गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुरु, प्रधानमन्त्री देउवाद्वारा उद्घाटन
०२ जेष्ठ २०७९
•
५ मिनेट पाठ
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुरु, प्रधानमन्त्री देउवाद्वारा उद्घाटन
प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध  अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन्। प्रधानमन्त्री देउवाले सोमबार भैरहवास्थित २५६६औं बुद्धजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय विमानस्थलको शुभारम्भ गरेका हुन्। 




विमानस्थलबाट सोमबारदेखि अन्र्तराष्ट्रिय विमानस्थलमा व्यवसायिक हवाई उडान सुरुवात गरिएको छ। सोमबार जजिरा एयरबेजले पहिलो अन्तर्राष्ट्रिय उडान गरेर सुरुवात गरेको हो। प्रधानमन्त्री देउवाले  अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै काठमाडौं पछिको मुलुककै दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माणबाट यस प्रदेशको मात्र होइन् समग्र नेपालको विकास र समृद्धिमा दृरगामी सकारात्मक योगदान पुग्ने बताएका छन्। 

‘आजको दिन नेपालको पर्यटन तथा नागरिक उड्ययनको क्षेत्रको विकासको लागि ऐतिहासिक महत्व राख्ने दिन हो। काठमाडौं पछिको मुलुककै दोस्रो अन्तराष्ट्रिय विमानस्थलको निर्माणबाट यस प्रदेशको मात्र होइन् समग्र नेपालको विकास र समृद्धिमा दृरगामी सकारात्मक योगदान पुग्नेमा कुनै दुई मत छैन,’ प्रधानमन्त्री देउवाले भने, ‘यस विमानस्थलको सञ्चालनबाट शान्तिका अग्रदुत गौतमबुद्धको पावन जन्मस्थललाई विश्वभर थप परिचित गराउन र यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न ठोस सहयोग पुग्ने मैले विश्वास लिएको छु।’ 

प्रधानमन्त्री देउवाले आन्तरिक तथा अन्तराष्ट्रिय सम्पर्क विस्तार गर्दै मुलुकलाई उन्नति र प्रगतिको पथमा अघि बढाउन, पर्यटन क्षेत्रको विकास गर्न तथा आय रोजगारीका अवसर सिर्जना गरी दिगो आर्थिक विकासका लक्ष्यहरु हासिल गर्न नियमित र भरपर्दाे हवाई सेवाको विकास गर्नु आवश्यक भइसकेको बताए। प्रधानमन्त्री देउवाले आजदेखिसञ्चालनमा आएको अन्तराष्ट्रिय विमानस्थलको सफलताले नेपालको उड्डयन क्षेत्रको साथै समग्र अर्थतन्त्रको विस्तारमा समेत सकारात्मक योगदान पुर्‍याउने सुनिश्चित भएको बताए। ‘सरकारको अर्थक प्रयास,मित्रराष्ट्र तथा एडिवी लगायतका दातृ निकायहरुको सहयोगमा सम्पन्न भएको यस विमानस्थलको व्यवसायिक सञ्चालनले भविष्यमा नेपालको समग्र अर्थतन्त्र,यात्रुहरुको आवागमन,व्यापार र पर्यटन विस्तारमा ठूलो टेवा पुग्नेछ’ उनले भने, ‘सबैंको सयुक्त प्रयासको कारणले अहिलेको अवस्थामा विमानस्थल आइपुगेको हो।’  

प्रधानमन्त्री देउवाले विमानस्थलको सफल सञ्चालनको लागि नेपाल प्रवेश गर्ने सहज मार्गहरुको विस्तारका लागि नेपाल सरकारको तर्फबाट मित्रराष्ट्रभारतसँग समन्वय र सहकार्य भइरहेको बताए। प्रधानमन्त्री देउवाले गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटकीय पूर्वाधार निर्माण, बुद्धिष्ट सर्किटको प्रवद्र्धनमार्फत धार्मिक पर्यटनको विस्तार र आय तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुग्ने दावी गरे।  

 

एसियाली विकास बैंक (एडिबी) नेपालका कन्ट्री डाइरेक्टर आर्नाे कोश्वाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबनेसँगै दक्षिण एसियामा बुद्धिष्ट सर्किटमार्फत पर्यटन प्रवद्र्धनमा कोशेढुंगा सावित हुने बताए। ‘विमानस्थल सञ्चालनमा आएसँगै बुद्धिष्ट सर्किटमार्फत सोझै गौतमबुद्धको जन्मस्थलमा पर्यटन आउन सक्ने वातावरण बनेको छ,’ उनले भने, ‘यो नेपालको पर्यटन प्रवद्र्धनको लागि कोशेढुंगा सावित बन्नेछ।’ यो परियोजनामा एसियाली विकास बैंक (एडिबी)को १२.७५ मिलियन अमेरिकी डलर अनुदान, एडिबीको ४२.७५ मिलियन अमेरिकी डलर ऋण, ओपेक फण्ड फर इन्टरनेशनलको १५ मिलियन अमेरिकी डलर, नेपाल सरकारको २३.७१ मिलियन अमेरिकी डलर र एसियन क्लिन इनर्जी फण्डको ३ मिलियन गरेर कुल ९७.२१ मिलियन अमेरिकी डलरमा निर्माण गरिएको हो। 

