मदन भण्डारी सडकका पुल एप्रोच कालोपत्रे सकिँदै
२३ वैशाख २०७९
•
३ मिनेट पाठ
मदन भण्डारी सडकका पुल एप्रोच कालोपत्रे सकिँदै
गाईघाट-चुहाडे खण्डको सरस्वति खोला पुल एप्रोच कालोपत्रे। तस्बिरः महेश्वर/नागरिक
राष्ट्रिय महत्वको आयोजना ‘मदन भण्डारी लोकमार्ग’ अन्तर्गतका पुलमा गर्न बाँकी एप्रोच (पुल अगाडि पछाडि) कालोपत्रे गर्ने काम लगभग सकिने चरणमा पुगेको छ। पूर्वतर्फ बसाहादेखि सदरमुकाम गाईघाट हुँदै कटारीसम्मका पुलहरुमा एप्रोच कालोपत्रे गर्ने काम सकिन लागेको हो।




पुल एप्रोच कालोपत्रे नहुँदा धुलो र हिलोले दिनदिनै सवारी दुर्घटना हुने क्रम बढेको भन्दै स्थानीयले छिटो कालोपत्रे गर्न दबाब दिदै आएका थिए। स्थानीयको गुनासोसँगै लोकमार्ग कार्यालयले ठेकेदार कम्पनीलाई तत्काल कालोपत्रे गर्न ताकेता गर्दै निर्देशन दिएको थियो। जसअनुसार गएको पुसदेखि सुरु भएको एप्रोच कालोपत्रेको काम वैशाखभित्र सक्ने गरी भईरहेको लोकमार्ग कार्यालयका आयोजना प्रमुख (डिई) गोपाल खकुरेलले बताए।

उनका अनुसार बसाहादेखि बेलटार खण्डका काली खोला, बसाहा खोला, भुल्के खोलाको एप्रोच सडक कालोपत्रे भईसकेको छ। त्यस्तै बेलटार–गाईघाट खण्डमा पर्ने इक्राहा खोलामा पनि एप्रोच सडक कालोपत्रे सकिन लागेको छ। उता गाईघाटदेखि नेपालटार खण्डभित्र पर्ने खोलाहरु शाही, सरस्वती, होक्से र कौवाई खोलाको एप्रोच कालोपत्रे पनि भर्खरै सकिएको खकुरेलको भनाई छ।  

कात्तिक अन्तिममा हिलोमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको ज्यान जानुका साथै ४० जना घाईते भएको नेपालटारस्थित बैजनाथ पुलको कालोपत्रे पनि सकिइसकेको छ। नेपालटार–रिस्कु–कटारी खण्डमा पर्ने वैजनाथ २, डाङडुङ खोला, साँघुरी, सोमबारे, भोर्ले, बलाहा र तावा खोलाका पुल एप्रोचमा पनि कालोपत्रे गर्ने काम सकिएको डिई खकुरेलले बताउका छन्।

अब बनिसकेका पुलहरुको एप्रोच सडक सबै पक्की भईसकेको छ भने निर्माणाधीन पुलहरुको काम पनि धमाधम भईरहेको आयोजना कार्यालयले जनाएको छ। बसाहादेखि गाईघाटसम्मको खण्डमा पर्ने चौदण्डीगढी नगरपालिका ३ बदेलपानीस्थित सरस्वति खोला, चौदण्डीगढीकै ४ नं. वडामा पर्ने बसाहास्थित लामा खोला, चौदण्डीगढी ९ स्थित ज्यामिरे र खैराहा खोला र सदरमुकामनजिकैको त्रियुगा नगरपालिका १३ स्थित असारी खोलामा पुल बन्ने काम भईरहेको छ।

निर्माणाधीन पुलहरुमध्ये लामा खोला र ज्यामिरेको अपर स्ल्याब ढलान कार्य सकिइसकेको छ र रेलिङ हाल्न मात्र बाँकी छ। रेलिङ हालेपछि आउजाउ गर्न सहज हुने भएकाले आउँदो वर्षा बाढीमा यातायात सुचारु गर्न सकिने कार्यालयको भनाई छ। 

त्यस्तै अपर स्ल्याब ढलानको तयारी भईरहेको सरस्वति र असारी खोलाका पुलहरु पनि यही वर्खाबाटै सवारी साधनलाई पानीमा चोविन नपर्ने अवस्था ल्याउन खोजिएको खकुरेलले बताए। खैराहा खोलामा भने जग खन्ने क्रममा चट्टान भेटिएकाले अर्को उपकरण (मेसिन) ल्याउन पर्दा दुई महिना ढिला भएर भर्खर जग हाल्ने काम सकिएको छ। काम ढिला भए पनि मौसमले साथ दिए सिंगल स्पानको पुल भएकाले सकेसम्म आउँदो असारभित्रै सक्ने गरी काम गर्न निर्देशन दिएको खकुरेलले बताएका छन्।

निर्माणाधीन पुलहरु सम्पन्न भएपछि लोकमार्गको उदयपुर खण्डको काम पूरा हुने आयोजना कार्यालयले जनाएको छ। पूर्णरुपमा सम्पन्न नहुँदै मदन भण्डारी लोकमार्गमा सवारी चाप भने बढिसकेको छ। मेचीदेखि महाकालीसम्म जोडिएको साविक पूर्व–पश्चिम महेन्द्र राजमार्गको बिकल्पको रुपमा निर्माणाधीन मदन भण्डारी लोकमार्गलाई राष्ट्रिय सडकको रुपमा विकास गर्न पूर्वमा झापाको बाहुनडाँगीदेखि पश्चिममा डढेलधुराको रुपालसम्म १ हजार २ सय किलोमिटरमा विस्तार गरिदैछ।

जसमध्ये सुनसरीको धरानदेखि उदयपुर सीमाना चतारा हुँदै गाईघाट, कटारी भएर सिन्धुलीको भिमानदेखि मकवानपुरको हेटौँडासम्मको निर्माण कार्य भईरहेकहो छ। उदयपुरतर्फ आधादर्जन पुल मात्र बनाउन बाँकीबाहेक अन्य काम सम्पन्न भईसकेको छ भने भिमानदेखि हेटाैँडासम्मको खण्ड पनि निर्माणको अन्तिमचरणमा पुगिसकेको आयोजना प्रमुख खकुरेलले बताएका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१० घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस