हिमाल आरोहणः २७ हिमाल, ९ सय ५३ आरोही
२६ वैशाख २०७९
•
३ मिनेट पाठ
हिमाल आरोहणः २७ हिमाल, ९ सय ५३ आरोही
सगरमाथा आधारशिविर। फाइल तस्बिरः नागरिक
कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा राहत दिलाउने गरि पर्वतारोहण क्षेत्रमा विदेशी आरोहीको आकर्षण थपिएको छ। विभिन्न हिमालको आरोहण गर्न जारी वसन्त ऋतुमा ९ सय ५३ जना आरोहीले स्वीकृति लिएका छन्। ती मध्ये सबैभन्दा बढी आइतबारसम्म ३ सय १७ जना आरोहीले सगरमाथाका आरोहणको अनुमति पाएका छन्। ती मध्ये ७३ जना महिला र २४४ जना पुरुष रहेका छन्।




पर्यटन विभागका अनुसार यो सिजनमा विभिन्न २७ वटा हिमाल आरोहणका लागि आरोहीले स्वीकृति पाएका छन्। सगरमाथा आरोहणका लागि मात्र ५८ मुलुकका आरोहीले अनुमति लिएको विभागका निर्देशक मोहनबहादुर जिसीले जानकारी दिए। सगरमाथा आरोहणको अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकाका ६५ जना, बेलायतका ३४, भारतका २३ र नेपालका २१ जना रहेका छन्।  

जिसीका अनुसार अहिलेसम्म ११८ समुहका ९ सय ५३ जनाले हिमाल आरोहणको स्वीकृति लिएका छन्। ती मध्ये ७ सय ४९ पुरुष र २ सय ४ जना महिला रहेका छन्। सगरमाथा आरोहणमा मात्र अहिले ४० वटा समुह रहेको विभागको भनाई छ। लोत्से आरोहीको १३ वटा समुहका १२७ जना आरोही छन्। त्यस्तै अमादब्लममा ९७ जना रहेका छन्। रुस र युक्रेन युद्धका कारण यूरोपियन मुलुकका पर्वतारोहीको आगमन कम हुने अनुमान गरिएपनि अहिले त्यो आगमन बढेको पर्यटन व्यवसायीले बताएका छन्।

हिमाल आरोहण गर्न जाने आरोहीबाट आइतबारसम्म ४७ करोड ४६ रुपैयाँ भन्दा बढी रोयल्टी पनि संकलन भएको छ। सबैभन्दा बढी सगरमाथाका आरोहीबाट मात्र ३९ करोड ६८ लाख रुपैयाँ संकलन भएको छ। निर्देशक जिसीले मे महिनाको अन्तिम सम्म धेरैजसो आरोहण पुरा भईसक्ने बताए। उनका अनुसार सगरमाथा आरोहणका लागि मे महिना सबैभन्दा उत्तम समय मानिन्छ। अनुमति लिएको ७५ दिनभित्र आरोहण पुरा गरिसक्नुपर्ने उनले बताए।  

‘कोरोनाले पर्यटन क्षेत्र थलिएको बेला ठुलो संख्यामा विदेशी आरोही आउनु नेपालको अर्थतन्त्रका लागि पनि सकारात्मक छ,’ उनले भने, ‘नेपालमा पर्यटन क्षेत्र पोष्ट कोभिड रिकभरको अवस्थामा रहेको यो आकर्षणले देखाउँछ।’ आरोहीको संख्या भित्रिँदा नेपालमा हिमाल आरोहण र अन्य पर्यटकीय गतिविधि पनि बढ्ने उनले बताए। 

‘विदेशी पर्यटक आउँदा नेपालको आर्थिक गतिविधिमा समेत वृद्धि गराउँछ। विदेशी मुद्रा सञ्चितीमा समेत टेवा पुुग्नेछ,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चिती कमजोर भएको अवस्थामा विदेशी आरोही आउँदा सकारात्मक सन्देश जान्छ। यसले पर्यटन क्षेत्रलाई पनि चलाउमान बनाउँछ।
नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामा पोहोरको तुलनामा अझै कम भएपनि अहिलेको आगमन सन्तोषजनक भएको बताउँछन। ‘अब अरु आरोही थपिने सम्भावना कम छ। तर, अबका दुईसाताभित्र अनुमति पाएजथि सबैले आरोहण पुरा गर्नुपर्छ,’ उनले भने। उनका अनुसार अघिल्लो वर्ष यो याममा मात्र सगरमाथाको ४ सय ७ जनाले आरोहण  पुरा गरेका थिए।

‘पोहोर भन्दा अहिले संख्यात्मक रुपमा कम छन्। कोरोना संक्रमणका कारण दुइवर्षसम्म रोकिएका आरोही पोहोर एकैपटक आउँदा धेरै देखिएका थिए। तर, यो वर्ष नियमित संख्यामा आरोही आएका छन,’केन्द्रीय अध्यक्ष लामाले भने, ‘नेपालमा विदेशी पर्यटक आगमन बढिरहेको छ। आरोहीको संख्यामा पनि सकारात्मक सुधार देखिएको छ।’