‘यो विमानस्थलमार्फत लुम्विनी प्रदेशमा धार्मिक पर्यटनको साथसाथै आर्थिक तथा सामाजिक उत्थानमा समेत मद्दत पुर्‍याउँदै मुलुककै अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिनेछ,’एडिबी नेपालका कन्ट्रि डाइरेक्टर काश्वाले भने, ‘व्यापार व्यवसायलाई समेत अझै टेवा पुर्‍याउनेछ।’ उनले श्रीलंका, बंगलादेश, म्यानमार, भुटान, कम्बोडिया लगायतका बुद्धिष्ट मुलुकहरुसँग नेपालको हवाई सम्पर्क तथा सञ्जाल विस्तारका लागि यो विमानस्थल लाभदायक हुने बताए।

भैरहवामा पहिलो अन्तराष्ट्रिय उडान गर्ने जजिरा एयरवेज

गौतमबुद्ध  अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान कुवेतको जजिरा एयरवेजले गरेको छ। सोमबार विहान  सात बजेर आठ मिनेट जाँदा जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो। अवतरण गरेको विमानलाई पानीको फोहोरा र गडगडाहट तालीले भव्य स्वागत गरिएको थियो। सोमबार विहान ६ बजेर ५६ मिनेट जाँदा नेपाल वायूसेवा निगमको न्यारोबडी विमानले पनि व्यवसायिक आन्तरिक उडान गरेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले करिव साढे ७ अर्ब रुपैयाँ खर्चेर विमानस्थल निर्माण गरिएको बताए।

चार वर्ष ढिलो सञ्चालनमा

तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले यो विमानस्थल ०७१ माघ १ गते शिलान्यास गरेका थिए। विमानस्थल चिनियाँ कम्पनी चिनियाँ कम्पनी  नर्थ–वेस्ट सिभिल एभिएसनले सन् २०१५ देखि निर्माण सुरु गरेर सन् २०१७ डिसेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर,भूकम्प, नाकाबन्दी र कोभिड १९,निर्माण सामग्रीको अभाव लगायतका विविध कारणले यो आयोजना तोकिएको समयभित्रै निर्माण सम्पन्न हुन सकेन। 

यो आयोजना तोकिएको समयभन्दा झण्डै चार वर्षपछि मात्रै सञ्चालनमा आएको हो। यो आयोजनाको जग्गा र मुआब्जा तथा क्षतिपूर्तिमा करिव ३२ अर्बभन्दा धेरै रकम खर्च भएको छ। सुरुवाती चरणमा ६ अर्ब २२ करोडमा निर्माण गर्ने भनेता पनि अहिले यो आयोजनाको लागत झण्डै आठ अर्ब रुपैयाँ पुगेको छ।

तत्कालिन युवराज विरेन्द्र शाहले भैरहवास्थित गौतमबुद्ध विमानस्थल वि सं २०२३ सालमा उद्घाटन गरेका थिए। उनले उद्घाटन गरेको ५६ वर्षपछि आन्तरिक विमानस्थललाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको निर्माण गरिएको हो। अहिले यो विमानस्थलको धावनमार्ग ३ हजार मिटर रहेको छ। यसअघिको आन्तरिकतर्फको धावनमार्ग १५ सय मिटरको थियो। जसलाई अहिले ट्याक्सी वेको रुपमा परिणत गरिएको छ। 

अहिले ४५ मिटर चौडाई भएको दुई वटा धावनमार्ग रहेका छन्।  संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने बताए। ‘त्रिभुवन विमानस्थलमा कुनै प्राविधिक कारणले विमान अवतरण हुन नसकेको अवस्थामा छिमेकीमुलक गएर आकस्मिक विमान अवतरण गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ,’ उनले भने, ‘त्रिभुवन विमानस्थलको अत्याधिक चापलाई न्यून गर्दै मुलुकमा बढ्दो हवाई सुरक्षा र यातायातलाई सहज पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नेछ।’ मन्त्री आलेले त्रिभुवन  र गौतमबुद्ध विमानस्थल सोमबारदेखि २४औं घण्टा सञ्चालन हुने जानकारी दिए। 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
६ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
यो पनि पढौँ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस