महिलाहरूलाई उद्यमी बन्न प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश १ को सरकारले प्रदेश १ का १४ जिल्लाका २८ जना महिला उद्यमीहरूलाई सम्मानित गरेको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले महिला अधिकार दिवसको अवसर पारेर प्रदेश १ का १४ जिल्लाका २८ जना महिला उद्यमीलाई सम्मान गरेको हो।
सम्मानित हुनेहरूमा ताप्लेजुङकी नैनकला गुरुङ, कौशिला देवान, पाँचथरकी दिकी शेर्पा, जुनुकुमारी लावती, इलामकी विमला ढुंगेल, सन्तकुमारी राई, झापाकी उमा कटुवाल भण्डारी, अनिता कार्की र शर्मिला अधिकारीलाई सम्मान गरेको हो। यस्तै मोरङकी गोरकीकुमारी विस्वास, सुनसरीकी धनकुमारी तामाङ, मुना न्यौपाने पाण्डे, धनकुटाकी सुमित्रा बुढाथोकी, ईश्वरी मस्राङ्गी, तेह्रथुमकी शान्तिला फुदोङ र बिष्णुमायाँ लिम्बु सम्मानित भएकी छन्।
भोजपुरकी रसिला ताम्राकार, संगिता श्रेष्ठ प्रधान, सङ्खुवासभाकी शान्ता राई, कुमारी वर्देवा, सोलुखुम्बुकी रमा मायाँ विश्वकर्मा, पार्वती राई, ओखलढुंगाकी भोजकुमारी श्रेष्ठ र सरिता राई सम्मानित भएकी छिन्। खोटाङी भद्रकुमारी श्रेष्ठ, झरना श्रेष्ठ, उदयपुरकी विन्दामायाँ कार्की र दुर्गा दनुवारलाई सम्मान गरिएको छ। सम्मानित हुने महिलाहरूले भैँसी पालन फर्म, भुजिया उद्योग, कृषि फर्म, पोल्टी फर्म, मोटरसाइकल वर्कसप, दूध उत्पादन, ललिपप उद्योग, फुड इण्डष्ट्रिज सञ्चालन, बुटिक, अचराको फूलबुट्टा, कटिङ सेन्टर, डेरी उद्योगलगायतका एद्योग र व्यवसाय सञ्चालन गरी स्थानीय स्तरमै राम्रो आम्दानी गरिरहेको सम्मानित महिलाहरूले बताएका छन्।
महिला उद्यमीहरूलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको सामाजिक विकास शाखा प्रमुख दुर्गा वरालले जानकारी दिइन्।
सम्मान कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले महिलाहरूलाई उद्यमी बन्न प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको बताए। उनले राम्रो काम गर्नेलाई प्रदेश सरकारले सम्झने भएकाले समाजमा उदाहरणीय काम गर्न र स्थानीय स्रोत साधनको प्रयोग गरी गाउँमै उद्योग सञ्चालन गरी आफू स्वरोजगार मात्रै बन्ने नभई अरुलाई पनि रोजगारी दिने सोचका साथ काम गर्न महिला उद्यमीहरूलाई आग्रह गरे।