सगरमाथाको आगमन अनुपात औषत भएको उनले बताए। तर, अरु हिमाल आरोहणमा आएका आरोहीको संख्या भने यो वर्ष थपिएको लामाले बताए। ‘कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा चित्तबुभ्mदो अवस्था त भएको होईन, तर, रिभाइभ हुँदै गएको हो। पोहोर पनि राम्रो र सफल भएको मानिएको हो, यो पटक पनि आरोहण खुल्नासाथ एकाएक आरोही भित्रिए,’ उनले भने।  

मौसमले साथ दिएमा अहिले आरोहणको पर्खाइमा बसेका आरोहीले अब छिटै आरोहण पुरा गर्ने उनले बताए। ‘बाटो फिक्स भइसकेको छ। मौसमले साथ दिएमा राम्रो हुन्छ,’ उनले भने, ‘पोष्ट कोभिड पछिको आगमनले हामीलाई उत्साही बनाएको छ।’ अरु मुलुकको तुलनामा नेपालमा कोरोना संक्रमण यो बेला करिब शुन्यमा झरेकोले पनि सबैखाले विदेशी आएको उनले बताए। त्यही संख्यामा पर्वतारोहण क्षेत्रमा पनि सकारात्मक सन्देश देखिएको उनले बताए।

‘पर्यटनका सबै गतिविधिका लागि यो बेला उपयुक्त मौसम पनि हो। मे भन्दा पछि विदेशी आरोही आउँदैनन। अरु यात्रा गर्ने विदेशी भित्रिन सक्छन, तर, आरोहणका गतिविधि सुस्ताउँछन,’ लामाले भने, ‘कोरोना अघिको आगमन हुन त अझै केही वर्ष लाग्छ। तर, नेपालको पर्यटन क्षेत्रले सोचभन्दा छिटो रिकभरको बाटो पहिल्याएको हाम्रो बुझाई छ।’  
अर्को समाचार
पूर्णिमाले आरोहण गरिन् किलर माउन्टेन भनिने विश्वकै दोस्रो अग्लो हिमाल 'के-टु'
११ साउन २०८०
•
१ मिनेट पाठ
पूर्णिमाले आरोहण गरिन् किलर माउन्टेन भनिने विश्वकै दोस्रो अग्लो हिमाल 'के-टु'
विश्वकै दोस्रो अग्लो हिमाल 'के-टु' को मा पूर्णिमा श्रेष्ठ । तस्बिर साैजन्यः पूर्णिमा श्रेष्ठकाे फेसबुकबाट
नेपालकी हिमाल आरोही पूर्णिमा श्रेष्ठले विश्वकै दोस्रो अग्लो हिमाल 'के-टु' को सफल आरोहण गरेकि छिन्। आज 'के-टु' को सफल आरोहण गरेको पुर्णिमाको फेसबुक मार्फत जानकारी दिइएको छ। 




जोखिमयुक्त हिमाल भएकोले किलर माउन्टेनकोसमेत उपमा दिइएको 'के–टु' पुर्णिमासहितको टोलीले सफल आरोहण गरेको छ।  विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालहरू आरोहण गर्ने योजना रहेकी आरोही श्रेष्ठले आठौं हिमालकाे रूपमा 'के-टु'काे आराेहण गरेकी हुन्।

पुर्णिमाले यस अघि नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। 'के–टु'मा हालसम्म तीन नेपाली महिलाहरूले आरोहण गरिसकेका छन्। अब चौथो आरोहण गर्नेमा पुर्णिमाको नाम समावेश भएको छ।  

तस्बिर साैजन्यः पूर्णिमा श्रेष्ठकाे फेसबुकबाट 
पुर्णिमाले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रामा आफ्नै गृह जिल्ला गोरखामा रहेको मनास्लुबाट सुरू गरेकी थिइन्। उनले २०७४ मा मनास्लुको सफल आरोहण गरेकी थिइन् भने २०७५ मा नै उनले सगरमाथाको आरोहण गरेकी थिइन्। त्यसपछि उनले अन्नपूर्ण र धौलागिरि चढिन्। र अन्नपूर्ण र धौलागिरि चढ्ने उनी पहिलो नेपाली महिला समेत बन्न पुगिन्।

विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छन्। ती ८ मध्ये चोयु भने तिब्बततर्फबाट चढ्नुपर्छ। भौगोलिक जटिलता र विविध कारणले नेपालबाट चोयु आरोहणको अनुमति खुलाइएको छैन। अब पूर्णिमाले यही एउटा चोयुको आरोहण गर्न बाँकी छ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस