा भन्सार महसुल र अन्तःशुल्क वृद्धि गरेकाले विद्युतीय सवारी साधनको आयातमा प्रत्यक्ष प्रभाव पार्ने बताउँछन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
६ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस